Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोशिपारी सडकको दुरावश्था स्थानीय भन्छन् ः ग्राभेल सम्म भएपनि हुन्थ्यो

प्रभातफेरी अनलाइन १५१० पटक पढिएको प्रकाशित मिति: २०६९ माघ ७, आईतबार (१० साल अघि)
Post Thumbnail

कोशीपारी÷निर्माण भएको लामो समय वित्तिसक्दा पनि कोशिपारी सडकको अवश्था उस्तै छ । सडकको अवश्थाकै कारण सो  क्षेत्रका १७ गाविसका जनताले सास्ती बेहोरिरहेका छन् ।     राजधानी काठमाण्डौबाट ५५ किलोमिटरको दुरीको यात्रा पछि पुगिने पर्यटकीय स्थल दोलालघाट बाट कोशिपारी जाने बाटो शुरु हुन्छ । २०५२ सालमा नै यातायात सञ्चालन भएको यो क्षेत्रमा अहिले पनि कयठन यात्रा गर्न सथानीयहरु वाध्य छन् । पहिला, दोलालघाटबाट सामान बोकेर हिँडेर नै जानुपर्ने बाध्यता पनि थियो । मोटरबाटो त खुल्यो तर निमार्ण भएको १७ बर्षसम्म पनि सडकको अवश्था उही छ । स्थानीयहरु उही धुलाम्मे सडकमा कठिन र कष्टकर यात्रा गर्न वाध्य छन् । छोटो दुरीमा पनि ४ घण्टा लाग्ने गरेको छ । सडककै कारण यो क्षेत्रमा धेरै दुर्घटना समेत हुने गरेका छन् ।

कांग्रेस नेता एवं पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र खरेल र पुर्व श्रमराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको पहलमा बाटो खनिएपछि यो क्षेत्रमा गाडी चल्न थालेको हो । लामो समय सुनकोशी खोलामा पुल नहुनुको कारणले गाडी २०५२ सालदेखि पुलवारी दोलालघाटसम्म र पुलपारी कोशीपारीसम्म गाडी सञ्चालन भयो ।  २०५६ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कातिकेदेउरालीको आमसभामा कुनै एउटा विकास माग्न भने । स्थानीयले सुनकोशीमा पुल बनाइदिन भनेपछि त्यहाँ पुल बनेको हो । २०६५ सालमा सुनकोशीमा पुलको निर्माण सम्पन्न भएपछि मात्रै सिधैँ काठमाण्डौँ आवतजावत सुचारु भएको हो । हाल ती क्षेत्रका १७ गाविसलाई नै समेटेर करिव ३० वटा बस सञ्चालित छन् ।

बर्षायामका ३ महिना त यो क्षेत्रमा गाडी सञ्चालन नै हुँदैन । मर्मत नगरिएको १७ बर्ष पुरानो बाटो, धुलाम्मे र रातो माटोको कारण असारदेखि भदौसम्म गाडी चल्दैनन् । खेतीको समय भएकाले स्थानीयहरु मल, दैनिक खाद्य सामग्री समेत ६÷७ घण्टा लगाएर बोकेर लैजान्छन् । सक्नेले त रिर्जभ गरेर पनि ल्याउँछन्, तर आर्थिक हैसियत कमजोर भएकाहरु भने यही कारण पिडित बन्छन् । कोही विरामी भएको अवश्थामा पनि महंगो शुल्क तिरेर काठमाण्डौँ ल्याउनुपर्ने बाध्यता छ ।

एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी दिनानाथ गौतम, नेकपा एमालेका बागमती अञ्चल सदस्य मुकुन्द गौतम, नेकपा माओवादीका सेक्रेटरी चुडामणि गौतम लगायतका नेता पनि यही क्षेत्रका हुन् । स्थानीयहरु राजनैतिक नेतृत्वले वेवास्था गरेको कारण पनि यो बाटोको अवश्थामा सुधार हुन नसेकेको बताउँछन् । बाटो ग्राभेल वा पिच भए त्यसको जस कसले लिने भन्ने राजनैतिक विवादका कारण यो बाटोको अवश्थामा सुधार हुन नसकेको गुनासोको स्थानीयको छ । “दलहरु एकआपसमा मिल्न पनि सकेका छैनन्, नेतृत्वकै वेवास्ताका कारण पनि यो क्षेत्रमा बाटोको अवश्थामा सुधार आउन नसकेको हो ” कात्तिदेउरालीका स्थानीय एवं एमाले कार्यकर्ता धर्म चौलागाईले भने ।

गाविसको बजेट विभिन्न सहायक सडकहरुमा विनियोजन गर्दै सकिन्छ, त्यही कारण पनि यो मुल सडकमा रकम छुट्याउन सकिएको छैन । स्थानीयहरु कालोपत्रे नभएपनि ग्राभेल सम्म भएपनि यात्रा गर्न सहज हुने बताउँछन् । स्थानीय हुमानाथ हुँमागाई भन्छन्, “कालोपत्रे गर्न त समय लाग्ला तर दलहरु सबै मिलेर यो वाटो ग्राभेलमात्र गरिदिए हुन्थ्यो । ”

बाटोको अवश्थाका कारण पनि यहाँ भाडा समेत महंगो छ । काठमाण्डौँ पुन २७ किलोमिटर कच्ची सहित करिव ७० किलोमिटर सडकको भाडा ४ सय छ ।  अरनिको यातायतको सिन्डिकेटको मारमा परेको यहाँका स्थानीयहरु गुनासो गर्छन् । यद्यपी सिन्डिकेट नरहेको देखाउन कोशिपारी यातायातको नाममा अरनिको यातायातले यो रुटमा बस सञ्चालन गरिरहेको छ । सडककै कारण कष्टकर र जोखिमपुर्ण यात्रा गरिरहेका कोशिपारीवासी सडकको अवश्था सुधार गर्न स्थानीय राजनैतिक दल, जिल्ला विकास समिति र अन्य सरोकारवालासँग आग्रह गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0