Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारको उपस्थिति उत्साहपूर्ण हुन्छ

प्रभातफेरी अनलाइन १२४८ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१३ साल अघि)
Post Thumbnail

— डा. रामकण्ठ माकजू

काठमाडौँ विश्वविद्यालयसभाको ६१ औँ बैठकमा संस्थापक उपकुलपति डा. सुरेशराज शर्माज्यूले विश्वविद्यालयको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरी पदबाट राजिनामा दिनुभएपछि त्यही सभाको बैठकले सहकुलपति तथा शिक्षामन्त्री दीनानाथ शर्माज्यूको संयोजकत्वमा संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गानाज्यू र सभासद् डा. लोकविक्रम थापाज्यू सदस्य रहेको उपकुलपति चयन समितिले मेरो नाम सिफारिस गरेको र कुलपति तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले मलाई उपकुलपति पदमा नियुक्त गर्नुभएको कुरा तपाईंहरू सबैलाई विदितै छ । मलाई उपकुलपति पदमा नियुक्त गर्नुभएकोमा कुलपतिज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु र सिफारिस समितिप्रति आभार व्यक्त गर्दछु । विश्वविद्यालयको स्थापनामा सक्रिय भूमिका खेलेर २१ वर्षसम्म उपकुलपतिको कार्यभार बहन गर्नुभएको र विश्वविद्यालयलाई हालको उचाइसम्म ल्याइसकेपछि राजिनामा प्रस्तुत गरेर कुनै पनि संस्थालाई अझ अघि बढाउन नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आदर्श कायम गर्नुभएकोमा संस्थापक उपकुलपतिज्यूप्रति पनि सादर कृतज्ञता व्यक्त गर्दछु ।
काठमाडौँ विश्वविद्यालयका सन्दर्भमा सञ्चार–जगत्ले सकारात्मक भूमिका खेल्ने गरेको छ । यसका लागि यो विश्वविद्यालय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछ । राष्ट्रिय समाजलाई सकारात्मक दिशाबोध गराउन सञ्चार–जगत्ले अहम् भूमिका खेल्ने हुँदा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुपर्ने आदर्शको पालना सञ्चार–जगत्ले पनि गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ र रचनात्मक सल्लाह–सुझावको सदैव अपेक्षा गर्दछौँ । यस विश्वविद्यालयलाई मुलुकको राष्ट्रिय शैक्षिक गौरवका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित गराउनुपर्ने दायित्व तपाईं–हामी सबैको भएको हँुदा यसका लागि सकारात्मक सहयोगको अपेक्षा पनि गर्दछौँ । विश्वविद्यालयसम्बन्धी समाचारका लागि हामी सधैँ तपाईंहरूलाई सहायता गर्न तयार रहनेछौँ ।
काठमाडौँ विश्वविद्यालयको नेतृत्व–परिवर्तनबाट मुलुकमा सकारात्मक सन्देश जाओस्, सत्य–तथ्य र निष्पक्ष समाचार–सम्प्रेषण भइरहोस् एवं हामीबीच विचारको आदानप्रदान चलिरहोस् भन्ने मनसाय व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन तपाईंहरूको सहयोगको अपेक्षा गर्दछु । पत्रकारंहरूको उपस्थिति मेरा लागि र मेरो समूहका लागि पनि उत्साहपूर्ण बन्ने गरेको छ । तसर्थ सबै पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।
(२०६९ पुस ३ गते आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस–विज्ञप्तीको सम्पादित मूल अंश)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0