Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समाचार हरु,,,,,,,,,,,,,,,,

प्रभातफेरी अनलाइन १८८२ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ १४, आईतबार (१३ साल अघि)
Post Thumbnail

नेरेसो खरिबोट उपशाखाको दोस्रो अधिवेशन

पनौती÷नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखाको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले पुनः केशव बन्जारालाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको छ भने उपसभापति प्रदिप के.सी., सचिव सुर्यमणि शर्मा, सहसचिव हरिचन्द्र श्रेष्ठ, कोषाध्यक्ष कृष्णबहादुुर श्रेष्ठ तथा सदस्यहरुमा वेदप्रसाद बन्जारा, गुरुराज बन्जारा, दामोदर बन्जारा, भरत गिरी निर्विरोध निर्वाचित भएका छन् भने रामचन्द्र के.सी. र अम्बिकादेवी श्रेष्ठलाई मनोनित गरेको छ ।
अधिवेशनका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका कोषाध्यक्ष महेश्वर जंगमले रेडक्रसको गतिविधि माथि प्रकाश पारेका थिए । कार्यक्रममा सचिव सुर्यमणि शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कृष्णबहादुर श्रेष्ठले वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
सोही अवसरमा उपसभापति प्रदिप के.सी., सदस्य वेदप्रसाद बन्जारा, टौखाल उपशाखाका उपसभापति जगनाथ हुमागाईं लगायतले बोलेका थिए । त्यसैगरी समाजमा रेडक्रस अभियानलाई अघि बढाउन विभिन्न चार उपसमिचि समेत गठन गरिएको छ ।
सामाजिक सेवा समितिका संयोजक प्रदिप के.सी. र सदस्य अष्ठलाल श्रेष्ठ र गुरुराज बन्जारा, दैवीप्रकोप उद्दार समितिको संयोजक कृष्णबहादुुर श्रेष्ठ, सदस्य रामसुन्दर बन्जारा र भरत गिरी, जनस्वास्थ्य तथा शिक्षा समितिको संयोजक सुर्यमणि शर्मा, सदस्य गोकुल दमाई र शिवप्रसाद बन्जारा र महिला परिचालन उपसमितिको संयोजक अम्बिकादेवी श्रेष्ठ, सदस्यहरु शुभद्रा बन्जारा, प्रमिला श्रेष्ठ, दिलमाया श्रेष्ठ, निर्मला के.सी., मोतिमायाँ श्रेष्ठ, कमला श्रेष्ठ, अष्टलक्ष्मी श्रेष्ठ, शारदा महाजु र रमिला शाक्य रहेका छन् ।
अधिवेशनको सभापतित्व नेरेसो खरिबोट उपशाखाका सभापति केशव बन्जाराले गरेका थिए ।

एकता र विकासका लागि युवाको साधारणसभा
पनौती÷एकता र विकासको लागि युवा, पनौतीको प्रारम्भिक साधारण सभा शनिबार सम्पन्न भयो ।
साधारण सभाले पुनः महेश्वर बन्जाराको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।
जसको उपाध्यक्ष मीरा बन्जारा, सचिव द्रोणप्रसाद बन्जारा, कोषाध्यक्ष दिनेश बन्जारा तथा सदस्यहरुमा सुजन बन्जारा, राजन तामाङ, मिठाराम बन्जारा, तुलसा कार्की, सुनिता बन्जारा, निर्दिप के.सी. र दिपेन्द्र बन्जारा रहेका छन् ।
साधारण सभामा कोषाध्यक्ष दिनेश बन्जाराको कुल ४७ हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए भने सचिव द्रोणप्रसाद बन्जाराले संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष महेश्वर बन्जाराले गरेका थिए ।

सामुदायिकको रक्तदान
पनौती÷सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सयौंको संख्यामा रक्तदाताहरुको सहभागीता रहेको संस्थाका अध्यक्ष दिपक थापाले जनाएका छन् । रक्तदान कार्यक्रमको लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर उपशाखाले प्राविधिक सहयोग गरिएको थियो ।
त्यसैगरी, सामुदायिक साकोस र एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ७२ को संयुक्त आयोजनामा वैदेशिक रोजगारका लागि विदेश जान लागेका व्यक्तिहरुको अधिकारको ग्यारेण्टी गर्न जनचेतनामुलक बुकलेट वितरण, वैदेशिक विभागलाई पत्र लेखन तथा हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न भएको संयोजक कृष्णकुमार श्रेष्ठ जनाए ।

च्याम्राङ्गवेंशीको गाउँ परिषद्
च्याम्राङ्गवेंशी÷च्याम्राङ्गवेंशी गाउँ विकास समितिको आव ०६९÷०७० को गाउँ परिषद् सम्पन्न भएको छ ।
नेपाल सरकारले राजनीति संयन्त्रको खारेजी गरेपनि गाविसमा रहेका नेपाली कांग्रेस, एमाले र एमाओवादीको सहमतिमा बजेट विनियोजन गरिएको गाविस सचिव काशीप्रसाद दाहालले जानकारी दिए । गतवर्षको तुलनामा बजेट घटेर १५ लाख रुपैँयामात्र आएको थियो ।
सचिव दाहालका अनुसार महिला लक्षित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजना गरिएको बताए । विनियोजित बजेटमा बालबािलका, आदिवासी जनजाति, अपाङ्ग जेष्ठ नागरिक, कृषिजन्य पूर्वाधार विकासको लागि ग्रामीण कृषि सडक, मानविय संशोधन, मोटरबाटो निर्माण, खानेपानी, सिँचाई, कृषि भेटरीनरी स्वास्थ्य सेवा केन्द्र लगायतका कुरा लागि बढी जोड दिएर बजेट विनियोजन गरिएको दाहालले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकको ४८ औं वार्षिकोत्सव
धुलिखेल÷राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ४८ आंै वार्षिकोत्सव विविध कार्यक्रमका साथ मूलकभर बुधबार सम्पन्न गरेको छ ।
बैकको वार्षिक उत्सवको अवसर पारेर धुलिखेल शाखाले पनि कार्यालय प्राङ्गणमा प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालको प्रमुख आतिथ्यता वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख कोष नियन्त्रक रामबहादुर खड्का नेपाल पत्रकार महासंघका अध्यक्ष महेश पौडेल, धुलिखेल उद्योग वाणिज्य संघका उपाध्यक्ष मञ्जुकुमार श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंक लि.का प्रबन्धक जनार्दन पौडेल, सत्यनारायण सापकोटा लगायतले बैंकले निजी बंैकहरुसँग प्रतिस्पर्धा गर्न अझ नयाँ कार्यक्रम थप्नुपर्ने बताएका थिए ।

शिर मेमोरियल कप ब्याडमिन्टन
बनेपा÷गत बुधबारबाट इशा मेमोरियल स्कुल बनेपाको कभर्ड हलमा शिर मेमोरियल कप ब्याडमिन्टन २०६९ शुरु भएको छ । उक्त प्रतियोगिताको शिर मेमोरियल अस्पतालका प्रमुख जी. सेल्फामणि करण र मेडिकल डाइरेक्टर डा. काडोनाको संयुक्त रुपमा ब्याडमिन्टन खेलेर उद्घाटन गरेका थिए ।
प्रतियोगितामा २० वटा पुरुष तथा महिला डबल इभेन्ट खेल हुने ब्याटमिन्टन रेफ्रि कुमार अधिकारीले बताउनुभएको छ ।

विपक्षीहरुको विरोध ¥याली
धुलिखेल÷भट्टराई सरकारले सहमति छोडेर सर्वसत्तावादी शैलीमा अघि बढ्न खोजेको भन्दै आन्दोलनत विपक्षी गठबन्धन मुलुकभर जस्तै काभ्रेमा पनि नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा बृहत विरोध ¥याली सहित शुक्रबार धुलिखेलमा सभा गरेका छन् ।
नेपाली कांग्रेस र एमालेका गाउँगाउँबाट आएका हजारौं कार्यकर्ताले धुलिखेलको बसपार्कबाट शुरु भएको विरोध ¥यालीले धुलिखेल बजारको परिक्रमा गरेर सरस्वती बजारमा आएर सभामा परिणत भएको थियो । उनीहरुको प्रधानमन्त्री भट्टराईका कारण राष्ट्रियता खतरामा पारेको, दण्डहिनता बढाएर सर्वसत्तावाद लाद्न खोजेको, प्रेस स्वतन्त्रता तथा मानव अधिकार हनन गरेको, राष्ट्रिय सहमति निर्माणमा बाधा पु¥याएको महङ्गी, भ्रष्टाचारी मौलाएको भन्दै सरकार बिरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।
विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सम्बोधन गरेका थिए । चौधरीलेृ एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई मानसिक रोग लागेका कारण मुलुक सहमतिमा अगाडी बढ्न नसक्ने बताए । प्रचण्डलाई मानसिक रोग लागेको छ उनले एकदिन मै ५ वटासम्म कुरा फेर्छन्, त्यसैले पहिला उनलाई पाटन अस्पतालमा लगेर उपचार गरेपछि मात्र वार्ता सफल हुनेछ, उनले भने ।
मधेशवादी दलप्रति बढी नै आक्रामक रुपमा प्रस्तुत भएका चौधरीले मधेशका नाममा मधेशवादी दलहरुले सत्ता र पदका लागि मधेश जनतालाई झ्याङ बनाएर सत्तामा टिकिरहेको बताए । मधेशवादी दलहरु एमाओवादीको ह्रास हो उनीहरु पैसा कमाउन र सत्तामा टिकिरहन जस्तोसुकै सम्झौता गर्न पछि पर्दैनन् । मधेशीको मुद्दा उनीहरुलाई मतलबै नभएको र अब जनताले मधेशबाट विश्वास नगर्ने ठोकुवा समेत गरे ।
कार्यक्रममा नेकपा एमाले बागमति अञ्चल कमिटीका संगठन विभाग प्रमुख विदुर सापकोृटा, नेपाली कांग्रेसका जिल्ला सभापति शिवप्रसाद हुमागाईं, एमालेका जिल्ला अध्यक्ष गोकुल बास्कोटा, उपाध्यक्ष रामहरि सुवेदी, नेपाली कांग्रेस सचिव अच्युतप्रसाद पौडेल, पूर्वसभासद् हर्षजित लामा, एमाले उपसचिव अशोक ब्याञ्जु लगायतले विरोधसभालाई सम्बोधन गरेका थिए ।
बक्समा …………………………………………………………….
प्रधानमन्त्रीलाई जिल्ला प्रवेश निषेध
बनेपा÷सरकार विरोधी आन्दोलन गरिरहेका प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जिल्ला प्रवेश निषेध गर्ने घोषणा गरेका छन् ।
शुक्रबार सदरमुकाम धुलिखेलमा विरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका जिल्ला सभापति शिवप्रसाद हुमागाईं र एमाले जिल्ला अध्यक्ष गोकुल बास्कोटाले एमाओवादी जिल्ला अधिवेशनका लागि प्रधानमन्त्री भट्टराई आए उनलाई जिल्ला प्रवेश गर्न नदिने उद्घोष गरेका हुन् ।
एमाओवादीको जिल्ला सम्मेलनलाई शुभकामना छ, सबैले गर्नपाउनुपर्छ । यदि राज्यको सम्पत्तिको दुरुपयोग गर्दै कोही पार्टीको अधिवेशन भन्दै राज्यको पैसा ब्रम्हलुट गर्छ भने त्यसको प्रतिकार जनताले गर्ने उनीहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0