Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चिट चोरे सबै परिक्षा रद्ध हुने

प्रभातफेरी अनलाइन १३९६ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१३ साल अघि)
Post Thumbnail

एसएलसी परीक्षामा चिट चोर्ने विद्यार्थीको सम्वन्धित विषयको मात्र नभई सबै परीक्षा रद्ध हुने भएको छ । परीक्षालाई थप व्यवस्थित  र मर्यादित  बनाउन परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले यो निर्णय गरेको उपनियन्त्रक प्रह्लाद अर्यालले  जनाए ।
“ऐन नियम फितलो भएकैले गत वर्षसम्म पनि परीक्षालाई व्यवस्थित  र मर्यादित  बनाउन निकै धौधौ पर्यो, उनले भने, “त्यसैले यो बर्ष परीक्षा बोर्डकोे बैठकबाटै माध्यामिक शिक्षा परीक्षा सञ्चालन निर्देशिकामा संशोधन गरी चिट र्चोने विद्यार्थीको सबै परीक्षा रद्ध गर्ने निर्णय गरेको हो । ” अमर्यादित कार्य गर्ने विद्यार्थी पूरक परीक्षामा समेत सामेल हुन नपाउने व्यवस्था निर्देशिकामा  छ । परीक्षार्थी या अभिभावकले परीक्षा केन्द्रमा उच्छृंखल काम गरे, सम्बन्धित केन्द्राअध्यक्षको सिफारिसमा ती विद्यार्थीलाई दुई बर्षसम्म एसएलसी परीक्षाबाट वञ्चित गराइनेसम्मको कारबाहीको व्यवस्था निर्देशिकामा गरिएको पनिकाले जनाएको छ ।
परीक्षा निरीक्षक र केन्द्राध्यक्षले अमर्यादित कार्य गरे, कसुर हेरी घटुवा, बढुवा रोक्का, ग्रेड घटाउने तथा निलम्बनसम्मको कारबाही हुने उपनियन्त्रक अर्यालले जनाए । “निरीक्षकलाई बढी जिम्मेवार बनाउन यो बर्ष  प्राथमिक तहका सकेसम्म स्थायी शिक्षकलाई नै निरीक्षक तोक्ने व्यवस्था निर्देशिकामा गरिएको छ, उनले भने, “परीक्षामा निरीक्षक या केन्द्राध्यक्षले चिट चोराउने अमर्यादित कार्य गरे जिल्ला, क्षेत्र र केन्द्रबाट खटिएको परीक्षा अनुगमन टोलीले तत्कालै विभागीय कारबाहीको सिफारिस र्गन सक्ने जिम्मेवारी दिएका छौं । ” चैत १ देखि सुरु हुने एसएलसीका लागि पाँच लाख ४७ हजार दुई सय पाँच परीक्षार्थीले आवेदन भरेका छन्।् ।  परीक्षाका लागि एक हजार सात सय ८६ केन्द्र तोकिएको छ । जनक शिक्षा सामाग्री केन्द्रमा कडा सुरक्षा घेराभित्र परीक्षा नियन्त्रक खगराज बरालको उपस्थितिमा प्रश्नपत्र छपाइ भइरहेको छ ।
६० जिल्लामा होम सेन्टर नराख्ने व्यवस्था गर्न पनि पनिकाले जिल्लालाई निर्देशन दिएको छ । “तराईको कुनै पनि जिल्लामा होम सेन्टर नराख्न सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको छ, उपनियन्त्रक अर्यालले भने, “होम सेन्टरले परीक्षालाई अमर्यादित र अनियमित बनाउने भएकाले यस्तो निर्देशन दिइएको हो । ”     परीक्षामा अनियमित कार्य गरे विद्यार्थी, निरीक्षक र केन्द्राध्यक्षलाई शिक्षा ऐन, नियमबमोजिम र अभिभावकलाई स्थानीय प्रशासनको सार्वजनिक ऐनअनुसार कारबाही हुने पनिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0