logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

कांग्रेस अव आन्दोलनमा ः महामन्त्री सिंह

प्रभातफेरी अनलाइन१३६३ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २९, आईतबार(१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिहंले वार्ताबाट सहमति ननिस्किएकाले अव कांग्रेसले आन्दोलनको तयारी गरेको बताएका छन् । आन्दोलनको बलले नै सहमतिका लागि दवाव पर्ने भएकाले विपक्षीहरु सडक संघर्षमा जानुको विकल्प नभएको उनको तर्क थियो ।
शुक्रवार बनेपामा नेपाल शिक्षक संघको सातौँ जिल्ला अधिवेशनको उद्धघाटन कार्यक्रममा बोल्दै उनले सत्ता गठवन्धन सरकार छाड्ने मनस्थितीमा नरहेकाले आन्दोलन मार्फत नै उनीहरुलाई सहमतिमा ल्याउने  दावी गरे । यद्यपी उनले वार्तालाई पनि सँगसँगै अघि बढाउने पनि बताए । “उहाँहरु सरकार छोड्ने मुडमा हुनुहुन्न, निर्वाचन पनि गराउन चाहनुभएको छैन, त्यसैले आन्दोलन मार्फत नै चुनावको लागि दवाव दिन्छौँ । ” उनले भने ।
एनेकपा माओवादी र सत्तागठवन्धनले नयाँ चुनाव नचाहेको आरोप लगाउँदै उनले आन्दोलन मार्फत नै नयाँ चुनावको सुनिस्चितता हुने तर्क गरे । सरकार छोडेर चुनावको वातावरण बनाउन पनि उनले एकिकृत नेकपा माओवादीलाई आग्रह गरे । उनले वर्तमान राजनैतिक तथा संवैधानिक संकट समाधानको लागि दलहरुको नै सहमतिमा नयाँ संसदको चुनाव गर्नुपर्ने तर्क पनि गरे । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति शिवप्रसाद हुँमागाई, नेपाल शिक्षक युनियन काभ्रेका अध्यक्ष नारायण तिमिल्सना, नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष ज्ञाननाथ पाठक, अखिल नेपाल शिक्षक संगठनका डिएस लामा लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।