Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रचार–प्रसारको अभावले ओझेलमा पर्यटकीय सम्भावना बोकेको कोटथुम्का

प्रभातफेरी अनलाइन ३२३१ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१३ साल अघि)
प्रचार–प्रसारको अभावले ओझेलमा पर्यटकीय सम्भावना बोकेको कोटथुम्का

ज्ञानमणि कालोटोपी÷चण्डेनीमण्डन
जिल्लाको उत्तरी भेग चण्डेनीमण्डनमा रहेको ऐतिहासिक गन्तव्य कोटथुम्को अहिले ओझेलमा परेको छ । प्रचार–प्रसार तथा यातायात लगायत अन्य कारणले वर्षाैं देखि ऐतिहासिक महत्व बोकेर पनि यो ठाउँ अहिले सम्म ओझेलमा रहेको हो ।
जिल्ला सदरमुकाम धुलिखेलबाट २५ किलोमिटरको दुरीमा  रहेको कोटथुम्का विशेष गरि पर्यटकहरुको मुख्य गन्तव्य स्थान हो । यहाँँबाट सर्वोच्च शिखर सगरमाथा लगायत गणेश, जुगल, गौरीशंकर, लाङ्गटाङ्ग तथा अन्य हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । थुम्का वरिपरि ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरी लगायतका महत्वपूर्ण गन्तव्यहरु छन् । काभे्र र सिन्धुको सिमाना भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त त्यहाँ पुग्ने जो कसैको मन पनि लोभ्याउने गर्छ । नजिकै रहेका जंगलहरुमा फागुन–चैत महिनामा ढकमक्क हुने गरि लालीगुराँस फुल्ने गर्छ । यो यस ठाउँको मुख्य सौन्दर्य र आकर्षण  पनि हो ।  वि.सं. १९९० सालको भुकम्प जानु भन्दा पहिले यहाँ बाट राजधानीमा रहेको १८ तले धरहराको पनि अवलोकन गर्न सकिने भएकाले त्यतिखेर यसकै लागि दैनिक सयौं मानिसहरु यहाँ पुग्थे ।
मण्डनभेगमा रहेको चार वटा गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, जैशिथोक तथा ज्याम्दीको मुख्य गन्तव्य कोटथुम्काको महत्व उजागर गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लैजान सकिने कुरा स्थानिय उमासह शिक्षालय उच्च माविका प्रधानाध्यापक अच्युतप्रसाद नेपाल बताउँछन् । प्रचारप्रसार मात्र नभई भौगोलिक विकटताका कारण पनि यो क्षेत्र पछि परेको उनको बुझाई छ । अहिले सडक यातायात पुगेको भएपनि बाटो कच्ची र साँघुरो समेत भएकाले यहाँ जान केही कठिन छ । “यसलाई व्यवस्थित गर्न सके पनि कोटथुम्कालाई जिल्ला र राष्ट्रियस्तरमा चिनाउन सकिन्छ । ”प्रअ नेपालले भने ।
धार्मिक दृष्ट्रिकोणबाट पनि महत्व रहेको कोटथुम्कामा अवस्थित उमादेवीको मन्दिर र केहि तल रहेको कश्यपेश्वर महादेवको मन्दिरको आफ्नै किंवदन्ति पनि छ । सत्य युगमा महादेवले आफ्नी पत्नी सतिदेवीको मृत्यु पछि उनको शव बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस ठाउँमा पुगेपछि सतिदेवीको मुटु पतन भएको र यहाँ उमादेवी र कश्यपेश्वर महादेवको उत्पति भएको कुरा स्वस्थानीमा वर्णन गरिएको छ । यहाँको मन्दिरमा वलि चढाईएको पशुहरुको रगत ६० मिटर तल रहेको जंगलमा भएको अर्को मन्दिरमा पुग्ने जनश्रुती पनि रहेको छ । यस कारण पनि यसको प्रचार गर्नु आवश्यक रहेको स्थानिय अर्का शिक्षक शालिकराम श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्– “ अहिले सरकारले पर्यटन लक्षित कार्यक्रमहरु ल्याएर यी ठाउँहरुबाट पनि फाइदा उठाउन जरुरी छ । ” आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ प्रवेश गराउन स्थानीय स्तरबाट मात्र सम्भव नभएकाले जिल्ला र राष्ट्रिय स्तर बाटै पहल गर्न आवश्यक रहेको उनको भनाई छ ।     विगत केहि वर्ष देखि आन्तरिक पर्यटकको रुपमा केही पिकनिक मनाउन  आउने गरेका छन् ।
केही जोडीहरु पनि एकान्त ठाउँको खोजीमा घुम्न यहाँ आउने गरेका छन् । खानेपानी र वसोवासको पनि यहाँ राम्रो सुविधा छ । प्राकृतिक रुपले भरिपुर्ण हुँदाहुँदै पनि  पहल कम हुँदा यहाँ पर्यटक भित्राउन नसकिएको स्थानीय राम बहादुर तामाङ्ग बताउँछन् । स्थानीयहरु स्थानीयको पहलमा सरकारले आगामी दिनमा पर्यटन केन्द्रित कार्यक्रम ल्याएर पर्यटकहरुलाई यहाँ ल्याउन सके पर्यटनबाट नै यो क्षेत्रको विकास गर्न सकिने तर्क गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0