Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महत्व छ पुराना संरचनाको

प्रभातफेरी अनलाइन १९९६ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ १४, आईतबार (१३ साल अघि)
महत्व छ पुराना संरचनाको

ज्ञानमणि कालोटोपी

‘एउटा गाउँमा मात्र होइन , थुप्रै गाउँहरुमा छरिएका थिए , ऐतिहासिक महत्व बोकेका अनि पुराना कलाकृतिले भरिएका पाटीपौवाहरु । समयको अन्तराल हो वा आधुनिक युवायुवतीहरुको पुराना संरचना प्रतिको बेवास्ता , अहिले त झण्डै लोप हुने अवस्थामा पो पुगेका छन् त । जोगाउन पनि कसैले ध्यान दिएनन्, कतिपय संरचनाहरुको त अस्तित्व पनि पतन नै भईसक्यो । तैपनि यस तर्फ कसैले वास्ता गरेको पनि देखिंदैन । किन पुराना वस्तुहरुको महत्व छैन ?’

काभे्र जिल्लाको मण्डनभेगका स्थानिय दीपक प्रसाद पौडेलले त्यहाँ पुगेको यस प्रतिनिधीलाई पुराना संरचनाहरुको संरक्षण नगरिएको प्रति प्रश्नको व्यङ्य यसरी प्रहार गरिहाले । बुझ्दै जाँदा थाह भयो कि यहाँ विगत ३ दशक अगाडि सम्म थुप्रै पाटीपौवाहरु रहेका रहेछन् । सार्वजनिक ठाउँमा निर्माण गरिएका यस्ता पाटीपौवाहरुमा त्यतिबेला गाउँका सार्वजनिक कार्यक्रमहरु र बिवाह, व्रतवन्ध, लगायतका कार्यहरु गरिन्थे । यतिमात्र कहाँ हो र ? गाउँमा केहि आपत विपत प¥यो भने सबै भेला भएर निर्णयहरु गर्ने थलोका रुपमा पनि परिचित थिए , यी संरचनाहरु । हिंड्दै जाँदा गन्तव्यमा नपूगेका बटुवाहरु वास वस्न पनि सजिलो माध्यम थिए । संरक्षणको अभावमा  एकाएक यस्ता संरचनाहरु भत्किए, अनि यस भेगका लागि कथा जस्ता भएका छन् , विगतका दिनहरु । यस तर्फ चिन्तित पौडेल जस्ता थुप्रै व्यक्तिहरु पुराना संरचना जोगाउन पाए हुन्थ्यो त भन्छन् तर प्रयास चाहिं कसैले पनि गरेको देखिंदैन । जसले गर्दा पुराना दिनहरु फर्काउने उनीहरुको सपना सपना मात्रै भएको छ , वर्षौं देखि ।

जिल्लाको उत्तरी क्षेत्र मण्डनभेग जहाँ विगतमा पुराना पाटीपौवाहरु प्रशस्त थिए । यहाँ अहिले पनि हिंगुवापाटी, नर्वन्दापाटी, बाहुनेपाटी, श्रीरामपाटी, चुच्चेपाटी, जोरपाटी, देउपुरपाटी र सँगैको इन्द्रावती नदी किनारामा रहेको घाटेपाटीको धेरै चर्चा हुने गर्छ । यहाँका धेरै जसो ठाउँको नाम पनि यस्तै पाटीहरु रहेको नामबाट राखिएको छ । तर विडम्वना भन्नुपर्छ यी ठाउँहरुमा उल्लेखित पाटीहरुको जग मात्र पनि भेट्न मुस्किल छ । नदी किनारमा रहेको घाटेपाटी नहुँदा शव जलाउन जाने गरेका मलामीहरुलाई पनि असजिलो भएको छ । पाटी त हराए नै , अब ती पाटी रहेका सार्वजनिक जग्गा पनि हराउने क्रममा छन् । जग्गा मिचिने क्रम पनि वढेको छ । स्थानिय प्रशासन मौन छ । मानौं यस्ता संरचना जोगाउने उसको कामै होइन जसरी । अनि चिन्तित् भएका छन् , दीपक पौडेल जस्ता थुप्रै व्यक्तिहरु ……….

त्यतिखेरका पुराना पाटीपौवाहरुमा तत्कालिन अवस्था झल्कने विषय समेटिएका विभिन्न आकृतिहरु कुँदिएका हुन्थे । देवीदेवता तथा जनावरका आकृतिहरुको अवलोकन गर्न थुप्रै व्यक्तिहरु त्यहाँ पुग्थे अनि घण्र्टौ लगाएर अध्ययन पनि गर्थे । पछिल्ला दिनहरुमा तीनीहरुमा दाँत फुक्लिएका वुढापाकाहरु जस्तै गरि मुर्ति कुँदिएका टुँडाल र दलिनहरु खस्दै गए । तैपनि कसैले यसप्रति चासो दिएनन् । त्यसैले अहिलेको अवस्था आएको स्थानिय जानकारहरु बताउँछन् ।

जिल्लामा रहेका सार्वजनिक पाटीपौवाहरु, मठमन्दिर, चौतारो , धारा, पोखरी , इनार , कुवा लगायतका अति आवश्यकिय संरचनाहरु अहिले नासिंदै गएको प्रति ज्याम्दीका नारायण पराजुली पनि चिन्तित देखिए । सरकारले यस्ता संरचना प्रति वास्ता गर्ने भनेर नारामा मात्र भन्ने गरेको र व्यवहार चाहिं भने जस्तो नभएको उनको गुनासो छ । ‘हराइसकेका संरचनाहरुलाई पुनः उस्तै बनाउन त सकिंदैन तर बाँकि रहेकाहरुलाई जोगाउन पहल गर्न भने पक्कै सकिन्छ ।’ नारायणको भनाई छ । तर यी सर्वसाधारणको मागलाई सरकारले सम्बोधन नगर्ने हो भने अव बाँकि रहेका केहि अन्य संरचनाहरु पनि केहि समयमा नै हराउन पुग्ने उनको अनुमान छ ।

‘सार्वजनिक सम्पदाहरु जोगाउने तर्फ सरकारले ध्यान पु¥याउनु पर्छ । नभए पनि स्थानिय प्रशासन तथा सम्बन्धित व्यक्तिहरुले यसमा समय दिनुपर्छ । जोगाउन प्रयास नगरि अरुको मुख ताक्ने प्रवित्ति राम्रो होइन ।–संस्कृतिविद् एवं युवा साहित्यकार त्रिलोचन आचार्य भन्छन्–“ पुराना मौलिक संरचना जोगाएर भावी सन्ततिहरुका लागि बचाउनु हाम्रो कर्तव्य हो ।” काभे्र जिल्लामा रहेका जस्तै  देशका विभिन्न जिल्लाका कुना–कुनामा रहेका थुपै्र संरचनाहरु जोगाउन स्थानिय संघ संस्थाहरुका साथै क्लव र सम्बन्धित ठाउँका युवाहरु सक्रिय रहन आवश्यक भएको र यसो भएमा मात्र पछि सम्मका लागि विदेशिहरु समक्ष नेपालमा मान्छे भन्दा वढि मुर्ति र घर भन्दा वढि मन्दिर छन् भन्ने मान्यताको छाप बसाएर पुराना संरचनाहरुको महत्व झल्काउन सकिने आचार्यको भनाई छ ।

प्बयितयउष्द्दज्ञछ२नmबष्।िअयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0