Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आधुनिकता तर्फ कृषि प्रविधी गोरु बेच्दै पावरटिलर

प्रभातफेरी अनलाइन २३७८ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ १४, आईतबार (१३ साल अघि)
आधुनिकता तर्फ कृषि प्रविधी गोरु बेच्दै पावरटिलर

ज्ञानमणि कालोटोपी ÷ मण्डन

चण्डेनी मण्डनका कृषक कृष्ण प्रसाद नेपाल पाँच वर्ष अगाडि सम्म घरमा २ हल गोरु पाल्थे ।  तर अहिले सबै गोरु बेचेर पावरटिलर खरिद गरेका छन् । यसले उनीसँगै गाउँका अन्य कृषकहरुलाई पनि सजिलो भएको छ । खेतवारी जोत्न उनीहरु अहिले पावर टिलरको प्रयोग गर्छन् ।

जिल्लाको मण्डन भेगका अधिकांश कृषकहरु अहिले आधुनिक कृषि प्रणाली तर्फ आकर्षित भएका छन् । पुरानो प्रणालीबाट सोचे जस्तो आम्दानी हुन नसकेपछि उनीहरु अहिले कृषिमा आधुनिक प्रविधी अपनाउन थालेका हुन् । विशेष गरी पाँचखाल, कुन्तावेशी, राम्चेवेशी , ढाइटार र जोगिटार लगायतका स्थानका कृषकहरुले खेती गर्ने नयाँ प्रविधी अपनाउन थालेका हुन् । आधुनिक प्रविधीबाट पहिले भन्दा राम्रो उत्पादन समेत हुने उनीहरु बताउँछन् । यसबाट खनजोत गर्दा कामदार पनि थोरै भए पुग्छ । अहिले गाउँहरुमा पावरटिलरको फाइदा बुझेपछि गोरु पाल्नेहरुको संख्या ह्वात्तै घटेको छ ।

कृषकहरु अहिले खेतबारी खनजोत गर्न गोरुको प्रयोग छोड्दै पावर टिलरको प्रयोग गर्न थालेका छन् । गोरुको  प्रयोग झण्झटिलो र खर्चिलो भएको तथा पावरटिलरको प्रयोगबाट सस्तोमा उत्पादन वढ्ने हुँदा प्रयोग छोडेको राम्चेवेशीका कृषक काशिनाथ न्यौपानेले बताए । ‘पुरानो प्रविधीबाट खेती गर्दा कम उत्पादन हुने ग¥थ्यो । वढ्दो जनसंख्यालाई यसले धान्न सक्ने अवस्था पनि थिएन ।’ न्यौपाने भन्छन्–“ त्यसैले हामी कृषिमा नयाँ प्रयोगहरु गर्दै आईरहेका छौं ।”

यो क्षेत्रका कृषकहरुले हाइब्रिड जातका अन्नबाली र तरकारी रोप्दै आएका छन् । उनीहरुले गाउँ–गाउँमा सञ्चालन भएका कृषक पाठशालाबाट सीप सिक्ने गरेका छन् । जसले गर्दा खेती गर्न सजिलो भएको उनीहरु बताउँछन् ।

कृषि सामाग्रि खरिदका लागि कृषकहरुलाई सरकारले सहयोग गर्ने भनिए पनि यहाँका कृषकहरु भने यसबाट बञ्चित छन् । यसका लागि उनीहरु आफैंले लगानी गरेका छन् । तालिमका लागि कृषि अनुसन्धान परिषदबाट केहि वर्ष पहिले यी भेगहरुमा कृषि विज्ञहरु पूगेका थिए । त्यहाँ नयाँ जातका तरकारी र धान, गहुँ , मकै लगायतका बालीहरुको पनि परिक्षण खेती गरिएको थियो । प्रशिक्षक टोलीले कृषकहरुलाई पावरटिलर गाउँमै लगेर यसलाई संचालन गर्ने तरिका पनि सिकाएको थियो । अहिले यी भेगका करिव २ सय भन्दा वढि कृषकहरुले यसको खरिद गरिसकेको र दश हजार भन्दा वढिले प्रयोग गर्ने गरेका छन् ।

पावरटिलरका साथै अहिले गहुँ र धान झार्ने थ्रेसर मेसिन पनि प्रयोग गर्छन् । यी मेसिनको लागि आवश्यक पेट्रोल अभाव हुँदा भने उनीहरु चिन्तित छन् । किसानलाई यी पदार्थ सहज उपलव्ध गराइदिन उनीहरु सरकारसँग माग गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0