Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कात्तिकेदेउरालीमा स्वास्थ्य शिविर गाउँमा नै सेवा पाउँदा खुशी भए कोशीपारी वासी

प्रभातफेरी अनलाइन २८२९ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १७, मंगलबार (१३ साल अघि)
कात्तिकेदेउरालीमा स्वास्थ्य शिविर गाउँमा नै सेवा पाउँदा खुशी भए कोशीपारी वासी

कोशिपारी ÷ मादनकुँडारीकी ६३ बर्षीय कान्छी लामा गाँउमा नै स्वास्थ सेवा लिन पाएकोमा खुशी देखिइन् । उनले शुक्रवार कातिकेदेउरालीमा भएको स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गराएकी थिइन् । “गाउँमै उपचार पाइयो, काठमाण्डौँ जानु पथ्र्यो, उनले भनिन्, यस्तो शिविर त ६ ÷ ६ महिनामा होस् । ”
उनीसँगै आएकी उनकी जेठानी ६५ बर्षीय साइली लामाले पनि शिविरमा स्वास प्रश्वासको उपचार गराइन् । उनी पनि गाउँमा नै सेवा पाएकोमा खुशी छिन् । “यही उपचार पनि पाइयो, औषधी पनि सित्तैमा दिए । ” उनले भनिन् ।
प्रभा एल्मुनाई एशोसिएसन, परोपकार प्राथमिक उपचार केन्द्र र सोसाइटी फर वेलफेयरले काभ्रेका ६ गाविसलाई लक्षित गरी देउरालीमा २ दिने स्वास्थ्य शिविर गरेको हो । १० जना डाक्टर, ६ नर्स सहितको टोलीले २ दिन कोशिपारी नै बसेर स्वास्थ्य सेवा दिएका थिए । शिविरमा १३ सय ३० जनाले दाँत, नाक, कान, घाँटी लगायत सम्पुर्ण स्वास्थ्य सेवा लिएको आयोजक प्रभा एलमुनाइका उपाध्यक्ष विकु लामाले जानकारी दिए । समान डेन्टल कियरको प्राविधिक टोलीको सहयोगमा ७ सय जनाले दन्त सेवा लिएका थिए । आफु जन्मे हुर्केको स्थानमा आएर सेवा गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको अध्यक्ष झम्कप्रसाद चौलागाईले जानकारी दिए । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरको लागि गौतम मेडिसिन सप्लायर्स, ओम फर्मासिटिकल्स, आकाश मेडिसिन डिस्ट्रिव्युटर, यसआर ड्रग सप्लायर्स, जिडि फर्मासिटिकल्स लगायतले औषधी सहयोग गरेका थिए । एल्मुनाई एशोसिएसन प्रभा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत पुर्व विद्यार्थीहरुको संस्था हो ।

 

सकेसम्म निशुल्क सेवा दिन्छु ः डा. देवेन्द्र


मादनकुँडारीमा जन्मेको हुँ । ३ ÷ ४ बर्षको उमेरमा नै पाँचखाल गएका हौँ । ४ कक्षासम्म नवप्रतिभा इंगलिस स्कुलमा पढेको हुँ । त्यसपछि एकैपटक गोल्डेन फ्युचर उमाविमा पढेको हँु । कक्षा जम्प गरेकाले ७ र ८ कक्षा दुवैमा फेल भएँ । एसएलसीमा भने विद्यालय भरीमा नै तृतीय भए । उच्च मावि ह्वाइटहाउसमा पुर्ण छात्रवृतिमा पढेको हुँ । १ बर्ष अगाडी वंगलादेशवाट एमविविएस सकाएको हुँ ।
वाल्यअवश्थामा साह्रै दुख कष्ट भोगियो । खान लाउन समेत समस्या थियो । बुबा पदमप्रसाद गौतम र आमा विमला गौतमले दुख गरेर यो ठाँउमा पु¥याउनु भएको हो । बाल्यअवश्था देखि नै डाक्टर बन्छु भन्ने थियो । ६ महिना देखि वीर अस्पतालमा निशुल्क सेवा दिइरहेको छु । सकेसम्म जीवनभरी निशुल्क सेवा दिने सोच बनाएको छु । आफु जन्मेको ठाँउमा केही गरौँ भनेर अहिले कोशिपारीमा मेरै नेतृत्वमा स्वास्थ्य शिविर गरेको हौँ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

    काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

  • विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

    विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0