Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘गीता–माली’ का एक माली मुक्ति शर्मा

प्रभातफेरी अनलाइन ३१५४ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१३ साल अघि)
Post Thumbnail

— मुकुन्दप्रसाद उपाध्याय

अरनिको राजमार्गमा अवस्थित बनेपा र धुलिखेलको बीचमा पर्ने ‘काठमाडौँ विश्वविद्यालय चोक’ बाट एक किलोमिटर ठाडो उकालो उत्तर लागेपछि पुगिने पर्वतमा धुपीको जङ्गलबीच एउटा सुन्दर तपोभूमि छ । त्यहाँ ‘शैलेश्वर महादेव गोसाइँस्थान’ नामक आश्रम पनि छ । भारतबाट आएका नागाबाबा श्री रमेश गिरीजी महाराजले उत्खनन गरी निकालेको शिवलिङ्ग, अखण्ड धुनी, हनुमान मन्दिर, दत्तात्रय मन्दिर र रमेश गिरीजी महाराजको समाधि रहेको उक्त स्थानमा गिरीजीका शिष्य श्री मुक्ति शर्मा बस्नुहुन्छ । रमेश गिरीजी महाराजले समाधि लिएपछि आश्रमको संरक्षण गर्न ‘श्री शैलेश्वर महादेव सिद्धपीठ, गोसाइँस्थान, काभ्रे’ नामक संस्था दर्ता गराइएको छ । आश्रमको रेखदेख त्यहाँको महन्तका रूपमा श्री मुक्ति शर्माजी महाराजले गरिरहनुभएको छ । स्थायी जन्मघर काभ्रेतिर नै भए तापनि अमृत साइन्स कलेजमा आईएस्सी पढ्दापढ्दै वैराग्य उत्पन्न भएर घरगृहस्थी त्यागी मुक्ति शर्मा महाराज त्यसै आश्रममा आई ब्रह्मचारी जीवन व्यतीत गर्न थाल्नुभयो । गोसाइँस्थान बनेपा र धुलिखेल दुवैतिरको ‘प्रातःभ्रमण (मर्निङवाक) गन्तव्यस्थल’ भएकाले प्रातःभ्रमणमा जाँदा यदाकदा मुक्तिजी महाराजसँग मेरो साक्षात्कार हुन्छ, धार्मिक चर्चा र भलाकुसारी हुने गर्छ ।
यही क्रममा एक दिनको भेटमा उहाँसँग ‘श्रीमद्भगवद्गीता’ को प्रसङ्ग चल्यो । ‘गीता’ का विभिन्न भाष्य, टीका, नेपाली गीता, ‘कोमलगीता’ को चर्चा हुँदै गर्दा उहाँले ‘मैले पनि ‘गीता’ को नेपाली कवितानुवाद गरेको छु’ भन्नुभयो । मैले त्यो हेर्न आग्रह गर्दा उहाँले भित्र कोठाबाट तीनवटा कापीमा नीलो मसीले आफ्नै हस्ताक्षरले लेख्नुभएको ‘गीता–माली’ हेर्ने मौका पाएँ । करिब दुई घन्टा उहाँले आफ्नो कवितात्मक ‘गीता’ को वाचन गरेर सुनाउनुभयो । मैले कापी पनि हेरेँ । उहाँका अक्षर, भाव र काव्यशिल्प सबै राम्रा रहेछन् । ‘प्रतिभाहरू कुनाकन्दरामा लुकेर बसेका छन्, तिनलाई खोज्नुपर्छ, तिखार्नुपर्छ’ भन्ने कुरा सही रहेछ । चुस्स दारी पालेको, पहेँलो फेटा गुतेको, धोती–कुर्ता लगाएको सामान्य जोगीजस्तो युवक ब्रह्मचारीभित्र ठूलो प्रतिभा लुकेको रहेछ । सायद यो भोलेबाबाकै कृपा हो ।
उहाँले ‘गीता–माली’ नाम दिनुभएको कृतिका बारेमा मैले ‘शब्दयात्रा प्रकाशन’ का अध्यक्ष स्रष्टा श्री हरि मञ्जुश्रीसँग चर्चा गर्दा त्यो कृति ‘शब्दयात्रा प्रकाशन’ बाट प्रकाशन गर्ने निधो भयो र हामी दुवैजना अर्को दिन गोसाइँस्थानमा गई हाम्रो योजना उहाँलाई सुनायौँ । उहाँ प्रसन्न हुनुभयो र कापी सुम्पिनुभयो ।
यस पुस्तकमा सर्वप्रथम मङ्गलाचरणका रूपमा प्रार्थना गरिएको छ । त्यसपछि करन्यास, हृदयादिन्यास र पाठविनियोग गरी प्रथम अध्यायमा प्रवेश गरिएको छ । यो शास्त्रीय शैली बडो सुन्दर देखिन्छ ।
सनातन वैदिक धर्मदर्शन र साहित्यमा ‘श्रीमद्भगवद्गीता’ अद्भुत र महान् ग्रन्थ हो । १०८ उपनिषद्हरूको सार रहेको ‘गीता’ को ७०० श्लोक पढेर राम्ररी बुझेपछि अन्य धार्मिक पुस्तकहरू पढ्नैपर्दैन । हामी मनुष्यहरू प्राणद्वारा सञ्चालित भएकाले प्राणी कहलायौँ । त्यो प्राणलाई चैतन्य भनियो । चैतन्य भनेको वास्तवमा आत्मतàव हो, जुन सृष्टिकर्ता परब्रह्म परमात्माको अंशरूप हो । आत्मतàवको यथार्थ आध्यात्मिक विवेचना ‘गीता’ ले जति विश्वको अन्य कुनै ग्रन्थले गरेको छैन । आत्मा शुद्ध, मुक्त, बुद्ध, निर्विकार, निर्विशेष र निरञ्जन हुँदाहुँदै पनि मनुष्यको दुःखको कारण पुनर्जन्मको गोलचक्कर हो अनि पुनर्जन्मको कारण प्रकृतिनिःसृत त्रयगुण सत, रज, तम हुन् । कर्मफलका कारण नै मनुष्यले बारम्बार उँचनीच योनिहरूमा जन्म लिनुपरेको हो । मुक्तिको मार्ग भनेको आत्माको परमात्मासँगको मिलन, विलय वा साक्षात्कार हो । त्यो मिलन वा विलयका तीन मार्ग छन् — कर्मयोग, ज्ञानयोग र भक्तियोग । यसैलाई उपनिषद्ले प्रस्थानत्रय भन्दछ । यही नै ‘गीता’ को दार्शनिक पाटो हो ।
धार्मिक दृष्टिले भगवान् श्रीकृष्ण २८ औँ द्वापरयुगमा मथुरामा जन्मेर द्वारकाधीशका रूपमा द्वारकामा देहत्याग गर्ने श्रीहरिविष्णुका एक अवतार मात्र नभई श्रीकृष्ण स्वयं अद्वैत, परब्रह्म परमात्मा र अनन्तकोटि ब्रह्माण्डका नायक हुनुहुन्छ । सम्पूर्ण चैतन्ययुक्त पदार्थहरू र जडवस्तुहरूसमेत उहाँको विस्तार वा भृकुटीविलास मात्र हो । यो ‘गीता’ को आध्यात्मिक पाटो हो ।
यसै सन्दर्भमा ‘गीता’ को चर्चित पङ्क्ति अर्थात् चतुर्थ अध्यायको सातौँ–आठौँ श्लोकको मूल रूप यस्तो छ —
यदा–यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे–युगे ।।
यी पङ्क्तिलाई तुलसीदासजी महाराज अवधी भाषामा लेख्नुहुन्छ —
जब–जब होइ धरम कै हानी ।
बाढ ही असुर अधम अभिमानी ।।
तब–तब प्रभु धरि विविध सरीरा ।
हरहिं कृपानिधि सज्जन पिरा ।।
‘गीता’ को यही चर्चित श्लोकको नेपाली कवितानुवाद गर्दै मुक्तिजी महाराज लेख्नुहुन्छ —
जब–जब धर्म गलेर जान्छ ।
सुसभ्य संस्कृति ढलेर जान्छ ।।
अधर्म छोडेर यथास्थिति लिन ।
म पुग्दछु अर्जुन फेरि जन्मन ।।
पालेर साधु गरी नाश दुष्टको ।
उद्पादना गर्दछु फेरि इष्टको ।
भै धर्मसंस्थापनका निमित्तक ।
सम्भाव हुन्छु युगका युगौँतक ।।
सरल, सरस, छन्दोबद्ध शैलीमा अद्भुत कृति ‘गीता’ को अठाह«ै अध्यायलाई नेपाली भाषामा कवितानुवाद गर्ने श्री मुक्ति शर्मा महाराजलाई हार्दिक बधाई तथा नमन छ । सम्पादन गरिदिने स्रष्टा श्री हरि मञ्जुश्री र प्रकाशन गरिदिने शब्दयात्रा प्रकाशनलाई पनि धन्यवाद छ । हरे कृष्ण !

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0