Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख १६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कात्तिकेदेउरालीमा खानेपानीको चरम समस्या विश्थापित हुने खतरामा देउरालीवासी

प्रभातफेरी अनलाइन १४५५ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २९, आईतबार (१३ साल अघि)
कात्तिकेदेउरालीमा खानेपानीको चरम समस्या विश्थापित हुने खतरामा देउरालीवासी

नगेन्द्र अधिकारी ÷ कात्तिकेदेउराली
कात्तिकेदेउरालीको वडा नं २, ३, ४ र ७ का  स्थानीय यतिखेर खानेपानीको समस्या भोगिरहेका छन् । यसले उनीहरुको दैनिकी कष्टकर त बनाएको छ नै, खानेपानीकै कारण उनीहरु विश्थापित नै हुने अवश्थामा समेत पुगेका छन् ।
कात्तिकेदेउराली २ की पवित्रा चौलागाईको भर्खरको दुध खाने बच्चा छ । तर पनि उनी  विहान ३ बजे नै उठ्छिन् र बच्चालाई घरमा नै छोडेर पानी लिनको लागि जान्छिन् । “बच्चालाई घरमा नै छोडेर पानी लिन जानुपर्छ, विरामी परेको बेलामा पनि सुख पाईदैन, उनी भन्छिन् , त्यहाँ माथि भनेको बेला पालो पनि पाइँदैन, १ गाग्री पानीको लागि २÷३ घण्टा लाग्छ । ”
कात्तिकेदेउरालीकै राधिका गौतमको समस्या पनि उस्तै छ । उनले पनि पानीको समस्याकै कारण पर्याप्त गाईबस्तु पाल्न सकिएकी छैनन् । बच्चाको समेत राम्रो हेरचाह गर्न नपाएको गुनासो गर्दैै उनी भन्छिन्, “अध्यारोमा नै बालवालिकालाई नाम्लोले बाँधेर पानी लिन जानुपर्ने बाध्यता छ । ”
अहिले कात्तिकेदेउराली गाविसको वडा नं २, ३, ४ र ७ का ६ सय २० घरधुरीका ४ हजार जनसंख्याले खानेपानीको समस्या भोगिरहेका छन् । २०१८ सालमा स्थानीय कमलराज गिरीको नेतृत्वमा चिउरीवासवाट प्रभा उच्च माविको लागि ल्याएको पानी बस्ती बढ्दै गएपछि कात्तिकेमा खानेपानीको समस्या छ । २ घण्टा लगाएर स्थानीय कामी पधेँरोबाट पानी ल्याउनुपर्ने बाध्यता छ । त्यहाँ पनि अभाव हुने फाल्गुन देखि जेठ महिनासम्म त चौरी खोलामा नै पुगेर खानेपानी ल्याउनुपर्छ ।
प्रभा उमाविको प्रांङगणमा रहेको धारोमा अहिले पनि विद्यालयमा १ हजार २ सय ५० विद्यार्थी र वडा नं २ का ७५ घरधुरी र ३ का स्थानीयले सोही धाराको पानी प्रयोग गर्दै आएका छन् । सोही कारण विद्यार्थीलाई समेत खानेपानीको समस्यसोही कारण विद्यार्थीलाई समेत खानेपानीको समस्या छ ।
विहान बजारका मानिसहरुले खानेपानी प्रंयोग गर्ने भएकाले दिउसो स्कुलका विद्यार्थीलाई खानेपानी अभाव हुन्छ । उनी खानेपानीको लागि स्थानीय होटलहरुमा जान्छन्, तर उल्टै उनीहरुलाई हप्काउने गरिएको छ । विद्यालयका प्राचार्य राजीव लामा खानेपानीको अभावमा शौचालय प्रयोग गर्न नसकिएको बताउँछन् । “विद्यार्थीको लागि ल्याएको पानी विद्यार्थीले नै पाउँदैनन्, स्थानीयसँग त पानीकै विषयमा झगडा जस्तै हुन्छ । ” उनले भने ।
विद्यार्थीहरुलाई पनि विद्यालय आउनुअघि पानी लिन जानुपर्ने बाध्यता छ । प्रभा उच्च मावि कक्षा १२ मा अध्ययनरत सुभदं्रा गौतम विहान ४ बजे नै उठेर पानी बोक्न जाने गरेको अनुभव सुनाउछिन् । “कलेज आउनुभन्दा अघाडी पानी बोक्नुपर्छ, २ घण्टा पानी ल्याउनमा नै वित्छ, हतार हतार कलेज आउँछौँ । ” उनी भन्छिन् ।
प्रभा उमाविमा नै कक्षा ८ मा अध्ययनरत सुजन परियार पानीको समस्याकै कारण पढाई विग्रिएको बताउँछन् । “विहानै पानीको लागि दौडनुपर्छ, पढाई भन्दा पानीमा नै ध्यान जान्छ । ” उनले भने ।
खानेपानीको समस्या समाधानको लागि पहल नभएको पनि हैन । २०६१ सालमा नै १४ किलोमिटर टाढा न किनिएको छ । २०६३÷ ६४ सालमा त सर्भे पनि भएको हो । १ करोड लागत अनुमान गरिएको छ । स्थानीयको कम पहल, राजनैतिक खिचातानीका कारण यो सम्भव हुन सकेको छैन । स्थानीयहरु संविधानसभा अघि मुल किनेर काम थालेको, संविधान पनि आएन, कात्तिकेदेउरालीमा पानी पनि आएन भनेर हाँसो गर्छन् ।
मुहानमा मोहीको विवादका कारण प्रकृया अगाडी बढ्न सकेको छैन । कात्तिकेदेउराली गाविस कार्यलयको नाममा जग्गा भएपनि विवाद मिल्न सकेको छैन । खानेपानी ल्याए त्यसको जस कसले लिने भन्ने विवादकै कारण स्थानीय राजनैतिक दलका नेताहरुले पनि यसमा चासो देखाएका छैनन् । पहिला ११ जना मिलेर देउसीभैलो खेलेर जम्मा गरेको पैसाले मुहान किनिएको थियो । देउसी खेल्ने मध्येका एक अगुवा पदम गौतम पछि थप १०÷१० हजार जम्मा गरेर गाविसलाई दिएपनि हालसम्म खानेपानी आउन नसकेकोमा दुख व्यक्त गर्छन् । “विवाद नहोस् भनेर गाविसको नाममा मुहान दर्ता गरिदियौँ तर यतिका बर्षसम्म पनि पानी आउन सकेन । ” उनले भने, “अहिले त महिलाहरु तिमीहरु पुरुष हौँ की हैनौ भनेर प्रशन गर्छन् । ”

उनीहरुले स्थानीय हुमनाथ हुँमागाईको अध्यक्षतामा समिति समेत बनाएका थिए । हुँमागाई दलहरुले वेवस्ता गरेका कारण खानेपानीको समस्यावाट पिडित बन्नु्परेको बताउँछन् । “माँदनकुँडारीमा सबै मिलेर पानी लगे, त्यहाँ कुनै समस्या छैन, यहाँ दलहरु कसले जस लिने भन्ने तिर लागेँ, आर्थिक श्रोत समेत जुटाउन सकिएन । ” उनी भन्छन् ।
स्थानीयहरु आफुले जस्तो दुख कष्ट भोगेपनि आफ्ना छोरा नातीले यस्तो समस्या भोग्न नपरोस् भनेर कामना गर्छन् । कात्तिकेदेउराली ३ का चोलाप्रसाद हुँमागाई भन्छन्, “हामी बुढाहरुले त समस्या भोग्यौँ नै, छोराछोरीले यस्तो दुख नभुगुन् जस्तो लाग्छ । खानेपानीको समस्या समाधानमा एकजुट हन कात्तिकेदेउरालीवासी स्थानीय राजनैतिक दलहरुलाई आग्रंह समेत गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0