Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

(Untitled)

प्रभातफेरी अनलाइन २००२ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २३, मंगलबार (१३ साल अघि)
(Untitled)

संकटमा पुख्र्यौली पेशा

ज्ञानमणि कालोटोपी

बैशाख–जेठको चर्को घाम होस् वा पुस–माघ महिनाको कहाली लाग्दो र ठिहि¥याउने चिसो मौसम , जतिबेला पनि फलाम चुट्नमै व्यस्त रहन्थे उनी । कामले कहिल्यै पनि फुर्सद हुदैंनथ्यो । तर हिजोआज काम नभएर त्यतिकै समय खेर फालिरहेका छन् , उनले । उनी अर्थात् दिल बहादुर विक । काभे्र जिल्लाको मण्डनभेगका स्थायी वासिन्दा उनको पुख्र्यौली पेशा फलाम चुटेर विभिन्न खालका हतियार र घरायसी काममा प्रयोग हुने सामानहरु बनाउनु नै थियो । तर अहिले यो काम लगभग हराउने स्थितीमा पुगेपछि उनी मात्र होइन उनी जस्ता थुप्रै पेशाकर्मीहरु पलायन हुने स्थितीमा छन् , यतिबेला ।

फलाम चुटेर त्यसलाई विभिन्न आकारका सामानहरु बनाउनु सजिलो काम त होइन । त्यसमा पनि वर्ष भरि काम गरेर गाउँलेहरुले दिने आठ–दश पाथी अन्नले आफ्नो र परिवारको गुजारा चलाउने अवस्था पनि रहेन , यो महंगीमा । त्यसैले फलामको काम गर्ने (आरन) पेशा अहिले झण्डै लोप हुने अवस्थामा छ । कामको वैकल्पिक उपाय पनि नभएका यस पेशामा आवद्धहरु कोहि ज्यालादारी काम गर्ने मनस्थितीमा छन् त कोहि के गरौं भनेर दोधारमा छन् । विगत एक दशक अगाडि सम्म यसभेगका ज्याम्दी, चण्डेनीमण्डन, महादेवस्थान, पाँचखाल ,देउपुर, नथाँगाउँ, जैशिथोक लगायतका गाविसमा करिव १ सय भन्दा वढि यस पेशामा आवद्धहरु थिए । अहिले मुस्किलले वीस जना पनि छैनन् । यसबाट दैनिक गुजारा चलाउन सक्ने पनि आम्दानी नहुने भएपछि व्यवसाय नै चौपट हुने अवस्थामा पुगेको धेरैको भनाई छ ।

यस्तो फलामको काम गर्नेहरुलाई समाजले दलितको सुचीमा राखेको छ । उनीहरुले छोएको पानी पनि चल्दैन भनिन्छ । कारण व्यवहार गर्नेहरुलाई पनि थाहा छैन । तीनै दलित भनिनेहरुका परिश्रमले सृजित सामानहरु नभए गैरदलितहरुका भान्सामा खाना पाक्दैन । तैपनि उनीहरुलाई घृणित व्यवहार गर्नेहरुको संख्या अझै पनि समाजमा रहेकाले र उनीहरुको व्यवसाय प्रति संरक्षणको पहल गर्नेहरु नभएकाले दलितहरुको आरन पेशा संकटमा परेको स्थानियवासी यदु गौतमको भनाई छ । फलामको काम र पछिल्ला दिनहरुमा यसको मुल्य वढेकाले पनि केहिले यो पेशा छाडेको गौतमको बुझाई छ ।

यति मात्र होइन , व्यवसाय संचालन गर्न आवश्यक गोल बनाउनका लागि स्थानिय जंगलहरुमा जानु पर्ने अवस्था भएकोमा अहिले जंगल गएर गोल बनाउँदा बोटविरुवा मासिएको भन्दै स्थानियहरुले वनजंगल संरक्षण अभियान चलाउने क्रम वढेकाले पनि आफ्नो पेशा असुरक्षित भएको यसमा संलग्न व्यवसायीहरुको भनाई छ । जंगल संरक्षण गर्ने काम राम्रो भएपनि आफूहरुको कामको विकल्प खोज्न स्थानियवासिहरुले पहल गर्नु पर्ने उनीहरुले बताईरहेका छन् । पुख्र्यौली पेशा भएकाले काम छोड्न पनि नसकिएको र गर्दा पनि परिवार चलाउन नसकिने अवस्था आएकोले अव के गर्ने भन्ने अन्योलका वीच केहिले यो पेशालाई निरन्तरता दिईरहेका छन् । तर यो निरन्तरता कहिले सम्म हो स्वयं उनीहरुलाई नै थाह छैन ।

गाउँमा धेरैजसोका कृषि सामानहरु कुटो, कोदालो, कोदाली , हँसिया , फाली, बञ्चरो , खुकुरी, हथौडा र भाँडावर्तन लगायतका सामानहरु यीनै दलित भनिनेहरुले बनाउँदै आएका छन् । यस बापत वर्ष दिनमा काम लगाउनेहरुले नगन्य मात्रामा अन्नहरु दिन्छन् । केहि चार्डपर्वमा पाउने भाग भन्दा अरु थप उनीहरुको आम्दानी छैन । यस्तो प्रथालाई बालीघरे प्रथा भनिन्छ । यो प्रथाबाट परम्परा देखि नै शोसित र पीडित बनेका पेशाकर्मिहरु अहिले यसको स्वरुप बदल्न पाए हुन्थ्यो भन्छन् तर पहल गरिदिने कोहि पनि नहुँदा निराश भएका छन् ।

पेशाले धान्न नसकिने निश्चित भएपछि केहि युवाहरु ऋण खोजेरै भएपनि मलेसिया, कतार लगायतका देशमा पुगेका छन् । कोहि राजधानी लगायतका देशका अन्य शहरका ईंटाभट्टामा काम गर्दै आईरहेका छन् । ‘ यो उनीहरुको बाध्यता हो । यस तर्फ कसैले वास्ता नगर्ने हो भने यस्ता काम गर्नेहरु एक दिन पलायन हुनेछन् ।’ स्थानिय शिक्षक सुर्दशन नेपाल भन्छन्–“ समय बदलिईसक्यो, परम्परागत सोचाईलाई पनि बदल्न सक्नुपर्छ । काम अनुशारको दाम पनि उनीहरुले पाउनु पर्ने अवस्था मिलाउनका लागि अव आउने संविधानमा राज्यले उनीहरु र उनीहरुका कामलाई पनि संरक्षणको सुचिमा राख्नु आवश्यक छ । अब पनि काम गर्नेहरु भोकै पर्ने दिनको अन्त्य नगर्ने हो भने नयाँ नेपालको निर्माण हुनै सक्दैन ।” सरकारले छुवाछुत जस्तो अमानवीय व्यवहारलाई हटाउने भने पनि यो गाउँ ठाउँमा अहिले पनि विद्यमान रहेकाले पनि दलितहरुलाई काम गर्न असजिलो भएकाले यसलाई पूर्णरुपमा कार्यान्यन गर्न आवश्यक रहेको उनको भनाई छ । यसो गरेमा मात्र आरन पेशा जस्तो परम्परागत मान्यता राख्दै आएका अन्य पेशामा आवद्धहरुको पनि पेशागत हकहित सुनिश्चित हुने शिक्षक नेपालको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0