-ज्ञानमणि कालोटोपी
गाउँका अधिकांश घरहरुमा कुकुरहरु पालिएका छन् । पहरेदारका रुपमा पालिएका यी कुकुरहरुले बिहानको संकेत दिन्छन् , आफ्नो भुकाई सँगै । त्यसपछि नै शुरु भईहाल्छ गाउँलेहरुका आफ्ना दैनिक कामहरु पनि । दिनभरिको कामको कुनै रुटिङ्ग हुदैन उनीहरुका, तर प्रत्येक बिहानीको पहिलो काम शुरु हुन्छ, आफूले पालेका गाईवस्तुहरुको स्याहार गर्दै, दुध दुहेर । प्रायजसो कृषकहरुले पशुहरु पालेका छन् । गाईभैंसिहरुको हेरचाह गर्नु , दुध दुहेर डेरीहरुमा बेच्न लैजानु , अनि आफ्नो दैनिक घर खर्च चलाउनु उनीहरुको नियमित काम नै भएको छ , विगत २ दशक देखि ।
काभे्र जिल्लाका अधिकांश गाविसहरुका कृषकहरु दुध बेच्नुलाई आफ्नो दैनिकी मान्छन् । वि.सं २००९ सालमा जिल्लाको नालाबाट शुरु भएको दुग्ध उत्पादन कार्यले अहिले सम्म एउटा ठूलै व्यवसायको रुप लिएको छ । जिल्लामा अहिले सम्म २ सय ६६ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरु खुलिसकेका छन् अनि संलग्न छन् , करिव तीस हजार भन्दा वढि कृषकहरु । दैनिक ३ लाख लिटर भन्दा वढि दुध उत्पादन गर्छन् । आफूहरु उपभोग गर्छन् अनि बेच्छन् , डेढ लाख लिटर जति । सात वर्ष कटेका बालक देखि ६० वर्ष काटेका वृद्ध सम्म सबै संलग्न छन्, यस व्यवसायमा । त्यसैले विगत केहि वर्ष देखि काभे्र जिल्लालाई दुध उत्पादनको राजधानी नै मानिएको छ । राजधानी काठमाडौंको बजारमा आउने अधिकांश दुध उनीहरुकै परिश्रम र मिहेनतले भित्रिएको हो ।
शुरु–शुरुमा यस व्यवसायमा धेरै किसिमका अप्ठ्याराहरु थिए । जिल्लामा दुध चिस्यान केन्द्रहरु ज्यादै सिमित थिए । गाउँ–गाउँमा संकलित दुध चिस्यान केन्द्र सम्म पु¥याउन घण्टौं बोकेर लैजानु पथ्र्यो । कहिले त बाटोमै विग्रिएर फाल्नु पर्ने अवस्था थियो । अहिले जस्तो सडक सुविधा पनि थिएन । ‘ अहिले पनि समस्याहरु नभएका होइनन् । ’ जिल्ला दुग्ध उत्पादक संघका पूर्व अध्यक्ष एवं वर्तमान केन्द्रिय कोषाध्यक्ष दीपक प्रसाद पौडेल भन्छन्–‘ गाउँ–गाउँमा खुलेका चिस्यान केन्द्रहरुले कृषकहरुलाई केहि सहजता थपिदिएको छ ।’ चिस्यान केन्द्रहरुले सजिलो बनाईदिए पनि कृषकहरुका अप्ठ्याराहरु वाँकी नै छन् ।
पशुहरुलाई चाहिने दाना, पिठो, ढुटो तथा रोग लागेमा उपचार गर्ने औषधिको भाउ महङ्गो भएको छ । अझ पशुहरुको मुल्यले त आकाशै छोईसकेको छ । हरेक अप्ठ्याराहरु वीच उत्पादन गरिएको दुधको लगानी अनुसारको मुल्य नपाउनु कृषकहरुको अर्को जटिल समस्या हो । तैपनि कृषकहरु जागरुक हुदै छन्, यस प्रति । यसका लागि आफूले सके सम्मको प्रयास गरेका छन् । आफ्नै बारीका छेऊहरुमा उन्नत जातका घाँसहरु रोपेका छन् । ठाउँ–ठाउँमा पशुस्वास्थ्य कार्यालयहरु खोलेका छन् । पशुहरुको विमा गर्ने कार्यको थालनी गरेका छन् । “यसलाई गाउँलेहरुको सकारात्मक प्रयास मान्नु पर्छ । ”आँपघारी दुग्ध उत्पादक संस्थाका अध्यक्ष कृष्ण प्रसाद नेपालले भने ।
काभे्र चण्डेनीमण्डनका कृषक विजुली प्रसाद नेपाल अहिले दैनिक १५ लिटर दुध नजिकैको आँपघारी दुग्ध उत्पादक संस्थामा बेच्छन् । प्रत्येक महिनामा २ पटक दुधको पैसा लिन्छन् । यसबाटै आफ्नो घर खर्च चलाएर अन्य कामका लागि समेत लगानी गर्ने वातावरण मिलेको बताउने उनले दुध बेच्न थालेको १५ वर्ष भन्दा वढि भईसकेको छ । यस गाउँमा उनी जस्ता करिब डेढ सय कृषकहरुको दैनिकी अहिले दुध बेच्नकै लागि बित्ने गरेको छ । ‘ म दुध बेच्न कै लागि जन्मिएको हुँ जस्तो लाग्छ । ’ उनी भन्छन् – “ यस भेगमा म जस्ता सयौं कृषकहरुका लागि दुध व्यवसाय वरदान नै भएको छ ।” जिल्लामा दुध उत्पादनको राम्रो सम्भावना भएपनि कृषकहरुका लागि सहयोग गर्ने भरपर्दो निकायको अभावले सोचे जस्तो उत्पादन र आम्दानी लिन कृषकहरुलाई अझै धेरै समस्या रहेको उनको भनाई छ ।
दुध उत्पादनका लागि यहाँका कृषकहरुले खासै तालिम लिएका छैनन् । देखे सुनेकै भरमा यसप्रति संलग्न हुने कृषकहरुको संख्या धेरै छ । पशुहरुलाई आवश्यक पौष्टिक तत्वहरु र रोग लागिहालेमा के गर्ने भन्ने धेरैजसो कृषकहरुलाई अनुभव नभएका कारण कहिलेकांिह उनीहरुले नसोचेको नोक्सान खेप्नु परेको मण्डन भेगका पश ुप्राविधिक विल्टु यादव बताउँछन् । यसै कुरालाई ध्यानमा राखेर पछिल्ला दिनहरुमा गाउँ–गाउँमा खुलेका दुग्ध उत्पादक संस्थाहरुले किसानहरुलाई सचेतनामुलक तालिम र पशुहरुलाई खोप अभियान संचालन गरिरहेको उनले जानकारी दिए । “ कृषकहरुले उन्नत जातका पशुहरु पाल्ने र उनीहरुलाई आफ्नै परिवार सरह व्यवहार गरेर हेरचाह गर्ने हो भने यसबाट अहिले भईरहेको भन्दा अझ वढि फाईदा लिन सक्छन् । ” यादव भन्छन् –‘ यसरी धेरै अप्ठ्याराहरु सहेर उत्पादन गरेको दुध यहाँका कृषकहरुले पानीको मुल्यमा बेच्न बाध्य भएका छन् । यसबाट व्यापारीहरु र निजी डेरीहरुलाई मात्र फाईदा छ । यस तर्फ सरकारले ध्यान दिनु आवश्यक छ । ’
कुनै निकायले खासै चासो नदेखाउँदा यहाँका कृषकहरु एक पटक त निराश नै देखिएका थिए । तैपनि अरु बिकल्प नभएपछि यसमै लाग्न थालेका हुन् । अझै पनि आम्दानीको अन्य भरपर्दो माध्यम नभएकाले कृषकहरु यो व्यवसाय अँगाल्न बाध्य भएका हुन् । यस प्रति अरु व्यवसाय भन्दा धेरै झण्झट छ । कृषकहरु गुनासो गर्छन् । गुनासो सुन्ने उनीहरुका कोही छैनन् , त्यहाँ । जसले गर्दा पछिल्ला दिनहरुमा यसमा संलग्न हुनेहरु केहि घटेको प्राविधिक यादवले बताए । कृषकहरुलाई दुग्ध व्यवसाय प्रतिको फाईदा र यस प्रति अन्य जानकारीहरु दिने माध्यम भए काभे्र जिल्ला देशकै दुग्ध उत्पादनको राजधानी हुने उनको ठम्याई छ ।
पबयितयउष्द्दज्ञछ२नmबष्।िअयm
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |