Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गाउँमै दुध चिस्यान केन्द्र

प्रभातफेरी अनलाइन २२२१ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २३, मंगलबार (१० साल अघि)
गाउँमै दुध चिस्यान केन्द्र

ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन


जिल्लाको उत्तरीभेग चण्डेनीमण्डन गाविसमा दुध चिस्यान केन्द्र स्थापना भएपछि यहाँका किसानहरुलाई सजिलो भएको छ ।  आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाको सक्रियता तथा दुग्ध विकास संस्थान, काठमाडौं दुग्ध वितरण आयोजना वालाजुको प्रत्यक्ष सहयोगमा चण्डेनीमण्डन– १ आँपघारीमा जोगिटार चिलिङ सेन्टरको स्थापना भएपछि यहाँका किसानलाई सजिलो भएको हो ।
चिलिङ सेन्टर स्थापनासंगै आसपासका ज्याम्दी र महादेवस्थान गाविस तथा छिमेकी जिल्ला सिन्धुपाल्चोकको भिमटार र भोटसिपा गाविसका आठ वटा दुग्ध उत्पादक सहकारी संस्था आवद्ध करिब ६ सय कृषकहरुलाई दुध ढुवानीमा सजिलो भएको छ । उनीहरु गाउँबाट दैनिक दुध बोकेर १५   किलोमिटर टाढा पुग्नु पर्ने बाध्यताबाट मुक्त भएका छन् ।
आयोजनाले दुध ढुवानीका लागि वालाजुबाटै ट्याङ्कर पठाइदिने गरेको छ । यसकारण कृषकहरुको दुध ढुवानी खर्च समेत बचत भएको छ । संस्थानले नै २ जना कर्मचारी पनि राखिदिएको छ ।
‘ पहिला कृषकहरुमा धेरै समस्या थियो  ’ आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद नेपाल भन्छन्–“गर्मि महिनामा दुध विग्रने समस्या एकातिर थियो भने अर्कातिर बोकेर टाढा सम्म जानु पर्दा लागत धेरै पथ्र्यो ।” योसँगै गाउँमा पशुपालन गर्ने कृषकको संख्या पनि वढिरहेको छ । केन्द्रमा दैनिक २ हजार पाँचसय लिटर दुध संकलन हुने गरेको छ  ।
जिल्लामा पशुपालन गर्दै दुध उत्पादन गर्ने कृषकहरुको संख्या करिब २० हजार भन्दा वढि छ । जिल्लाबाट दैनिक एक लाख ५० हजार लिटर दुध राजधानीको बजारमा भित्रने गरेको छ । गाउ गाउँमा पशुविमा कार्यक्रम पनि संचालन भएपछि कृषकहरु पशुपालनमा आकर्षित भइरहेका छन् । काभ्रे दुध उत्पादनको हिसावले अग्रणी जिल्ला मानिन्छ ।

फोटो क्याप्सन ः  चण्डेनीमण्डन स्थित आँपघारीमा स्थापना गरिएको जोगिटार चिलिङ सेन्टरमा काम गर्दै कर्मचारी रामकुमार क्षेत्री ।  तस्विर ः ज्ञानमणि

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0