Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साताको कविता

प्रभातफेरी अनलाइन १९०८ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २४, मंगलबार (१० साल अघि)
Post Thumbnail

तिमी नेपालीको छोरो
– श्रीजा पोखरेल

तिमी नेपालीको छोरो
आशाको दियो बोकी
शिक्षाको ज्योति खोज्दै
के.यू. मै हरायौ !
शिक्षाको बिउ छर्न
माली बनेर आयौ
हुर्काई बढाई यसलाई
बगैँचा बनाई छाड्यौ !
सुवास यसको झिकी
संसारमै फिजायौ
मौरी बनेर आज
ईश्वरलाई सघायौ !
तिमी नेपालीको छोरो …….
योसँग टाढा हुन
गाह्रो भयो तिमीलाई
दिनरात सोची रहन्छौ
यसको सँधै मलाई ।
ईश्वरले यही सम्झी
तन मन सबै लगायौ
कसले सम्हाल्ला भन्ने
चिन्ता छ तिमीलाई ।
नगर चिन्ता अब
ग¥यौ तिमीले धेरै
दैवले यहाँ पु¥याए
उनैले सम्हाली देलान् ।
उपहार स्वरुप यो
नयाँलाई सुम्पिदेउ
आफ्ने उमेरलाई हेरी
मेरो निम्ति बाँची देउ ।।
(केयूका पूर्व उपकुलपति डा. सुरेशराज शर्माकी सुपुत्रीले शुक्रबार धुलिखेलमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा वाचन गरिएको कविता)

कविता
प्रजातन्त्रसेनानी वीरेन्द्रकेशरी पोखरेलप्रति
— राधाकृष्ण भक्तिसाधना

वीरेन्द्रकेशरी प्रभो महामना विनीत थ्यौ

विदेशमा वरिष्ठ थ्यौ, स्वदेशमा नि श्रेष्ठ थ्यौ

सुकर्ममा प्रविष्ट थ्यौ, विचारबाट ज्येष्ठ थ्यौ

सदैव धर्मनिष्ठ थ्यौ, विशिष्ट थ्यौ र शिष्ट थ्यौ

 

विदेशमा हुँदा पनि स्वदेशकै लिई पिर

सिकेर सीप विश्वकै प्रयोग थ्यो यतैतिर

विदेशमा स्वदेशको उँचो बनाउँदै शिर

स्वदेश सम्झियौ सधैँ पवित्र देवमन्दिर

 

न फ्रान्स, रूस, बेल्जियम्, इजिप्टमा छँदा पनि

युके, इटाली, जर्मनी र डेनमार्कमा पनि

न थाइल्यान्ड, इन्डिया, अमेरिका हुँदा कहीँ

शरीर मात्र थ्यो उता उडेर हंस थ्यो यहीँ

 

तिम्रा ती वरदान प्राप्त करले नक्सा जसै कोरिए

झोलुङ्गे पुल, राजमार्ग, कजवे, गोदाम थुप्रै बने

ठूला–साना विमानघाट बनिए, टे«निङ संस्था खुले

के नै हुन्न रहेछ यो मुलुकमा नेतृत्व राम्रो भए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0