विद्यालय र मन्दिर बनाउन महायज्ञ
चण्डेनी ÷ विद्यालयको भवन निर्माण र पुरानो मन्दिरको जिर्णोद्धारको लागि चण्डेनीमण्डनमा महायज्ञ गर्न लागिएको छ । चण्डेनीस्थित उमा सहशिक्षालय उच्च माविको भवन पुरा गर्न र उमादेवी मन्दिर जिर्णोद्धार गर्नको लागि रकम जुटाउन महायज्ञ गर्न लागिएको हो ।
२००४ सालमा स्थापना भएको विद्यालयमा नयाँ बन्न लागेको भवनको लागि रकम अभाव भएपछि महायज्ञ गर्न लागिएको विद्यालयका प्रधानाध्यपक अच्युतप्रसाद नेपालले जानकारी दिए । ४४ लाख लागत स्टमेट गरिएको ४ कोठे पक्की एकतले विद्यालय भवनको लागि शिक्षा विभाग मार्फत १९ लाख ५० हजार मात्रै छुट्याइएको छ । वाँकी रकम अभावकै कारण भवन अधुरो रहेको छ । “आर्थिक संकलनकै लागि महायज्ञ गर्न लागेका हौँ । ” प्रधानाध्यक नेपालले भने ।
महायज्ञबाट उठेको पैसाबाट विद्यालय प्रागंणमा नै रहेको उमादेवी मन्दिर पनि जिर्णोद्धार गरिनेछ । धार्मिक किंवदन्ती अनुसार, सो स्थानमा स्वस्थानीमा सतिदेवीको मुटु पतन हुँदा उमादेवी प्रकट भएको त्यहाँ कश्यपेश्वर महादेव प्रकट भएको थियो । ००४ सालमा भाषा पाठशालाको रुपमा स्थापना भएको विद्यालयमा महिला तथा पुरुषलाई समान रुपमा शिक्षा प्रदान गर्ने गरिन्थ्यो । सोही कारण विद्यालयको नाममा सह समेत राखिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक रामजी सापकोटाका अनुसार, महायज्ञबाट ५० लाख उठ्ने अपेक्षा गरिएको छ । “ठूलो अपेक्षा गरेका छौ, सबै क्षेत्रका मानिसहरुले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा समेत गरेका छौँ । ” उनले भने ।
फाल्गुन ६ देखि १४ गतेसम्म चल्ने महायज्ञमा पण्डित मुकुन्द नेपाल र नवराज पराजुलीले प्रवचन दिनेछन् । महायज्ञमा सहयोग गर्नेलाई आयोजकले विभिन्न सम्मानको कार्यक्रम समेत राखेका छन् ।
अधिकारीलाई मातृशोक
पनौती÷नेपाल निजामती कर्मचारी यूनियन काभे्रका अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई मातृशोक परेको छ । अध्यक्ष अधिकारीकी माता कान्छि अधिकारीको ८९ वर्षको उमेरमा माघ २२ गते निधन भएको हो । स्व. अकिकारीका २ छोरा र ४ छोरी छन् ।
९ दिन देखि विद्यालयमा ताला
महादेवस्थान ÷ महादेवस्थानमा रहेको डेडीथुम्का उच्च माविमा ९ दिन देखि ताला लागेको छ । योग्य भन्दा नाताले नजिकको शिक्षकलाई नियुक्ति गरिएको विरोधमा नेपाल विद्यार्थी संघकोले विद्यालयको उच्च मावि कार्यलयमा ताला लगाएको हो ।
यद्यपी, प्रवेशिका योग्यता परिक्षा (टेष्ट) चलिरहेको कारण पढाईमा असर भने परेको छैन । परिक्षा शाखाबाट नै टेष्ट परिक्षा सञ्चालन गरिएको छ । तालावन्दीको कारण विद्यालयका शिक्षकले हाजिर गर्न पाएका छैनन् । विद्यालयमा नियमित कक्षा सञ्चालनमा आएपछि भने समस्या पर्नेछ ।
उच्च माविको कम्प्युटर विषयको शिक्षक नियुक्तिमा धाँधली भएको भन्दै नेविसंघले ताला लगाएको हो । विद्यालयले कम योग्यताको शिक्षकलाई नाताको आधारमा छनोट भएपछि योग्य शिक्षकको माग गर्दै विद्यार्थीले प्रशासनलाई ध्यानाकर्षण गराएका थिए । पटक पटक भएका वार्ता प्रयास भएपनि सफल भएका छैनन् ।
विद्यालयले दुई आवेदक मध्ये कम योग्यताका रामहरी दाहाललाई छनोट गरेको थियो । दाहालले मानविकीमा अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् । उनले थेसिस सकेका छैनन् । बाँकी पेज ३ मा
९ दिन देखि …
कम्प्युटर विषयमा उनले डिप्लोमा ट्रेनिङ लिएका छन् । अर्की उम्मेद्धवार निता आचार्य पौडेललले भने व्याचलर इन कम्पयुटर एप्लिकेशन (विसिए) गरेकी छिन् । कम्प्युटर विषयमा नै स्नातक पौडेललाई अयोग्य ठहराउँदै विद्यालयले नाताका आधारमा दाहाललाई नियुक्त गरेको हो । कम्प्युटर विषयमा स्नाकोत्तर योग्यता आवश्यक भएपनि सो योग्यता बरावरको कोहीको निवेदन नपरेकाले योग्यताका आधारमा पौडेल दाहाल भन्दा योग्य देखिएकी छिन् ।
विद्यालयले भने सम्पुर्ण प्रकृया पुरा गरेर शिक्षक छनोट गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक कल्याण सिंह धामी सम्पुर्ण प्रकृया पुरा गरेर नियुक्त गरेको बताउँन् । “सम्पुर्ण प्रकृया पुरा गरेर गरेका हौँ, उच्च माविले पनि उल्लेखित योग्यतालाई गर्न सकिने बताएको थियो । ” उनले भने । छनोट गरिएको शिक्षकलाई विद्यार्थीले समेत रुचाएको उनले दावी गरे ।
विद्यार्थीले भने नाताको आधारमा नियुक्त गरेको आरोप लगाएका छन् । शिक्षक छनोटका लागि विद्यालय व्यवस्थापन समितिले विव्यस सदस्य गोविन्दप्रसाद नेपाललाई जिम्मा दिएको थियो । उनले छिमेकी रंगनाथ नेपालका भाञ्जालाई विषय विशेषज्ञको रुपमा ल्याएर आफ्नै भाञ्जा दाहाललाई छनोट गरेका थिए ।
समक्ष भन्दा नजिकोलाई छनोट गरिएको भन्दै नेविसंघले प्रशासनको ध्यानाकर्षण गराउँदै तालावन्दी गरेको हो । प्रशासन भने यो स्विकार्न तयार छैन ।
“नाताका आधारमा गरेका हैनौँ, प्रधानाध्यापक धामीले भने , “सम्पर्ककै आधारमा विशेषज्ञ खोजेका हौँ, यसमा कुनै धाँधली भएको छैन । ”
शनिवार पनि वार्ता प्रयास भएपनि सफल हुन सकेन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रप्रसाद सापकोटा श्रीमती विरामी भएर आउन नसकेपछि अन्यसँग वार्ता बस्न नेविसंघले अस्विकार गरेको थियो । प्रशासनले पनि विद्यालय भन्दा वाहिरमा मान्छे समेत बार्तामा बस्ने गरेको भन्दै विद्यार्थीसँग मात्रै वार्ता गर्ने जनाएको छ ।
योजना छनौटमा गुनासो
शिखर आम्बोटे ÷ स्थानीय स्तरबाट तय गरिएका योजनाहरु सम्बन्धित निकायबाट बाइपास हुदा उपभोक्तहरु मारमा परेको गुनासो सरोकार वालाहरुले गरेका छन् ।
उनीहरुले पहुँचका आधारमा योजना निर्माण र बजेट वितरण हुँदा स्थानीयस्तरमा गरिबी र बेरोजगारी मात्र बढेको छैन , नागरिकहरुको अधिकारको समेत हनन भएको बताए । “स्थानीयस्तरमा सम्पन्न हुने विकास निर्माणका योजनामा जनताको प्रत्यक्ष पहुँच र सहभागिता हुनुपर्छ । ” उनीहरुले भने ।
“२०१३ सालदेखि नेपालमा पञ्चवर्षिय योजना तर्जुमा गरि कार्यान्वयण भए पनि लामो समय जनसरोकारका कामहरु भएनन् । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जुन व्यवस्था आए पनि हाम्रा योजनाहरु बनेनन् ।”इलाका स्तरीय गोष्ठीमा उपस्थित साने तामाङ्गले भने ।
गत वर्ष देखि नै खहरेपाँगुमा सिँचाइका योजना बनाएका उनी संलग्न दल नेपाली कांग्रेस तथा अन्य दलको समेत समर्थनमा इलाका बैठकबाट पारित योजना अझै अलपत्र छ । लक्ष्मीनारायण उच्च मा.वि.का प्रधानाध्यपक हिरा लामाले विकासको लागि राजनिति नभई कुर्सीको लागि बाँकी पेज ३ मा
योजना छनौटमा …
राजनिती चिन्ता व्यक्त गरे ।
जिल्ला विकास समिति काभ्रेले आर्थिकवर्ष २०७०÷०७१का लागि पन्ध्र वटा इलाकामा गत २३ गतेदेखि २९ गते सम्म गोष्ठी गरिरहेको छ ।गोष्ठीमा जिल्ला विकास समिति र सम्बद्ध निकाय र केहि कार्यालय बाहेकको उपस्थिति शुन्य देखिएकोे छ । स्वयम जिविसका कर्मचारी यो गोष्ठी औपचारिकतामा सिमित भएको स्वीकार गर्छन् । लामो समय देखि जिल्ला विकास समितिका अधिकृत ऋषिकान्त घिमिरे जिविसको कार्यक्षमता , स्रोत साधनले मात्रै सबै योजना पूरा हुन नसक्ने बताउँछन् ।
विकास निर्माणमा दलगत भागबण्डाका आधारमा बजेट विनियोजन हुने हुनाले समस्या भएको दल कै नेताहरु बताउँछन् । राप्रपाका टुल्कु लामाले ठूला राजनितिक दलका कारण अप्ठेरो परेको गुनासो गरे ।
बुधबार लक्ष्मीनारायण उच्च मा.वि.नारायणटारमा सम्पन्न ६ नं. इलाका गोष्ठीमा एकिकृत माओवादीका जनक लामा, नेपाली कांग्रेसका ईश्वरी ओझा, नेकपा एमालेका गणबहादुर लामा,एकिकृतका राम लामा, राप्रपा नेपालका कमल लामा लगायतले योजना तर्जुमा गर्दा जिविसले तय गरेका मापदण्ड अनुसार हुनुपर्ने बताएका थिए ।
त्यसैगरि मंगलबार करथरी मा.वि.मा सम्पन्न ८ नं. इलाका गोष्ठीमा नेकपा एकिकृत माओवादीका बाबुराम तामाङ्ग, नेपाली कांग्रेसका रमेश हुमागाई, नेकपा एमालेका केशव बडाल,नेकपा–माओवादीका कान्छा लामा, करथरि मा.वि.का प्र.अ. मनोहर लाल श्रेष्ठ, जि.वि.स.का अधिकृत सविना शर्मा , स्थानीय वयोबृद्ध चन्द्रमान लामा लगायतले योजना बारे चर्चा गरेका थिए ।
काभ्रेका पत्रकार आन्दोलित – दोषीलाई अझै कार्वाही भएन
बनेपा ÷ जिल्लामा कृयाशिल पत्रकारलाई वाइसिएल कार्यकर्ताले गरेको ज्यादती विरुद्ध नेपाल पत्रकार महासंघ काभ्रे शाखा आन्दोलित बनेको छ । पत्रकार कुटपिट गर्ने दोषीलाई कार्वाही गर्न माग गर्दैै प्रशासनलाई ३ दिनको अल्टिमेटम दिदाँ पनि दोषी पहिचान सम्म नभएको भन्दै महासंघले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
कार्यक्रम अन्तर्गत जिल्लाबाट निस्कने सम्पूर्ण पत्रिकामा १ हप्ताभर सम्पादकीयमा कालो पोत्ने र एफएम र टिभीमा समाचारको समयभन्दा अगाडी “पत्रकारका आक्रमणकारीलाई कार्वाही गर, पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर ” भन्ने नारा बजाउने निर्णय महासंघले गरेको छ । माघ २४ देखि २६ गतेसम्म जिल्लामा कृयाशिल सञ्चारकर्मीले कालोपट्टी बाँधेर काम गरेका थिए । २७ गते सम्पादक र प्रकाशकको भेला गरिएको छ । आन्दोलन अन्तर्गत नै माघ २९ गते सिठ्ठी जुलुस गर्ने निर्णय गरेको शाखा अध्यक्ष महेश पौडेलले जानकारी दिए ।
घटना लगत्तै ३ दिनको अल्टिमेम दिँदा पनि प्रशासनले दोषी पत्ता लगाएर कार्वाही नगरेकोले आन्दोलन गर्नुपरेको पत्रकार महासंघ काभ्रेले जनाएको छ ।
प्रहरी र प्रशासनकै अगाडी पत्रकार कुटिँदा पनि प्रशासनले छानविनमा ढिलाई गरेको र दोषीलाई कार्वाही नभएको भन्दै नेपाल पत्रकार महासंघ काभ्रे माघ १९ गते शाखाले जिल्ला प्रशासन कार्यलय काभ्रेलाई ३ दिने अल्टिमेटम दिएको थियो । उक्त अवधीमा समेत कुनै प्रगति नभएपछि महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
माघ १६ गते एकिकृत नेकपा माओवादी काभ्रेको दोस्रो जिल्ला सम्मेलनमा समाचार संकलनका लागि गएका पत्रकारलाई उसको भातृ संगठन वाइसिएलका कार्यकर्ताले छानी छानी कुटेर केहीलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । उनीहरुले केही सञ्चारमाध्यममा समेत तोडफोड गर्ने धम्की समेत दिएका छन् । धम्कीकै कारण जिल्लाका पत्रकार त्रासका विच काम गर्न बाध्य छन् ।
घाइते पत्रकारलाई सहयोग जारी
वाईसिएलको कुटपिटबाट गम्भीर घाईते भई धुलिखेल अस्पतालमा उपचाररत ग्रेस एफ एमका कृष्ण न्यौपानेको उपचारको लागि सहयोग पनि उठिरहेको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले उनको उपचारको लागि ५ हजार सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको खातामा रकम जम्मा गरिदिएको शाखा अध्यक्ष महेश पौडेलले जानकारी दिए । काभ्रे उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य राधाकृष्ण श्रेष्ठले पनि उनको उपचार सहयोगको लागि ५ हजार ५ सहयोग गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पनि घाइते पत्रकारहरुको उपचारको लागि ११ हजार ५ सय सहयोग गरेको छ । उनको अवस्था बुझ्न अस्पताल पुगेका अध्यक्ष सुवोधकुमार प्याकुरेलले शाखा अध्यक्ष महेश पौडेललाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

जिल्लाका कृयाशिल सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्याकुरेलले प्रजातन्त्रमा प्रेसमाथी नै हमला हुनु प्रजातन्त्रकै लागि खतरा भएको बताए । उनले दैलेखमा एमाओवादीले युद्धअपराध गरेको थियो भन्ने कुरा सर्वोच्च अदालतको आदेशले नै स्पष्ट भएको बताउँदै अध्यक्ष प्याकुरेलले थपे ‘आफूले गरेका अपराधलाई सत्य निरूपण तथा मेलमिलाप आयोग बनाएर त्यसमा आफ्ना मान्छे राखी ढाकछोप गरौंला भन्ने दिवा सपना पुरा नभएपछि एमाओवादी आत्तिएर पत्रकार आक्रमणतिर लागेको’ उल्लेख गरे ।
यसअघि न्यौपानेको उपचारको लागि नेपाल प्रेस युनियनको पहलमा गैर आवासीय नेपाली सघ (एनआरएन) मकाउका अध्यक्ष सुदर्शन थापामगरले युनियन मार्फत उपचारको लागि १० हजार एक रुपैया सहयोग गरेका थिए । फ्रिडम फोरमले पनि उनको उपचारको लागि ५ हजार १ रुपैँया सहयोग गरेकोछ ।
यता वाईसिएलको आक्रमणमा परी घाईते भएका काँग्रेस–एमालेका कार्यकर्ता सहित पत्रकारहरुको उपचारका लागि आर्थिक संकलन गर्न बिपक्षी दलले उपचार कोष खडा गरेका छन् । काँग्रेसका जिल्ला सभापति शिवप्रसाद हुँमागाई, एमालेका गोकुल बाँस्कोटा र नेकपा मालेका रण बहादुर बोहोराको संयुक्त दस्तखतमा किष्ट बैंक बनेपामा ‘संयुक्त जनआन्दोलन घाईते उपचार कोष’ को नाममा खाता सञ्चालन गरिएको छ ।
घाईते पत्रकारको उपचार खर्च व्यर्होछौ ः प्रशासन
बनेपा ÷ पत्रकार आक्रमणको दोषीलाई छानविन गरी कार्वाही, घाइते पत्रकारको उपचार खर्च प्रशासनले बोहर्नुपर्ने लगायत माग गर्दै आन्दोलित नेपाल पत्रकार महासंघ काभ्रे शाखाको माग पुरा गर्दै जिल्ला प्रशासन कार्यलयले उपचार खर्च उपलव्ध गराउने तयारी गरेको छ । वाईसिएलको आक्रमणमा परी घाईते भएका जिल्ला स्थित पत्रकारहरुको उपचार खर्च प्रशासनले उपलब्ध गराउने भएको हो । उपचारको क्रममा भएको खर्चको विल भपाई कार्यलयमा पेश गरेपछि प्रशासन कार्यलयले विलका आधारामा खर्च उपलव्ध गराउने प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले जानकारी दिए । समाचार संकलनमा पुगेका पत्रकार माथि वाईसिएलले गरेको आक्रमणमा ६ पत्रकार घाईते भएका थिए । आक्रमण गर्दा वाईसिएल कार्यकर्ताले उनीहरुको मोवाइल, रेकर्डर, डायरी लगायतका संञ्चार सामाग्री समेत लुटिएको थियो ।
जिल्ला प्रशासन कार्यलय काभ्रे र प्रहरीले पनि अनुसन्धान जारी रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि डिएसपी कृष्णजी अधिकारीलाई घटनाको छानविन सहित अनुसन्धान गर्न जिम्मेवारी दिएको छ । अनुसन्धान प्रकृया अन्तगर्त नै घाइतेको घाउ जाँच गरी मुद्धा दायर भएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |