Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रतिवेदन नै वुझाउँदैनन् गैरसरकारी संस्थाहरु

प्रभातफेरी अनलाइन २१८८ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ १४, आईतबार (१३ साल अघि)
Post Thumbnail

नगेन्द्र अधिकारी ÷ धुलिखेल
काभ्रेमा सञ्चालित अधिकांश गैरसरकारी संघसंस्था नियम विपरित चलेको पाइएको छ । उनीहरुले जिल्लामा कुनै पनि समन्वय, जानकरी र प्रतिवेदन समयमा बुझाउने गरेका छैनन् ।
जिल्ला भित्र कार्यक्रम सञ्चालन गर्दा  जिल्ला विकास समितिसँग समन्वय गरी अनुमति लिएर कार्यक्रमबारे पूर्ण रुपमा जानकारी गराएर परियोजना सञ्चालन गर्नुपर्ने भएपनि उनीहरुले यसो गरेका छैनन् । समाज कल्याणमा आवद्ध भएका गैरसरकारी संस्थाले आफुले काम गर्ने जिल्ला विकास समितिबाट स्विकृती पाएपछि मात्रै काम गर्न पाउँछन् । उनीहरुले आफ्नो परियोजनाबारे जिविसलाई पुर्व योजना र कार्यक्रम पश्चात पनि प्रतिवेदन बुझाउनुपर्छ । केहीले गरे पनि अधिकाशंले यसो गरेका छैनन् । नविकरणको समयमा मात्रै केही बाध्यातावश प्रतिवेदन बुझाउने गरेका छन् । धेरैले त यसो पनि गर्दैनन् ।
विभिन्न दातृ निकायको सहयोगमा काभ्रेमा हाल ३९ गैससले शिक्षा, स्वास्थ्य, महिला शसक्तिकरण, वातावरण ३९ वटा कार्यक्रम सञ्चालन गरेका छन् तर अधिकांश गैरसरकारी संघसंस्थाले जिल्ला विकास समितिसँग अनुमति लिएर कार्यक्रम गर्ने गरेका छैनन् । ‘ परिषद्ले काभ्रेमा कुनै कार्यक्रम गर्दा जिविसमा योजना र कार्यक्रमसहित बुझाएर मात्र गर्न भनेर परिपत्र पठाएको छ तर अधिकांश संघसंस्थाले नियम विपरित कार्यक्रमहरु गरिरहेका छन् ।’–जिविस गैसस डेस्क हेर्ने अधिकृत माया वादेले भनिन् । काभ्रेलाई नै लक्षित गरी करिब २० करोड र काभ्रे लगायतका जिल्लालाई गरी ३० करोड रुपैयाँ भन्दा बढी रुपैयाँको कार्यक्रम गैससले चलाईरहेका छन् ।
गैरसरकारी संस्था महासंघकी केन्द्रिय अध्यक्ष शर्मिला कार्की अध्यक्ष रहेको जागरण नेपालले पनि जिल्ला विकास समिति काभ्रेमा प्रतिवेदन बुझाएको छैन । उनको संस्थाले राजनीतिमा महिलाको पहुँच बढाउने शिर्षकमा काभ्रेमा १३ लाख २८ हजार खर्च गरेको छ तर जिविसमा कुनै प्रतिवेदन बुझाएको छैन । जिविसले २०६८ जेठ ०८ मा पत्र काटेको भएपनि सम्पर्क नम्वर नखुलेको र ठेगाना स्पष्ट नभएको भन्दै फिर्ता आएको थियो । नविकरणको समय भएकाले २०६९ पुष २८ मा मात्रै जागरणले जिविस काभ्रेमा प्रतिवेदन पठाएको छ । संस्थाले भने कार्यक्रम डिसेम्वरको अन्त्ययमा सकिने भएकोले सही समयमा प्रतिवेदन बुझाएको बताएको छ ।
अधिकांश काभ्रेका बाहिर दर्ता भएका यी गैरसरकारी संघसंस्थाले जिविससँग समन्वय नगरी मनपरि तरिकाले कार्यक्रमहरु सञ्चालन गर्दा लक्षित समुदायसम्म कार्यक्रम पुग्न सकेका छैनन । अनुमति लिन आउने गैससहरु प्रतिवेदन बुझाउन पनि नआउने र समन्वय समेत नगर्ने भएकाले काम गरिरहेको छ की छैनन् भन्न सकिने अवश्था समेत छैन ।
प्रतिवेदन नबुझाउने संस्थालाई जिविसले नविकरणको लागि सिफारिस गर्दैन । यो व्यवस्थाले केही सुधार आएको भएपनि पुरै समाधान भएको छैन । आश्विन महिना प्रतिवेदन बुझाँउदा संस्थालाई जरिवाना लाग्दैन । जरिवाना तिर्दा ३ बर्ष सम्म नविरकण मिल्छ । यही कारणले पनि गैरसरकारी संस्थाहरुले प्रतिवेदन बुझाउन आलटाल गर्छन् । “जिविसले प्रतिवेदन नबुझाउनेको नाम सिफारिस गर्यो भने नविकरण रोक्छौँ । ” काभ्रेका प्रमुखा जिल्ला अधिकारी ऋषिराम ढकालले भने ।
गैर सरकारी सस्था महासंघ काभ्रे शाखाका अध्यक्ष कृष्णचन्द्र आचार्य प्रभावकारी अनुगमन संयन्त्र नबनेको कारण केही समस्या देखिएको स्विकार्छन् । “कतिपयले नियतवश गरेका छन्, केही अपरादर्शी छन्, कतिले थाहा नभएर पनि बुझाएका छैनन् । ” उनले भने । गैरसरकारी निकाय मार्फत आउने सहयोगको सही उपयोगको लागि सरकारी निकायले पनि प्रभावकारी अनुगमन थाल्नुपर्ने उनले तर्क गरे । जिल्लामा यसलाई व्यवस्थित गर्न कार्याविधी समेत बनेको उनले बताए ।
जिल्ला प्रशासन कार्यलय काभ्रेमा १ हजार ६ सय २५ स्थानीय गैरसरकारी संस्था दर्ता छन् । जिविस काभ्रेमा १ हजार २० मात्रैको तथ्याङक छ । ती मध्ये २ सय ७ ले मात्रै नविकरण गरेका छन् । बजेट तथा कार्यक्रम भएका केही कृयाशिल संस्थाले मात्रै प्रतिवेदन बुझाउने गरेका छन् । अन्य संस्था निस्कृय छन् ।

नियमित प्रतिवेदन नबुझाउनेहरु
१. हेल्प नेपाल नेटवर्क
२ं ग्लोवल पिस एसोशिएसन
३. ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी
४ं अवाना क्ल्व नेपाल
५. निलहिरा समाज
६. माइती नेपाल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0