नार्गेगगर्चेमा बृहत स्वास्थ्य शिविर
नार्गेगगर्चे ÷ कुन्सालिङ विकास समाजले नार्गेगगर्चेमा ३ दिने निशुल्क स्वास्थ्य शिविर गरेको छ । मंसिर २७ देखि २९ सम्म चलेको स्वास्थ्य शिविरमा १ हजार ५ सय जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएको संस्थाका अध्यक्ष डम्वरबहादुर लामाले जानकारी दिए ।
शिविरमा नाक, कान, घाँटी, दाँत, छाला, स्त्रीरोग, यौनरोग, आँखा परिक्षण गरिएको थियो भने निशुल्क औषधी समेत वितरण गरिएको थियो । विर अस्पतालका ३५ जना डाक्टर, नर्स, तिलगंगा आँखा अस्पतालका ३ जना, नेपाल हेमोफेलिया सोसाइटी महेश क्लवका ४ जना र नेपाल रेडक्रस सोसाइटीका २ जना सहितको टोलीले ३ दिन कोशिपारीमा नै बसेर स्वास्थ्य सेवा दिएका थिए । शिविरमा काभ्रेको माझीफेदा, सानो वाङथली, नाग्रेगगर्चे र रामेछाप जिल्लाको गौस्वार र लखनपुर गाविसका वासिन्दा लाभान्वित भएका थिए ।
शिविरको नेपाली कांग्रेस काभ्रेका सभापति शिवप्रसाद हुँमागाईले उद्धघाटन गरेका थिए । उनले राज्यले गर्नुपर्ने काम स्थानीय युवाको सकृयतामा भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति तिर्थ लामा, सचिव रामबहादुर लामा, नेपाल हेमोफेलिया सोसाइटी महेश क्लव काठमाण्डौँकी संयोजक सानुमैँया कपाली, नेपाली कांग्रेस गाँउ समिति सभापति नारायणप्रसाद न्यौपाने, आयोजक संस्थाका सचिव टेक बहादुर लामा, विश्वास लामा लगायतले कार्यक्रमको प्रशंसा गर्दै सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कम्प्युटर विषयमा पुन विज्ञापन हुने
महादेवस्थान ÷ डेडीथुम्का उच्च माविले उच्च माविको कम्प्युटर विषयको लागि पुन विज्ञापन गर्ने भएको छ ।
योग्य भन्दा नाताले नजिकको व्यक्तिलाई नियुक्ति गरेको विषयमा नेपाल विद्यार्थी संघले आन्दोलन निरन्तर तालाबन्दी गरेपछि माग सम्वोधन गर्दै नयाँ विज्ञापन गर्ने निर्णय गरेको हो ।
् नेविसंघले नियुक्त लगायतका विषयलाई लिएर १५ दिन अघिदेखि तालावन्दी गर्दै आएको थियो । विद्यालय व्यवस्थापन समितिले पुन विज्ञापन गर्ने, व्यवस्थापन समितिमा चन्दादाता एक जना रिक्त राख्ने र अन्य विषयहरुमा सुधार गर्दै जाने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक कल्याणसिंह धामीले जानकारी दिए । निरन्तरको तालाबन्दीको कारण विद्यालयमा अध्ययनरत करिव १ हजार विद्यार्थीको पढाइ प्रभावित भएको थियो । विद्यालयले दुई आवेदक मध्ये कम योग्यताका रामहरी दाहाललाई छनोट गरेको थियो । दाहालले मानविकीमा अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् ।
उनले थेसिस सकेका छैनन् । कम्प्युटर विषयमा उनले डिप्लोमा ट्रेनिङ लिएका छन् । अर्की उम्मेद्धवार निता आचार्य पौडेललले भने व्याचलर इन कम्पयुटर एप्लिकेशन (विसिए) गरेकी छिन् । कम्प्युटर विषयमा नै स्नातक पौडेललाई अयोग्य ठहराउँदै विद्यालयले नाताका आधारमा दाहाललाई नियुक्त गरेको थियो ।
बिन्धबासिनीको कारोवार ६८ करोड
बनेपा ÷ दक्षिण एशियामा नै उत्कृष्ट विन्धवासिनी बचत सहकरी संस्थाको कारोवार ६८ करोड ६९ लाख ६३ हजार पुगेको छ ।
बैकिंग कार्यलय बनेपा मार्फत पनि १५ करोड ८५ लाख कारोबार भएको छ । संस्थाले १७ हजार सेवाग्राहीलाई सेवा दिइरहेको संस्थाका प्रमुख व्यवस्थापक केवी लामा स्यान्ताङले जानकार िदिए .।
संस्थाले बनेपा, पनौती, खोपासी, ढुङखर्क, पाँचखाल कार्यलय र च्यासिङखर्क, पात्लेखेत र शखु सेवा केन्द्र मार्पत संदस्यहरुलाई सेवा दिइरहेको छ ।
कार्यक्रम संस्थाका सचिव रामशरण भण्डारीले बनेपा क्षेत्र अन्तर्गतका उत्कृष्ठ ऋण कारोबार गर्ने सदस्यहरुलाई असल ऋणी सदस्य सहुलियत परिचय पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ, संचालक सदस्यद्वय शुसिला बादे कतिला, सूर्यनारायण नापित, ऋण उप समिति सदस्य विदुर थापा, शिक्षा उप समिति सदस्य प्रकाशबहादुर कायस्थ, क्षेत्रीय अन्तर समितिका सचिव नन्दलाल शर्मा, क्षेत्रीय अन्तर समितिका संयोजक कृष्णकुमार केसी, शेयर सदस्य भोजराज तिमल्सिना लगायतले सहकारी सेवाबारे चर्चा गरेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |