Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अब पार्कमा नै सरकारको सुचना प्रविधि विभाग

प्रभातफेरी अनलाइन १३८३ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१० साल अघि)
अब पार्कमा नै सरकारको सुचना प्रविधि विभाग

नगेन्द्र अधिकारी ÷ बनेपा राज्यको करोडौँ लगानीमा बनेको सुचना प्रविधि (आईटी ) पार्क अझै सञ्चालनमा आउन सकेको छैन । सरकारी तथा नीजि क्षेत्रको सञ्चालन विवादका कारण हुँदा यो पार्क सञ्चालनमा आउन सकेको छैन । पछिल्लो समय यसलाई नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने चर्चा पनि हुने गरेको छ । नीजी क्षेत्र काम गर्न इच्छुक रहेको र यसको जिम्मेवारी आफुलाई दिए सञ्चालन गरेर देखाउने बताउँछ । सरकारी निकाय भने नीजि क्षेत्र यसप्रति आकर्षित हुन नसकेको बताउँदै आएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का महासचिव अमृतकुमार पन्त नीजि क्षेत्रले पटक पटक माग गरेपनि सरकारी निकायले चासो नदिएका कारण सञ्चालन आउन नसकेको बताउँछन् । “हामीले पटक पटक भनेका छौँ, तर राज्यको नेतृत्व तहमा बस्नेको स्पष्ट नीति नहुँदा र राजनैतिक फाइदा मात्रै हेरिएकाले आइटी पार्क सञ्चालनमा आउन नसकेको हो । ” उनले भने । यसका लागि क्यानले नीजि क्षेत्रलाई २५ बर्षसम्म लिजमा दिनुपर्ने, विद्युत आपुर्तिको लागि छुट्टै डेडिकेटेड फिडरको व्यवस्था हुनुपर्ने, पार्कमा प्रयोगको लागि ल्याइने सामानमा भन्सार छुट हुनुपर्ने र यहाँ रहने कम्पनीको लागि कर्पोरेट ट्याक्स (कर) लगाउनुपर्ने माग गरेको छ । यता सरकारी निकाय भने नीजि क्षेत्रले माग मात्रै तेर्साएकाले काम हुन नसकेको बताउँछन् । “उहाँहरु बस्छौँ मात्र भन्नुहुन्छ, सरकारी सम्पति हो, केही उपलव्धी भएन भने उहाँहरुलाई दिएर मात्रै भएन । ” विज्ञान तथा प्रविधी मन्त्रालयका सचिव केशव भट्टराईले भने । उनी छिट्टै यसलाई सञ्चालन गर्न गृहकार्य भइरहेको बताउँछन् । “मन्त्रालय अन्तर्गतको सुचना तथा प्रविधी विभाग त्यही राख्छौ, त्यसले नै नीजि क्षेत्रलाई दिने विषयमा प्रकृया अगाडी बढाउँछ । ” उनले भने । क्यान काभ्रेका अध्यक्ष कैलाश पलाञ्चोके पनि नीजी क्षेत्रलाई दिएर पार्क सञ्चालनमा ल्याउनुपर्ने धारणा राख्छन् । काभ्रे उद्योग वाणिज्य संघका सचिव समेत रहेका पलाञ्चोके यही हालतमा पार्क राख्न नहुने तर्क गर्छन् । “सोचको स्केलमा त नचल्ला तर नीजि क्षेत्रलाई दिने हो भने विस्तारै काभ्रेको गौरवको रुपमा रहेको आइटी पार्क सञ्चालन गरेर देखाउने छौँ । ” यसको लागि सरकारी निकायको सहयोग र साथ चाहिने उनको तर्क थियो । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्य पनि यसलाई सञ्चालन गर्न सकिए सबै क्षेत्रले फाइदा लिन सक्ने बताउँछन् । “स्थानीय व्यवसायीहरुले प्राथमिकता पाउनुपर्यो, यो आइटीपार्क सञ्चालन हुन सक्यो भने सबैलाई राम्रो हुन्छ । ” उनले भने । अर्को तर्फ सुचना तथा प्रविधिको काम गर्न बनाइएका यी संरचना शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरेर खुल्ला विश्वविद्यालयको लागि प्रयोग गर्ने चर्चा पनि सुनिन थालेको छ । मन्त्रालयका सचिव भट्टराई निश्चित समय प्रयोग गर्नेबारे छलफल भएको भएपनि निर्णय नभएको बताउँछन् । “केही समयको लागि केही भौतिक संरचना प्रयोग गर्नको लागि माग गर्नुभएको हो, उनले भने, “प्रयोग गर्न दिने की भन्ने सम्मको कुरा भएको छ, निर्णय भएको छैन । ” भौतिक पक्षको कुरा गर्ने हो भने पनि यो २ सय ५७ रोपनी क्षेत्रफलमा फैलिएको छ । ३० करोडको लगानीमा पहिलो चरणको पुर्वाधार निर्माण सम्पन्न भइसेकका छन् , तर सुचना तथा प्रविधी सम्वन्धी काम हुनुपर्ने यो पार्कमा आजकाल विभिन्न मेला, महोत्सव, पार्टीको कार्यक्रम हुने गरेको छ । धेरैको डेटिङ स्थल पनि यो बन्ने गरेको छ । त्यसैले यसलाई आज धेरैले “लभपार्क” पनि भन्ने गरेका छन् । पछिल्लो समयमा पार्कमा आइटीको सफ्टवेयर, हार्डवेयर उत्पादन हुँदैन, बरु राजनीति दल र सामाजिक संघसंस्थाको कार्यक्रम गर्ने थलो बनेको छ । सूचना प्रविधी सम्वन्धि कार्य गर्न स्थापना भएको पार्क लगभग “भुत बंगला” मा
परिणत हुने अवस्थामा छ । केही सुरक्षा कर्मचारीबाहेक कोहीको उपस्थिती पार्कमा छैन । १ सय ४४ सुचना प्रविधी क्षेत्रका इञ्जिनियरलयाई एक पटकमा रोजगारी दिन सक्ने पार्क सञ्चालनमा नआउदा जनशक्ति विदेशिरहेको अवश्था पनि छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0