कोशीपारी÷निर्माण भएको लामो समय वित्तिसक्दा पनि कोशिपारी सडकको अवश्था उस्तै छ । सडकको अवश्थाकै कारण सो क्षेत्रका १७ गाविसका जनताले सास्ती बेहोरिरहेका छन् । राजधानी काठमाण्डौबाट ५५ किलोमिटरको दुरीको यात्रा पछि पुगिने पर्यटकीय स्थल दोलालघाट बाट कोशिपारी जाने बाटो शुरु हुन्छ । २०५२ सालमा नै यातायात सञ्चालन भएको यो क्षेत्रमा अहिले पनि कयठन यात्रा गर्न सथानीयहरु वाध्य छन् । पहिला, दोलालघाटबाट सामान बोकेर हिँडेर नै जानुपर्ने बाध्यता पनि थियो । मोटरबाटो त खुल्यो तर निमार्ण भएको १७ बर्षसम्म पनि सडकको अवश्था उही छ । स्थानीयहरु उही धुलाम्मे सडकमा कठिन र कष्टकर यात्रा गर्न वाध्य छन् । छोटो दुरीमा पनि ४ घण्टा लाग्ने गरेको छ । सडककै कारण यो क्षेत्रमा धेरै दुर्घटना समेत हुने गरेका छन् ।
कांग्रेस नेता एवं पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र खरेल र पुर्व श्रमराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको पहलमा बाटो खनिएपछि यो क्षेत्रमा गाडी चल्न थालेको हो । लामो समय सुनकोशी खोलामा पुल नहुनुको कारणले गाडी २०५२ सालदेखि पुलवारी दोलालघाटसम्म र पुलपारी कोशीपारीसम्म गाडी सञ्चालन भयो । २०५६ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कातिकेदेउरालीको आमसभामा कुनै एउटा विकास माग्न भने । स्थानीयले सुनकोशीमा पुल बनाइदिन भनेपछि त्यहाँ पुल बनेको हो । २०६५ सालमा सुनकोशीमा पुलको निर्माण सम्पन्न भएपछि मात्रै सिधैँ काठमाण्डौँ आवतजावत सुचारु भएको हो । हाल ती क्षेत्रका १७ गाविसलाई नै समेटेर करिव ३० वटा बस सञ्चालित छन् ।
बर्षायामका ३ महिना त यो क्षेत्रमा गाडी सञ्चालन नै हुँदैन । मर्मत नगरिएको १७ बर्ष पुरानो बाटो, धुलाम्मे र रातो माटोको कारण असारदेखि भदौसम्म गाडी चल्दैनन् । खेतीको समय भएकाले स्थानीयहरु मल, दैनिक खाद्य सामग्री समेत ६÷७ घण्टा लगाएर बोकेर लैजान्छन् । सक्नेले त रिर्जभ गरेर पनि ल्याउँछन्, तर आर्थिक हैसियत कमजोर भएकाहरु भने यही कारण पिडित बन्छन् । कोही विरामी भएको अवश्थामा पनि महंगो शुल्क तिरेर काठमाण्डौँ ल्याउनुपर्ने बाध्यता छ ।
एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी दिनानाथ गौतम, नेकपा एमालेका बागमती अञ्चल सदस्य मुकुन्द गौतम, नेकपा माओवादीका सेक्रेटरी चुडामणि गौतम लगायतका नेता पनि यही क्षेत्रका हुन् । स्थानीयहरु राजनैतिक नेतृत्वले वेवास्था गरेको कारण पनि यो बाटोको अवश्थामा सुधार हुन नसेकेको बताउँछन् । बाटो ग्राभेल वा पिच भए त्यसको जस कसले लिने भन्ने राजनैतिक विवादका कारण यो बाटोको अवश्थामा सुधार हुन नसकेको गुनासोको स्थानीयको छ । “दलहरु एकआपसमा मिल्न पनि सकेका छैनन्, नेतृत्वकै वेवास्ताका कारण पनि यो क्षेत्रमा बाटोको अवश्थामा सुधार आउन नसकेको हो ” कात्तिदेउरालीका स्थानीय एवं एमाले कार्यकर्ता धर्म चौलागाईले भने ।
गाविसको बजेट विभिन्न सहायक सडकहरुमा विनियोजन गर्दै सकिन्छ, त्यही कारण पनि यो मुल सडकमा रकम छुट्याउन सकिएको छैन । स्थानीयहरु कालोपत्रे नभएपनि ग्राभेल सम्म भएपनि यात्रा गर्न सहज हुने बताउँछन् । स्थानीय हुमानाथ हुँमागाई भन्छन्, “कालोपत्रे गर्न त समय लाग्ला तर दलहरु सबै मिलेर यो वाटो ग्राभेलमात्र गरिदिए हुन्थ्यो । ”
बाटोको अवश्थाका कारण पनि यहाँ भाडा समेत महंगो छ । काठमाण्डौँ पुन २७ किलोमिटर कच्ची सहित करिव ७० किलोमिटर सडकको भाडा ४ सय छ । अरनिको यातायतको सिन्डिकेटको मारमा परेको यहाँका स्थानीयहरु गुनासो गर्छन् । यद्यपी सिन्डिकेट नरहेको देखाउन कोशिपारी यातायातको नाममा अरनिको यातायातले यो रुटमा बस सञ्चालन गरिरहेको छ । सडककै कारण कष्टकर र जोखिमपुर्ण यात्रा गरिरहेका कोशिपारीवासी सडकको अवश्था सुधार गर्न स्थानीय राजनैतिक दल, जिल्ला विकास समिति र अन्य सरोकारवालासँग आग्रह गर्छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |