Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकारहरुले न्याय पाउनुहुन्छ–खरेल

प्रभातफेरी अनलाइन १२५३ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २९, सोमबार (१३ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ जिल्ला विकास समितिको हल जिल्लाका कृयाशिल सञ्चारकर्मी, केही व्यवसायी र नागरिक समाजका प्रतिनिधीको उपस्थितीले भरीभराउ थियो । सबैले आफ्ना कुरा राखिसकेका थिए । एसएसपी रमेश खरेलले पनि आफ्नो भनाई राखिसकेका थिए । त्यतिकैमा, हालै पत्रकार माथि वाइसिएल कार्यकर्ताले आक्रमण गरेको प्रसंग सुनाउँदै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेलले देशैभर चर्चा कमाएका रमेश खरेल काभ्रे आएकोमा पत्रकारले न्याय पाउने आशा व्यक्त गरे । “देशभर नमुना काम गर्नुभएको छ, काभ्रेमा पत्रकार कुट्नेलाई कार्वाही गरेर नमुना काम देखाउनुस् । ” अध्यक्ष पौडेलले आग्रह गरे । काभ्रे प्रहरी प्रमुख गिता उप्रेतीलाई देखाउँदै उनले भने, “पत्रकारहरुले न्याय पाउनुहुन्छ, गिता म्यामले अनुसन्धान थालिसक्नुभएको छ । ” हालै वाग्मती अञ्चल प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी ) रमेश खरेलले काभ्रे बाट नै दण्डहिनता अन्त्यय गर्ने अभियान शुरु गर्ने उद्घोष गरे । “काभ्रेबाट यो अभियानको शुरुवात हुन्छ, यसमा लाग्नुस्, ” बाँकी ३ पेज मा पत्रकारहरुले … काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक गिता उप्रेतीलाई निर्देशन दिँदै उनले भने, “दण्डहिनता अन्त्यय गर्नको लागि सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्छ, यसको थालनी गिता म्यामले गर्नुस् । ” उनले जनताको विश्वास जितेर काम गर्न पनि मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिए । “कोही रिसाउला, कोही खुशी होला भनेर हिसावकिताव नगर्नुस्, राज्यको तलव र रासन पच्ने गरेर काम गर्नुस् । ” निर्देशन दिँदै उनले भने । जुनसुकै काम गर्नको लागि पनि आशावादी भएर अगाडी बढ्नुपर्ने बताउँदै उनले पहिला आफु ठिक हुनुपर्ने तर्क गरे । “प्रहरी आफैँमा ठिक हुनुपर्छ, अनि मात्रै जनताले हामीलाई विश्वास गर्छन् । ” प्रहरीलाई उसको गुण र दोषको आधारमा शंका र विश्वास गर्न उनले अनुरोध पनि गरे । दुई राजमार्ग जोडिएको जिल्ला काभ्रेमा तस्करी नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने उनले बताए । “यहाँ कुनै तस्करी हुने छैन, अव कोही अपराधी तस्करी, गुण्डालाई वाँकी राख्दैनौँ । ” आफ्नो योजना सुनाउँदै उनले भने । आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँदै एसएसपी खरेलले तस्करी र अपराध नियन्त्रण्मा लाग्न जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिए । तसकरी तथा अपराध नियन्त्रणको लागि व्यवसायी, राजनीतिक दल , पत्रकार र नागरीक समाजको सल्लाह र समन्वयको खाँचो समेत उनले औँल्याए । काभ्रे आफ्नो जन्मभुमि समेत भएको सुनाउँदै उनले काभ्रेमा केही नमुना गरेर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे । “म जन्मेको पनि यही भयो, २३ बर्ष जागिर खाएँ, अव ७ बर्षपछि म यही आएर बस्नुपर्छ, यही अवधीमा यहाँ राम्रो काम गरेर देखाएर यहाँ बस्ने वातावरण बनाउँछु । ” उनले भने । नेपाल महिला संघकी केन्द्रिय सदस्य समेत रहेकी अधिवक्ता जीवना वादे श्रेष्ठले खरेलको आगमनले जिल्लामा केही सुधार हुने आशा व्यक्त गरिन् । “धेरैले चर्चा त सुनियो, रमेश खरेल कस्तो रहेछ हेरौँला भनेका छन् ” उनले भनिन्, “आफ्नो प्रतिवद्धतालाई व्यवहारमा पनि उतारेर देखाउनुहोला । ” राजनैतिक संकटलाई निकास दिन कानुनी शासन नै आवश्यक रहेको बताउदै काभ्रेबाट नै दण्डहिनताको अन्त्यय गर्ने उद्घोषको प्रशंसा समेत गरिन् । सबैसँग प्रहरीको व्यवसायिक सम्वन्ध मात्रै रहेन सुनाउँदै उनले अन्त्ययमा भने, “धेरै गर्न त सक्दिन, आउनुस्, कालो चिया खाँऔ, जिल्लालाई अपराधमुक्त गर्न सहकार्य गरौँ । ” वाग्मती अञ्चल प्रहरी प्रमुख भएर हालै सरुवा भएर आएका खरेल क्षेत्रभित्रका जिल्लाका सरोकारवालाहरुसँग छलफल गरेर रणनीति बनाउने योजनामा छन् । उनले सोमबार सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादि
ङ पुगेर त्यहाँका सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0