Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

के साँच्चै नै सम्झौता हो त जीवन ?

प्रभातफेरी अनलाइन १९१३ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१० साल अघि)
Post Thumbnail

आशा सब निराशामा परिवर्तन भए । अब त केहि बाँकी पनि रहेन रोशनसँग जब आफ्नो प्राणभन्दा प्यारी भावनाले बिना कुनै कारण मरेको लाशलाई जुम्राले चटक्कै छाडे झैं छाडिन् । तर पनि उनीसँगको मिलनको झिनो आशा बोकेर बाँचिरहेको थियो रोशन । “कतै भावनाले मीठो ठट्टा गरेकी त हैन ? उनले मलाई जाँचेकी पनि त हुन सक्छ । म कति उनलाई माया गर्छु भनेर ।” उसको मनमा कुरा खेल्थ्यो ।
उता भावना एकातिर तड्पिरहेकी थिइन् भने चाहना पनि भावना र रोशनमा आएको परिवर्तनले निरास भएकी थिइन् । रोशन र भावनाबीच कुनै सम्बन्ध थियो कि भन्ने पनि उनलाई कता कता शंका बढ्न थाल्यो । बिस्तारै उनले तथ्य पत्ता लगाइ छाड्ने अठोट लिइन् । उनले सोचिन् “कतै मैले गर्दा उनीहरुको यो हालत भएको त हैन ? यदि त्यसो हो भने मैले उनीहरुको लागि त्याग गर्नै पर्छ । अरुको लागि नभए पनि मेरो बाल्यकालदेखिको आत्मिय मित्र भावनाको लागि । मेरो कृयाकलापले विचरी भावनाको मनमा गहिरो चोट परेको हुनु पर्छ र त उनी आजभोली कता कता टाढिन खोज्दैथिइन् । हा ऽ मोरी भावना पनि कस्ती । मसँग खुलेर आफ्नो सम्बन्धको बारेमा भनेको भए पनि हुन्थ्यो नि ।”
“यदि साँच्चै नै भावना रोशनलाई माया गर्छे भने म उनको लागि सबथोक त्याग्न तयार छु । तर उनले पनि त आफ्नो कुरा मसँग किन लुकाइन् त ? आखिर किन उनले मलाई यी कुरा लुकाइन् त ? के बाल्यकालदेखिको हाम्रो मित्रतालाई किन उनले बिर्सन खोजिन् ? हाम्रो यस्तो निश्चल, निर्मल माया अनि सम्बन्ध भन्दा ठूलो थियो त त्यो सम्बन्ध ? खैर ठीकै छ यदि उनको रोशनसँग त्यस्तो सम्बन्ध छ भने म पनि आफ्नो मित्रताका खातिर उनीहरु दुईको मिलन गराएरै छाड्छु । साँच्चै नै जीवन एक सम्झौता नै रहेछ ।” उनको मनले उनलाई भनिरहेको थियो ।
चाहना पनि भावना झैं रोशन प्रति आकर्षित नभएकी भने होइनन् । उनी पनि रोशनसँग विवाह गरेर आफ्नो सुन्दर संसार बसाउने कल्पनामा डुबिसकेकी थिइन् । तर उनी भन्दा पहिले नै भावनाले उनको सपनालाई आफ्नो बनाइसकेकी रहेछिन् । आफूले चाहेको, आफ्नो इच्छा र चाहना पूरा नहुँदाको पीडा चाहनामा पनि थियो तर आफ्नो प्राणप्यारी संगिनीको खुशीको लागि त्यो पीडा त अमृत सरह भएको ठानिन् र उनीहरुको सम्बन्ध बारे बुझ्न र उनीहरुको चाहना र खुशीलाई पुरा गराई छाड्ने अठोट लिइन् । उनीहरुको लुटिएको खुसी फिर्ता ल्याउने संकल्प लिइन् ।
साँच्चै नै उनीहरु दुबैजनाले एक अर्कालाई मन पराउने र उनीहरु एक अर्काबिना बाँच्न नसक्ने चाहनाले पत्ता लगाइन् र उनीहरु दुईको चोखो मायालाई मूर्त रुप दिन उनले प्रयास थालिन् । चाहनाले भावनालाई भेटेर उनीहरु दुईको प्रेम जुनसुकै हालतमा सफल बनाउने कुरा बताइन् तर भावनाले चाहनालाई ठाडै भनिदिइन्—“ कसले भन्यो म रोशनलाई मन पराउँछु भनेर ? म करनै रोशन सोशनलाई मन पराउँदिन । म कसैको माया प्रेममा फस्न चाहन्न चाहना । मलाई त केबल हाम्रो मित्रता अनि माया र सम्बन्ध मात्र थाह छ । यस्तो कुरा नगर ।”
भावनाले उनीसँग यस्तो कुरा गरे पछि चाहनाले सोचिन्—“ यसले मैले रोशनलाई मन पराउँछु भन्ने थाह पाएर आफ्नो मायाको बली चढाउँदैछिन् । तर म पनि तेरो नै संगिनी हुँ । म तेरो खुसी खोसेर कसरी खुसी हुन सक्छु र ? म मरेर पनि तिमीहरु दुईको प्रेम सफल गराएरै छाड्छु । के सोचेकी छेस् भावना तैंले चाहनालाई ? म पनि त तेरो खुसी चाहन्छु नि ।”
केहि दिन देखि चाहना हराइन् । उनको परिवार साथिभाई सहित भावना चाहनाको खोजीमा निस्किइन् तर काहिँ कतै उनको पत्तो लागेन । खोज्दा खोज्दै सबै हैरान भएका थिए । अचानक हुलाकीले बेनामी चिठी ल्याएर भावनालाई र चाहनाको परिवारलाई ल्याएर दिइन् ।
चिठीमा लेखिएको थियो । “मेरो खोजी नगर्नु, भावना र रोशन एकअर्कालाई असाध्यै मन पराउँछन । उनीहरुको प्रेमलाई जसरी पनि सफल बनाउनु । भावनाले मैले रोशनलाई मन पराउँछु भनेर मेरो लागि आफ्नो प्रेमको बली दिन खोज्दैछिन् । यस्तो हुन नदिनु पाप लाग्नेछ । त्यो पापले मलाई बाटो दिने छैन त्यसैले पनि उनीहरुको प्रेम सफल पारिदिनुहुन अनुरोध छ मेरो । हो म पनि रोशनलाई मन पराउँछु तर यो जुनीमा हैन अर्को जुनीमा रोशन मेरो लागि छाडिदिन भावनालाई आग्रह गर्न चाहन्छु । यस्तै रहेछ माया । भावना तिमीले आफूले रोजेको माया पायौ । मैले पाइन फरक यति हो । भावना यदि साँच्चै नै मलाई माया गर्छौ र हाम्रो मित्रतालाई मर्न दिदैनौ भने तिमी तत्काल रोशनसँग विवाह गर । भावना र रोशनलाई सफल दाम्पत्य जीवनको लागि शुभकामना छ मेरो………………, उहि अभागी चाहना ।”
चिठी पढेपछि सबैको आँखा रसाए । सबैले भने—“ धन्य चाहना अनि चाहना र भावनाको मित्रता ।” त्यसपछि चाहनाको परिवार सहित मिलेर भावना र रोशनको विवाह गराइदिए । उनीहरुको मायाले बल्ल अब पूर्णता पायो । त्यसपछि भावना र रोशन खुसीसाथ जीवन जिउन थाले । चाहनाको सम्झनामा उनीहरुले आफ्नो पहिलो सन्तान छोरीको नाम पनि चाहना नै राखे ।
समाप्तः मनको चौतारी अर्को अंक नयाँ कथामा । (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । )
अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयm
अजबलम)बmबचद्दण्ज्ञण्२थबजयय।अयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0