Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असहाय बाल बालिकासँग पल्टन इटहरीमा

प्रभातफेरी अनलाइन १४१२ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २४, मंगलबार (१३ साल अघि)
Post Thumbnail

अपाङ्ग तथा असहाय बालबालिकाको सहयोगार्थ चलचित्र पल्टनको च्यारिटी सो गरिएको छ ।

काभ्रेली कलाकार तथा निर्मार्ता बिक्रम शाहको प्रस्तुती श्रेया इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको पौष २१ गते इटहरीमा च्यारिटी सो गरिएको हो ।
१४ गते नै च्यारिटी सो गर्ने कार्यक्रम रहेपनि मौसमको खरावीको कारण सो हुन सकेको थिएन । समाजलाई स्वच्छ बनाउन नागरिकको उल्लेख्य भुमिका रहने भएकोले समाजमा रहेका खराब तत्वलाई नास गरी समाजको बिकास गर्दै लानु प्रत्येक नागरिकको कर्तव्य हो । नागरिक पल्टनका यस्तैै बिषयवस्तुलाई समेटेर निर्माण गरिएको चलचित्र हो पल्टन ।
आफ्नो पहिलो एल्बमको “ भकुण्डेमा एउटा स्कूल छ………” बोलको लोक दोहोरी गीतबाट नै चर्चामा आएका र बैनीले गाँसेको फुलमाला, आउ नेपाल फर्केर, ब्युटीपार्लर गइछिन, दोधार, रेलमा रुँदै गईँ लगायत करिब दर्जन भन्दा बढी एल्बम मार्फत आफुलाई लोक दोहोरी गायकको रुपमा समेत चिनाउन सफल बिक्रम शाहले चलचित्र “पल्टन” निर्माण गरेका हुन् ।
चलचित्रमा काभ्रेली प्रतिभाहरुको प्रस्तुती देख्न पाइनेछ । लामो समयदेखि नाटक क्षेत्र, दोहोरी गायन एवं अभिनयमा तथा चलचित्रहरुमा सहायक निर्देशक, दर्जनौ म्युजिक भिडियो तथा करिब आधा दर्जन जति टेलिश्रृङ्खलाहरुमा निर्देशन गरिसकेका प्रतिभा कमल दाहालको पटकथा संवाद तथा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागि लोक तथा आधुनिक नृत्यको क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व निर्माण गरिसकेका, थुप्रै म्युजिक भिडियो तथा रंगमञ्चमा निर्देशन गरी आफूलाई कलाकारितामा होम्दै आएका अमरकृष्ण चन्दले सहायक निर्देशकको रुपमा काम गरेका छन् ।
नयाँ पुस्ता र पुराना पुस्ताका कलाकारहरुको संगम रहेको उक्त मल्टिस्टारले भरिएको चलचित्रमा पुरानो सम्झना, लाहुरे, कुसुमे माल जस्ता सफल चलचित्रकी नायिका तृप्ती नाडकर प्रमुख भूमिकामा रहेकी छिन् भने कलिउडका महानायक राजेश हमालको समेत मुख्य भूमिका छ । त्यस्तै नायकहरु अमृत लामा, पुष्कर रेग्मी, दिनेश थापा, करण क्रेजी, कुशल थापा, दिपेन्द्र श्रेष्ठ रहेका छन् ।
प्रतिष्ठा प्रसाई, संजिता गुरुङ्ग, विजय देउजा, शंखरत्न महर्जन, कमल भण्डारी, मणिरत्न पौडेल, राजु अधिकारी, पोखराकी पूर्व मिस मंगोल भुमा थापा मगर तथा चलचित्रका प्रस्तुतकर्ता बिक्रम शाह एवं अमरकृष्ण चन्द आदिको अभिनय रहेको छ ।
विक्रम शाहको प्रस्तुती, पोखरेली निर्देशक बासुदेव पोखरेलको कथा÷निर्देशनमा निर्माण भइरहेको चलचित्र पल्टनमा निर्माता मणिरत्न पौडेल, हरिचन्द्र रावल रहेका छन् । त्यस्तै पटकथा संवाद कमल दाहाल, संगीत अशोक राई, द्वन्द रोशन श्रेष्ठ, नृत्य बब्बु थापा, छायाँकन सुमन तण्डुकारको रहेको छ भने निर्माण नियन्त्रकमा बुद्धिलाल मगर रहेका छन् ।
चलचित्रका अधिकांश छायाँकन पर्यटकीय नगरी पोखराका सुन्दर प्राकृतिक सौन्दर्यलाई कैद गरिएको छ । आगामी माघमा चलचित्र प्रदर्शनमा ल्याउने लक्ष्य रहेको चलचित्रका निर्माता विक्रम शाहले बताए । चलचित्रको प्रदर्शन बाट उठेको रकम मध्ये खर्च कटाएर बालबालिकाको क्षेत्रमा सहयोग गर्ने समेत शाहले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0