Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

(Untitled)

प्रभातफेरी अनलाइन ८७६ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २३, मंगलबार (१० साल अघि)
Post Thumbnail

चण्डेनीका माझीहरुले नागरिकता पाउने
बनेपा÷काभ्रे जिल्लाको चण्डेनीस्थित आँपचौरमा फागुनको दोस्रो साता नागरिकता वितरण गरिने भएको छ ।
लिग नेपाल शान्ति एकता पार्टीका जिल्ला अध्यक्ष रामकुमार खातीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएपछि आँपचौरका करीब ३ सय माझीहरुलाई नागरिकता प्रदान गर्न लागिएको हो । नागरिकता नभएका कारण यहाँका कयन बृद्धबृद्धाहरु  समेत सरकारले दिने सेवाबाट बञ्चित थिए ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले सोही ठाउँमा टोली खटाई फागुनको दोस्रो हप्ता नागरिकताको शिविर संचालन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको र उनीहरुलाई नागरिकता वितरण गरिने अध्यक्ष खातीले जानकारी दिए ।
काउनमा पुनः हरिशरण
बनेपा ÷नेपाली कांग्रेस निकट नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (कायन) को दोस्रो जिल्ला अधिवेशनले पुनः हरिशरण धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा केशव रेग्मी, महिला उपाध्यक्षमा जुनु नेपाल, सचिवमा विनोद न्यौपाने, सहसचिवमा हरिबहादुर श्रेष्ठ, कोषाध्यक्षमा शंकर पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा कुलबहादुर तामाङ, उमेश लामा, सुदर्शन रेग्मी, सुन्दर नेपाल, प्रकाश मैनाली, नारायण न्यौपाने र कमला पराजुली चयन भएका छन् । केन्द्रिय प्रतिनिधीमा पुरुषोतम पराजुली, संग्रामजित लामा, केशव खरेल र महेन्द्र श्रेष्ठ रहेका छन् ।
मंगलबार बनेपाको हिमालय उच्च माविको प्राङ्गणमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रका केन्द्रीय सदस्य विनोद कार्की, कायनका केन्द्रीय उपाध्यक्ष योगेन्द्र विजय दाहाल, उपमहासचिव प्रदीप आचार्य, नेपाल ट्रेड युनियनका कांग्रेस स्वतन्त्रका जिल्ला अध्यक्ष प्रेमराज शर्मा, काउनका जिल्ला अध्यक्ष हरिशरण धिताल लगायतले ट्रेड युनियन अधिकारबारे चर्चा गरेका थिए ।

प्रभात बचत सामाजिक कार्यमा
चण्डेनीमण्डन÷ बचत तथा ऋण सहकारी संस्था भन्ने वित्तिकै बचत संकलन गर्ने र ऋण लगानी गर्ने भन्ने बुझिन्छ ।  बनेपामा रहेको एक सहकारीले भने एक  फरक खालको सामाजिक काम गरेको छ ।
४ वर्ष अगाडी बनेपामा १३ जना युवाहरुको सक्रियतामा स्थापना भएको प्रभात बचत तथा ऋण सहकारी संस्था लि.ले चण्डेनी मण्डन स्थित विन्धवासिनी माविका २ सय जना माझी तथा जनजाति बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामग्रीहरु वितरण गरेको हो ।
सहकारी मार्फत केही सामाजिक काम समेत गर्नुपर्छ भने यो सहयोग गएिको संस्थाका अध्यक्ष सागरनाथ कपालीले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नवराज बजगाईं, विद्यालय अभिभावक संघका अध्यक्ष केशवप्रसाद नेपाल, शिक्षक संगठनका जिल्ला सदस्य प्रदिपकुमार नेपाल, समाजसेवी केदारप्रसाद नेपाल लगायतले सहकारी र सामाजिक क्षेत्रबारे चर्चा गरेका थिए ।
संस्थाले प्रत्येक स्थापना दिवस गरिब बालबालिका अल्पसंख्यक, जनजाति, पिछडिएका बालबालिका, सडक बालबालिका लगायतलाई स्टेशनरी तथा खानाहरुको व्यवस्था गर्दै आएको छ ।

दुई वर्ष माथिका सबैलाई हात्तीपाइले रोग बिरुद्धको औषधी
धुलिखेल÷ जिल्ला स्वास्थ्य कार्यलय काभ्रेल शनिवार २ वर्ष माथिका बालवालिकालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाएको छ ।
कार्यालयका अनुसार, काभ्रे जिल्लामा यस वर्ष ३ लाख ४० हजार ८५ जनालाई औषधी खुवाउने लक्ष्य छ । शनिबार छुटेकालाई आइतबार, सोमबार र मंगलबार घरघरमा गएर खुवाउने र एकिन तथ्याङक अर्को हप्तामा मात्रै आउने प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले हात्तीपाइले रोग बिरुद्धको औषधी खानबाट कोही पनि नछुटुन् भन्ने उद्देश्यले जिल्लाभर २ हजार ६ सय स्वास्थ्यकर्मी स्वयम्सेवक खटाइएको छ । औषधी सेवनका कारण साधारण रिंगटा लाग्ने वाकवाकी लाग्ने जस्ता सामान्य लक्षण देखिने भएकाले नआत्तिन सबैलाई स्वास्थ्य कार्यालयले अनुरोध समेत गरेको छ ।

कर्मचारी संगठनमा शान्तिरामको नेतृत्व
धुलिखेल÷नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन काभ्रेले शान्तिराम पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा सुवर्णदास श्रेष्ठ, महिला उपाध्यक्षमा विन्दाकुमारी खड्का, सचिवमा देवबहादुर बस्नेत, सहसचिवमा वासुदेव बस्ती, कोषाध्यक्षमा शिवहरी दुलाल छन् । सदस्यहरुमा धनबहादुुर सुनार, पुना भट्टराई, रिना पहरी, चेतनाथ हुमागाईं, सुदर्शनप्रसाद पौडेल, बलराम पौडेल, अर्जुनप्रसाद बजगाईं, लक्ष्मीराम बराल, उद्धवप्रसाद हुमागाईं, बैद्यनाथ महतो, महेश्वरकाजी श्रेष्ठ, शुभला बस्नेत र लोकबहादुर कुँवर छन् ।
अधिवेशनले केन्द्रीय प्रतिनीधिमा गोविन्दराज शिवाकोटी, चन्द्रप्रसाद हुमागार्इं,  सुरथ शर्मा र विजयलक्ष्मी सुवेदी निर्वाचित भएका छन् । उद्घाटन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशवप्रसाद देवकोटा, महासचिव मोहनकुमार घिमिरे, निवर्तमान महासचिव पुण्य ढकाल, प्रजिअ ऋषिराम ढकाल, निवर्तमान जिल्ला अध्यक्ष गोविन्द शिवाकोटी लगायतले कर्मचारी, ट्रेड युनियन अधिकार र राजनीतिबारे चर्चा गरेका थिए ।

सरकारी कार्यालयले मनाएनन् शहिद दिवस
धुलिखेल ÷ शहिदको योगदान र वलिदानको सम्मान स्वरुप प्रत्येक बर्ष माघ १६ गते मनाइने शहिद दिवसको दिन काभ्रेमा  सरकारी तवरबाट कुनै औपचारिक कार्यक्रम भएन । प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल  लगायत सुरक्षा अंगका प्रमुख एकिकृत नेकपा माओवादीको सम्मेलनको सुरक्षा व्यवस्थामा व्यस्त भएका कारण कुनै कार्यक्रम हुन नपाएको हो ।
यसअघिका बर्षमा सरकारी कार्यलयहरुको सहभागितामा ¥याली सहित औपचारिक कार्यक्रम हुने गरेको थियो । सम्मेलनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं उपाध्यक्ष डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी भएका कारण सम्पर्ण सरकारी संयन्त्र यसैमा व्यवस्त थियो । प्रमुख जिल्ला अधिकारी ढकालले व्यवस्ताको कारण कुनै अनौपचारिक कार्यक्रम गर्न नसकिएको स्विकारे । शहिद दिवसको दिन कार्यक्रम गर्नैपर्छ भन्ने परिपत्र समेत नभएको र फुर्सद नभएको कारण कार्यक्रम नगरिएको उनले बताए । “प्रधानमन्त्रीकै कार्यक्रममा व्यस्त भइयो, गर्न पाएको भए त हुन्थ्यो तर गरिएन ” उनले भने ।
राजनैतिक दलहरुले पनि औपचाकि कुनै कार्यक्रम गरेनन् । एनेकपा माओवादीले सोही दिन सम्मेलन गर्यो भने नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले धुलिखेलमा भएको विरोध ¥याली पछिको सभालाई नै शहिद दिवसको अवसरमा आयोजित कार्यक्रम भएको बताए  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

    लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0