Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारको उपस्थिति उत्साहपूर्ण हुन्छ

प्रभातफेरी अनलाइन ९६३ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१० साल अघि)
Post Thumbnail

— डा. रामकण्ठ माकजू

काठमाडौँ विश्वविद्यालयसभाको ६१ औँ बैठकमा संस्थापक उपकुलपति डा. सुरेशराज शर्माज्यूले विश्वविद्यालयको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरी पदबाट राजिनामा दिनुभएपछि त्यही सभाको बैठकले सहकुलपति तथा शिक्षामन्त्री दीनानाथ शर्माज्यूको संयोजकत्वमा संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गानाज्यू र सभासद् डा. लोकविक्रम थापाज्यू सदस्य रहेको उपकुलपति चयन समितिले मेरो नाम सिफारिस गरेको र कुलपति तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले मलाई उपकुलपति पदमा नियुक्त गर्नुभएको कुरा तपाईंहरू सबैलाई विदितै छ । मलाई उपकुलपति पदमा नियुक्त गर्नुभएकोमा कुलपतिज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु र सिफारिस समितिप्रति आभार व्यक्त गर्दछु । विश्वविद्यालयको स्थापनामा सक्रिय भूमिका खेलेर २१ वर्षसम्म उपकुलपतिको कार्यभार बहन गर्नुभएको र विश्वविद्यालयलाई हालको उचाइसम्म ल्याइसकेपछि राजिनामा प्रस्तुत गरेर कुनै पनि संस्थालाई अझ अघि बढाउन नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आदर्श कायम गर्नुभएकोमा संस्थापक उपकुलपतिज्यूप्रति पनि सादर कृतज्ञता व्यक्त गर्दछु ।
काठमाडौँ विश्वविद्यालयका सन्दर्भमा सञ्चार–जगत्ले सकारात्मक भूमिका खेल्ने गरेको छ । यसका लागि यो विश्वविद्यालय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछ । राष्ट्रिय समाजलाई सकारात्मक दिशाबोध गराउन सञ्चार–जगत्ले अहम् भूमिका खेल्ने हुँदा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुपर्ने आदर्शको पालना सञ्चार–जगत्ले पनि गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ र रचनात्मक सल्लाह–सुझावको सदैव अपेक्षा गर्दछौँ । यस विश्वविद्यालयलाई मुलुकको राष्ट्रिय शैक्षिक गौरवका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित गराउनुपर्ने दायित्व तपाईं–हामी सबैको भएको हँुदा यसका लागि सकारात्मक सहयोगको अपेक्षा पनि गर्दछौँ । विश्वविद्यालयसम्बन्धी समाचारका लागि हामी सधैँ तपाईंहरूलाई सहायता गर्न तयार रहनेछौँ ।
काठमाडौँ विश्वविद्यालयको नेतृत्व–परिवर्तनबाट मुलुकमा सकारात्मक सन्देश जाओस्, सत्य–तथ्य र निष्पक्ष समाचार–सम्प्रेषण भइरहोस् एवं हामीबीच विचारको आदानप्रदान चलिरहोस् भन्ने मनसाय व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन तपाईंहरूको सहयोगको अपेक्षा गर्दछु । पत्रकारंहरूको उपस्थिति मेरा लागि र मेरो समूहका लागि पनि उत्साहपूर्ण बन्ने गरेको छ । तसर्थ सबै पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।
(२०६९ पुस ३ गते आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस–विज्ञप्तीको सम्पादित मूल अंश)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0