Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आत्म निर्भर बन्दै महिलाहरु

प्रभातफेरी अनलाइन १५७७ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ ७, आईतबार (१० साल अघि)
Post Thumbnail

नगेन्द्र अधिकारी ÷बनेपा

घरायसी कामकाज र चुलोचौकोमा मात्र सिमित महिलाहरु अहिले सहकारीमा आवद्ध भएसँगै सकृय हुन थालेका छन् । आर्थिक तथा सामाजिक रुपमा समेत महिलाहरु आत्मनिर्भर भएका छन् भने महिलालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । महिला आफैले पनि छुट्टै सहकारी सञ्चालन गरेर सफल भएका छन् । ठूलो संख्यामा महिलाहरु अहिले काभ्रेको सहकारी अभियानमा लागेका मात्रै छ्र्रैनन्, सहकारी क्षेत्रको जिल्ला नेतृत्वमा समेत पुगेका छन् ।

आफ्नै सकृयतामा सहकारी

जिल्लामा महिलाहरुकै सकृयतामा महिला सहकारी खुलेका छन् र त्यस्ता सहकारीले सफलता हासिल गरिरहेका छन् । जिल्ला डिभिजन सहकारी कार्यलय काभ्रेका अनुसार, काभ्रेमा रहेका करिव १२ सय सहकारी संस्था मध्ये ७७ सहकारी महिला आफ्नै सकृयातामा खोलिएका छन् । २१ विभिन्न बचत तथा ऋण, २६ नारी चेतना केन्द्रको सकृयतामा र ३० महिला विकास कार्यलयको अगुवाईमा गठन गरिएका सहकारी छन् ।  एकिन तथ्याङक नभएपनि जिल्लाभर १० हजार महिला प्रत्यक्ष रुपमा सहकारीमा आवद्ध छन् । अप्रत्यक्ष लाग्नेको संख्या पनि धेरै छ ।

यस्ता सहकारीले अहिले ग्रामिण स्तरमा सफलता हासिल गरेका मात्रै छैनन् सहकारीमा आवद्ध महिलाहरुको पहिचान पनि यस्ता सहकारी संस्था बन्न थालेका छन । सहकारीमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको सहकारी अधिकृत हरिप्रसाद पौडेल बताउँछन् । महिलाहरुले चलाएको सहकारी सफल समेत भएको बताउँदै उनले महिलाहरुले चलाएका सहकारीले महिला शसक्तिकरण र महिला विकासका क्षेत्रमा राम्रो काम गरेको बताए । “महिलाले चलाएका सहकारीले धेरै सफलता हासिल गरेका उदाहरण हामीसंग छ, महिलाहरु बचत तथ ऋणको प्रकृयामा सजग रहने भएकाले समेत महिलाले चलाएका यस्ता सहकारीहरु सफल भएका हुन् । ” उनले भने । सहकारीमा आवद्ध भएका महिलाहरु समयको ख्याल गर्ने र ऋण समेत समयमै बुझाउने समेत भएकाले यस्ता सहकारीहरु सफल भएको तर्क समेत गरे ।

सहकारीको जिल्ला नेतृत्वमा पनि महिला

जिल्लास्थित सहकारीको नेत्तृत्व तहमा पनि महिला पुगेका छन् । जिल्ला भरीका सहकारीहरुको संगठन जिल्ला सहकारी संघमा दुई जना महिला सदस्य छन् । नारी जागरण बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी निर्मला श्रेष्ठ जिल्ला सहकारी संघ र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघकी समेत कार्यसमिति सदस्य हुन् । पञ्चकन्या महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष अम्विका हमाल पनि अहिले जिल्ला सहकारी संघको कार्यसमिति सदस्यको रुपमा काभ्रे जिल्लाको सहकारी आन्दोलनमा सकृय छिन् । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन काभे्रपलञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघमा समेत ३ जना महिला सदस्य रहेका छन् । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तिर्थमाया श्रेष्ठ संघकी उपाध्यक्ष हुन् । निर्मला श्रेष्ठ र सत्यदेवी भट्टराई काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण  सहकारी संघको कार्यसमितिमा छन् । जिल्ला सहकारी संघ र बचत संघको विभिन्न उपसमितिमा समेत महिलाहरुको सकृय सहभागिता छ ।

सहकारीकर्मी निर्मला श्रेष्ठ सहकारीमा महिलाहरुको राम्रो सहभागिता रहेको बताउँछिन् । सहकारीमा महिलाहरु आवद्ध आत्मनिर्भर समेत भएको उनले बताइन् । “पहिला सहकारीमा अघि बढ्ने महिलाई अर्कै नजरले हेरिन्थ्यो , अहिले त्यो अवस्थामा सुधार भएको छ । ” उनले भनिन् ।  सहकारीमा महिलाहरु आवद्ध भएपछि महिलाहरुको जीवन स्तर समेत सुधारिएको छ । सहकारीमा आवद्ध महिलाहरुले सञ्चालन गरेका विभिन्न व्यवसाय अहिले तिनै महिलाको आयश्रोत समेत बन्न थालेको छ । सहकारीले उपलब्ध गराउने ऋणले शुरु गरिएको कुखुरापालन व्यवसाय, तरकारी खेती, हस्तकला, सिलाईकटाई व्यवसाय अहिले उनीहरुको आयआर्जनको श्रोत हो । सहकारीमा लाग्ने महिलाहरुको संख्यामा समेत अहिले उल्लेख्य बृद्धि भएको छ । डिभिजन सहकारी कार्यलय काभ्रेको तथ्याङक अनुसार, हाल जिल्लाभर   महिला सहकारीमा आवद्ध छन् ।

इन्द्रमायाको सफलता

डराउनेपोखरी–२, समुन्द्रेकी इन्द्रमाया लामालाई पहिले सामान्य किनमेल गर्न, माइत जाने खर्चको लागि समेत श्रीमानको भर पर्नुपथ्र्याे । श्रीमानले खटाएर दिएको रकमले उनले मन लागेको सामान किन्न समेत पाउँदिन थिइन् । श्रीमान्को भर परेर मात्र नहुने निष्कर्षमा पुगेकी उनले पछि आफैँ केही गर्ने अठोट गरिन् । त्यसैले उनले स्थानिय सगरमाथा नारी चेतना सिपमुलक सहकारी संस्थाबाट ३५ हजार ऋण लिइन् र वंगुरपालन शुरु गरिन् । उनले शुरु गरेको वंगुरपालनबाट न नाफा भयो न त घाटा नै । तर इन्दं्रमायाले हरेश खाइनन् । उनले आफ्नो केही गर्ने अठोटलाई मर्न दिइनन् र फेरी कुखुरा पालन शुर गरिन् । ३ सय वटा कुखुराका चल्ला ल्याएर उनले आफ्नो व्यवसाय शुरु गरेकी थिइन् । हालै मात्रै उनले ५ सय कुखुरा बेचिन् । अझै कुखुरा थप्ने सोचमा छिन् इन्द्रमाया ।

त्यति मात्रै हैन । उनले कुखुरा पालनको आम्दानी बाट १ रोपनीको घडेरी समेत जोडेकी छिन् । उनका छोराछोरी अहिले गाउकै ज्ञानोदय इङलिस बोर्डिङ्ग स्कुलमा पढ्छन् । छोरा–छोरीलाई राम्रो शिक्षा दिन पाएकोमा उनी खुसी व्यक्त गर्छिन । कुखुरापालन गर्नकै लागि नजिकैको छत्रेबाँझ गाविसमा बसाँई सरेर आएकी इन्द्रमाया भन्छिन् “सहकारीले त हाम्रो लागि धेरै गरेको छ । सहकारीकै कारण महिलाहरु आर्थिक एवं सामाजिक रुपमा सक्षम भएका छन्” ।

उनी मात्र हैन, सहकारीकै सदस्यहरु एकमाया लामा, पोतेमाया लामा, धनमाया श्रेष्ठ, सावना श्रेष्ठले आफ्ना आफ्नै व्यवसाय सञ्चालन गरेका छन् । पोतेमाया, धनमाया कुखरापालन गर्छन भने एकमाया लामाले तरकारी खेती गर्दे आएकी छिन् । सावना श्रेष्ठले पनि सहकारीकै लगानीमा पसल सञ्चालन गर्दै आइरहेकी छिन् । सहकारीले आफूलाई आर्थिक रुपमा निर्भर बनाएको उनीहरुको भनाई छ ।

डराउनेपोखरी गाविसका ९ वटा वडाहूलाई कार्यक्षेत्र बनाउको सगरमाथा नारी चेनता सिपमुलक सहकारी संस्थामा हाल ४ सय ७६ जना सदस्यहरु छन् । संस्थाकी अध्यक्ष रमिला अधिकारी सदस्यहरुले आर्थिक उन्नती गरेकोमा सन्तोष व्यक्त गर्छिन् । महिलाहरु मात्र सदस्य रहेको संस्थाका सदस्यहरुको प्रगति प्रति खुसी व्यक्त गर्दै उनी भन्छिन्, “महिलाहरुको लागि त सहकारी वरदान नै सावित भएको छ ।”

सहकारीले आफ्ना सदस्यहरुलाई व्यवसाय हेरी ३५ देखि ५० हजार सम्म ऋण दिने गरेको छ । सोही ऋणबाट महिलाले आफ्नो व्यवसाय सञ्चालन गर्दे आएका छन् ।

खसी पार्ने दिदी

पहिला उनको काम देखेर सबैले खिसी गर्थे । महिलाले पनि यस्तो काम गर्ने हो भनेर धेरैले उनलाई नराम्रो पनि भने । तर आज उनी सबैको लागि सम्मानित र इज्जतदार बनेकी छिन् ।

टुकुचा नाला गाविस–२ की बसन्ता जीसीलाई धेरैले महिलाले पनि खसी पार्छन् र भनेर व्यंग गर्थे । पुरुषले मात्र खसी पार्नुपर्छ भन्ने जमानामा उनले कुनै लाज, डर र हिनतावोध नलिई खसी पार्ने कार्यलाई जारी राखिन् । धेरैले त उनलाई महिलाले खसी पार्नु पाप गर्नु हो भनेर आलोचना पनि गरे । धेरैले यस्तो काम नगर भनेर सुझाव पनि दिए । तर उनले निरन्तर रुपमा विगत ७ बर्षदेखि खसी पार्ने कामलाई निरन्तरता दिएकी छिन् । आज सबैले खसी पार्नका लागि उनलाई बोलाउन थालेका छन् । ‘सुरुमा खसी पार्दा त मलाई पाप लाग्छ पनि भने, खिसी र ठट्टामा मेरो कार्यलाई पनि उडाएँ तर अहिले सबैले मलाई बोलाउँछन्, म पनि जान्छु, संघसंस्थामा पनि यही सक्रियताले राम्रै पद पाएको छु ।’– उनले विगत सम्झँदै भनिन् ।

नारी चेतना केन्द्र नेपालको सहयोगमा उनले २०६१ सालमा विराटनगरमा भेटनरी व्यवस्थापन तालिम लिएकी थिइन् । तालिममा सहभागी उनी एक मात्र महिला थिइन् । त्यसपछि उनले गाउँमा आएर खसी पार्न सुरु गरिन् । पहिला महिला मात्र फाट्टफुट्ट रुपमा खसी पार्न आउने भएपनि अहिले त धेरै पुरुषहरु आफै बोकालाई खसी पार्न घरसम्म पनि आईपुग्छन् । उनी कतिलाई त मलाई नै लाज छैन भनेर तपाईहरुलाई के को लाज भनेर सम्झाउँछिन् पनि । उनले २ सयभन्दा बढी बोकालाई खसी पारिसकेकी छिन् र राम्रो आम्दानी पनि गरेकी छिन् । ‘मलाई महिला भएर खसी पार्ने काम गर्नु हुँदैन भन्ने लाग्दैन ।’–उनल थपिन् । खसी पार्न उनले श्रीमान् सुन्दर जिसीलाई पनि सिकाएकी छिन् । उनका श्रीमान् पनि खसी पार्छन् । उनीहरु समय मिलाएर पालैपालो खसी पार्न गाउँतिर जान्छन् । पहिला बाँच्नका लागि वाध्यतावश गरिएको कार्य उनीहरुका लागि अहिले व्यवसाय बनेको छ ।

पछिल्लो समयमा उनले गाउँकै सहकारीमा नेतृत्वदायी भुमिका पनि खेलिरहेकी छिन् । उनी नारी चेतना केन्द्र नेपालको सहयोगमा पुण्यमति नारी चेतना सिपमूलक सहकारी संस्थाको व्यवस्थापक पनि बनेकी छिन् । पहिला बोल्न समेत लजाउने उनलाई सबै महिलाले व्यवस्थापन गर्ने जिम्मा दिएका छन् । सुरुमा ५० रुपैयाँ बचत गर्ने उनले हाल मासिक ५ सय रुपैयाँ बचत गर्छिन भने सहकारीले उनलाई बाँच्नका लागि धेरै सहयोग गरेको छ । राम्रो कमाई पछि समाज र घर परिवारमा उनको झन इज्जत बढाएको छ ।

उनले भेटनरीका साथै गोठमल सुधार, सहकारी, लेखा व्यवस्थापन, अचार बनाउने लगायतका थुप्रै तालिमहरु समेत लिएको छिन् । उनको परिवारले ऋण लिएर पशुपालन, तरकारी खेती लगायका कार्य पनि गर्दै आएको छ । तरकारी, पशुपालन लगायतबाट भएको आम्दानीले उनले नयाँ घर पनि बनाएको छिन् । उनको परिवारले छोराछोरी दुवैलाई राम्ररी पढाउन पनि सकेको छ ।

सिलाई कटाई

जिल्लाको उत्तरी क्षेत्र मण्डनभेगका महिलाहरु अहिले सिलाई कटाई तालिम लिएर उनीहरु आत्म निर्भर  बन्दै आएका हुन् ।  परम्परागत रुपमा घर भित्रको काममा मात्र सिमित हुदैं आएका महिलाहरु अहिले सिपहरु सिकेर कमाई समेत गर्न थालेका छन् ।

गाउँमा बचत समुहहरु स्थापना गरे त्यस बाट ऋण लिँदै उनीहरुले व्यवसाय समेत गरिरहेका छन् । गाउँमै खोलिएको महिला विकास सहकारी संस्था र मेलम्ची खानेपानी आयोजनाल उनीहरुलाई सहयोग गरिरहेको छ । चण्डेनीमण्डन, महादेवस्थान, देउपुर, जैशिथोक र पाँचखालका  करिब पाँच सय महिलाहरुलाई आत्म निर्भर बनाउने काम सहयोगी संस्थाले गरिरहेका छन् ।

संस्थाका अनुसार, यहाँका महिलालाई ६ महिने निःशुल्क सिलाई कटाई तालिम दिइएको छ ।  महिलाहरुलाई सजिलो होस् भन्ने अभिप्रायले कपडा सिलाउने मेशिन विशेष सहुलियतमा उपलब्ध गराइएको छ ।  महिलाहरुले यहाँबाट सिकेको सिपलाई सदुपयोग गरी व्यवसाय समेत सञ्चालन गरिरहेका छन् । चण्डेनीमण्डनकी विमला नेपाल सिकेको सिपले आफुलाई आत्म निर्भर बनाएको बताउँछिन् । “सामान्य खर्चको लागि समेत श्रीमान् वा अरु कोहीको भर पर्नुपर्ने बाध्यता हुन्थ्यो, अहिले त्यस्तो छैन, उनले भनिन्, “अहिले त्यस्तो छैन, आफुलाई चाहिएको खर्च गर्न पाएको छु । ”

मेलम्ची खानेपानी आयोजनाले आयोजना प्रभावित काभ्रेका पाँच गाविसमा महिला आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिरहेको छ । महिलाहरुलाई लक्षित गरि बाख्रा पालन कार्यक्रम समेत गाँउमा सञ्चालित छ ।

“गुरुआमा ” बन्न सिप सिक्दै

खनालथोक ७ की सितामाया तामाङ एकल महिला हुन् । प्रहरीमा रहेका उनका श्रीमान् मानसिक रोगी समेत थिए । उनको श्रीमान्ले आत्महत्या गरेको ६ महिना भयो । त्यसपछि नै ८, ७ र ३ बर्षका ३ जना छोरीको लालनपालन गर्ने अभिभारा उनकै काधमा आएको छ । श्रीमानका अन्य ३ जना दाजुभाई पनि छुट्टिएरै बसेका छन् । अंशवण्डा गर्दा करिव २ रोपनी बारी उनको भागमा पर्छ । अहिले १ रोपनी जग्गामा गोलभेँडा खेती गरेर उनले केही कमाइ गरिरहेकी छिन् तर यसको आम्दानीबाट उनलाई पुगेको छैन । हाल उनी लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरिरहेको ३ महिने मोटर ड्राइभिङ तालिम लिइरहेकी छिन् । तालिम लिइसके पछि संस्थाले जागिर समेत खोजिदिने बताएको छ । “३ जना लालाबालाको सम्पुर्ण जिम्मेवारी मेरै काँधमा आएकाले सीप सिके कमाएर खान सक्छु भने तालिम लिएको हुँ । ” उनले भनिन् ।

फुलबारीकी यमकुमारी भुजेल उमेरले ३४ भइन् । उनको १४ बर्षको छोरा र १ छोरी छन् । श्रीमान् घरमा नै मेल (कारखाना) चलाएर बसेका छन् । यो उमेरमा पनि जोश र जाँगरका साथ तालिममा बसेकी छिन् । “घरपरिवारको पनि हौसला छ । उनले भनिन् , “सिप सिकेर पछि यसलाई पेशा नै बनाउँछु । ”

सितामाया र यमकुमारी मात्रै हैन, स्थानीय हनुमान उच्च माविबाट कक्षा १२ उर्तीण पात्लेखेतकी दिपिका तिवारी पनि पछि ड्राइभिङ लाई नै पेशा बनाउने सोचमा छिन् । स्नातक तहमा भर्ना हुने तयारीमा रहेकी उनी समाजमा रहेको यो पेशा प्रतिको नकरात्मक सोच हटाउनमा पनि आफु लाग्ने बताउँछिन् । “यो आम्दानीका हिसाबले पनि राम्रो पेशा हो , उनले भनिन् “विहे गरेपछि पनि म त श्रीमान्लाई पनि सम्झाउँछु । ”

लक्ष्मी प्रतिष्ठान नामक संस्थाले पहिलो चरणमा ६८ जना महिलालाई “सेफ ड्राइभिङ तालिम ” दिइरहेको छ । ४ बर्षको अवधीमा काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौँ, भक्तपुर, ललितपुर, नुवाकोट र धादिङ जिल्लाका १ हजार महिलालाई दक्ष चालक बनाउने संस्थाको योजना छ ।

लक्ष्मी प्रतिष्ठान सडक दुर्घटनामा मृत्यु भएका आफ्ना दुई छोरा कुमार र बलराम गौतमको स्मृतीमा बाबु विष्णु गौतम र आमा लक्ष्मी गौतमले गठन गरेको संस्था हो । २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खानेपानी, ट्राफिक व्यवस्थापन, विकास निमांण, युवा रोजगारी लगायतका सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

दक्ष महिला चालक उत्पादन गरेर उनीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम संञ्चालन गरिएको संस्थाका अध्यक्ष विष्णु गौतमले बताए । “चालककै कारण धेरै दुर्घटना हुने गरेका छन्, चालक दक्ष भयो भने दुर्घटनामा कमि ल्याउन सकिन्छ । उनले भने, “महिलाहरु इमान्दार र सजग पनि हुन्छन्, त्यसैले दुर्घटनामा कमि ल्याउन सकियोस् भनेर आफ्नै व्यक्तिगत खर्चमा तालिम चलाएका हौँ । ” तालिमको लागि ३ करोडको अनुमान गरिएको छ ।

तालिम अन्तर्गत मार्सल आर्टस, अटो मेकानिक, ट्राफिक जानकारी, अंग्रेजी भाषाको समेत तालिम दिइने गरिएको छ । आत्मसुरक्षाको लागि मार्सल आर्ट, प्रांविधिक पक्षको समेत जानकारी होस् भने अटो मेकानिक र ट्राफिक नियम बारे जानकारी दिने गरिएको छ । “नेपालमा धेरै पर्यटक आउँछन्, चालकले अ्रग्रेजी भाषा नजान्दा धेरै समस्या हुने गरेको छ, त्यसैले अंग्रेजीको भाषाको समेत कक्षा दिने गरेका छौँ । ” अध्यक्ष गौतमले भने । चालकको लागि छुट्टटै पोशाकको व्यवस्था समेत गरिएको छ । २०६९ साल फाल्गनु २४ गते उनीहरु तालिम सकेर सिपका साथ सडकमा देखिनेछन् । तालिम पश्चात आत्मनिर्भर बन्ने उनीहरुले मासिक २५ हजार सम्म कमाउन सक्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0