logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

साताको कविता

प्रभातफेरी अनलाइन२१७४ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २४, मंगलबार(१३ साल अघि)
Post Thumbnail

तिमी नेपालीको छोरो
– श्रीजा पोखरेल

तिमी नेपालीको छोरो
आशाको दियो बोकी
शिक्षाको ज्योति खोज्दै
के.यू. मै हरायौ !
शिक्षाको बिउ छर्न
माली बनेर आयौ
हुर्काई बढाई यसलाई
बगैँचा बनाई छाड्यौ !
सुवास यसको झिकी
संसारमै फिजायौ
मौरी बनेर आज
ईश्वरलाई सघायौ !
तिमी नेपालीको छोरो …….
योसँग टाढा हुन
गाह्रो भयो तिमीलाई
दिनरात सोची रहन्छौ
यसको सँधै मलाई ।
ईश्वरले यही सम्झी
तन मन सबै लगायौ
कसले सम्हाल्ला भन्ने
चिन्ता छ तिमीलाई ।
नगर चिन्ता अब
ग¥यौ तिमीले धेरै
दैवले यहाँ पु¥याए
उनैले सम्हाली देलान् ।
उपहार स्वरुप यो
नयाँलाई सुम्पिदेउ
आफ्ने उमेरलाई हेरी
मेरो निम्ति बाँची देउ ।।
(केयूका पूर्व उपकुलपति डा. सुरेशराज शर्माकी सुपुत्रीले शुक्रबार धुलिखेलमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा वाचन गरिएको कविता)

कविता
प्रजातन्त्रसेनानी वीरेन्द्रकेशरी पोखरेलप्रति
— राधाकृष्ण भक्तिसाधना

वीरेन्द्रकेशरी प्रभो महामना विनीत थ्यौ

विदेशमा वरिष्ठ थ्यौ, स्वदेशमा नि श्रेष्ठ थ्यौ

सुकर्ममा प्रविष्ट थ्यौ, विचारबाट ज्येष्ठ थ्यौ

सदैव धर्मनिष्ठ थ्यौ, विशिष्ट थ्यौ र शिष्ट थ्यौ

 

विदेशमा हुँदा पनि स्वदेशकै लिई पिर

सिकेर सीप विश्वकै प्रयोग थ्यो यतैतिर

विदेशमा स्वदेशको उँचो बनाउँदै शिर

स्वदेश सम्झियौ सधैँ पवित्र देवमन्दिर

 

न फ्रान्स, रूस, बेल्जियम्, इजिप्टमा छँदा पनि

युके, इटाली, जर्मनी र डेनमार्कमा पनि

न थाइल्यान्ड, इन्डिया, अमेरिका हुँदा कहीँ

शरीर मात्र थ्यो उता उडेर हंस थ्यो यहीँ

 

तिम्रा ती वरदान प्राप्त करले नक्सा जसै कोरिए

झोलुङ्गे पुल, राजमार्ग, कजवे, गोदाम थुप्रै बने

ठूला–साना विमानघाट बनिए, टे«निङ संस्था खुले

के नै हुन्न रहेछ यो मुलुकमा नेतृत्व राम्रो भए