– उद्धवप्रसाद नेपाल
संसारकै सर्ब शक्तिमान राष्ट्र प्रजातन्त्र र मानव अधिकारको वकालत गर्ने मानव समाजमा पुग्ने देश अमेरिकामा दासत्वको बन्धन मुक्तिको लागी अभियान चलाउने प्रमुख व्यक्ति अब्राहम लिङ्कनको जन्म सन १८०९ फरवरी १२ मा केन्टकी राज्यको एक सानु काठको घरमा भएको थियो । उनि गरिब परिवारका एक सदस्य थिए । गरिबीका कारण उनकोे जिवन निकै कष्टकर बनेको थियो । प्रारम्भीक शिक्षा अति नै कष्टसंग हासिल गरे । उनले एक कपडा पसलमा मजदुरीको काम गरी आफ्नो जिवन चलाएका थिए । उनि दयालु स्वभावका थिए । हरेक समयमा उनी अरुको पिडामा सामेल हुन्थे । सबैलाई मित्र मान्दथे । अत्यन्त मेहेनतका साथ काम गरी पठनपाठनका सामाग्रीहरु जुटाउथे । बालकाकलदेखि नै अति चलाख थिए भने समाजसेवाका काम गर्न पनि उनि अग्रसर हुन्थे । सन् १८१३ देखि उनिले यु. एस.को ईलियन्स राज्यबाट समाजसेवाको लागी सक्रिय भएर लागे । आफ्नो युवा अवस्थामा कानुनी विषयमा अध्ययन गरी वकालत पेशामा संलग्न थिए । बाल्यकालदेखि नै राजनितिमा चासो प्रकट गर्ने अब्राहम लिङकन धेरै जसो समय आफुभन्दा अग्रज मानिसका आसपासमा रहेर देश र कानुनका बारेमा बुझ्नु उनको सौख थियो ।
अमेरिकामा काला र गोरा जातीका मानिसको बसोवास रहेको छ । त्यस बखत अमेरिकामा काला जाती र गोरा जाती बीच निकै भेदभाव थियो । गोरा जातीका मानिसको बाहुल्यता बढि भएका कारण सरकार पनि गोरा जातीकै थियो । काला जातीहरुलाई पशु सरहको व्यवहार गरिन्थ्यो । काला जातीका मानिसहरु घरायसी कामका लागी पशु जस्तै बेचबिखन गरिन्थ्यो । उनिहरु श्रमिकका रुपमा चिनिन्थे । अनेक यातना दिई उनिहरुलाई शोषण गरिन्थ्यो । अब्रहाम लिङकन त्यस अवस्थाप्रति अति नै चिन्तीत थिए । त्यतिबेला काला जातीका मानिस अन्यायमा परेको थिए । मानव अधिकार र मौलिक हक अधिकार ओझेलमा परेको थियो । त्यस अवस्थाप्रति अति नै चिन्तित अब्राहम लिङकनले त्यसकोे विरोध गर्नको लागी राजनैतिक जिवनको सुरुवात गरी काला जातीको स्वतन्त्रताको लागी आन्दोलन गरे । उनले सन् १८४७ मा त्यहाँको बहुदलीय प्रजातन्त्र र स्वतन्त्रतावादी दल काँग्रेसको सदस्यता लिए । जुन दल त्यसबेला निष्कृयरुपमा थियो । त्यसपछि उनले रिपब्लीकन दल भन्ने राजनैतिक दलको स्थापना गरे । उनलाई रिपब्लीकन दलको जन्मदाताको रुपमा पनि चिनिन्छ । त्यसपछि उनि सक्रिय राजनितिमा देखा परे । अमेरिकाबाट दासत्व उन्मुलन गर्ने उद्देश्यले अनेक आन्दोलन गरे । तर त्यसबेला अमेरिकामा दासत्वले नराम्ररी जरो गाडेको थियो । त्यसलाई जरैबाट उखेल्नु त्यति सरल र सहज थिएन । दासत्वकोे विरुद्धमा ठुलो आन्दोलन गर्नुप¥यो ।
आन्दोलनको क्रममा गृहयुद्ध समेत भयो । धेरै राज्यहरु युद्धको मारमा परे । त्यो युद्ध सन१८५४ देखि १८६५सम्म चलेको थियो । त्यसक्रममा पचास लाख भन्दा बढि अमेरिकनहरुले आफ्नो ज्यान स्वतन्त्रता र दासत्वको विरुद्धमा लागेकाले गुमाए । अन्ततगोत उनले दासत्वलाई पन्छाएरै छोडे । त्यसक्रममा अनेकौ अब्राहम लिङकन सर्मथकहरुलाई दमन हत्या, कारावासकोे सजाय तत्कालीन सरकारले गरेता पनि दासत्व अन्त्यको लागी सुरु भएको आन्दोलनले आफ्नो लक्ष्य पुरा नहुन्जेल ज्यानको कुनै पर्वाह नगरी विरोध गरी आन्दोलनलाई सफलता दिलाई दासत्वको अन्तय गरे । उनलाई श्रमिकवर्ग र दासत्वको विरुद्धको आन्दोलनलाई सफलतामा पु¥याएकाले अमेरिकन जनताले ठुलो सम्मान गरे । अहिले पनि विश्व भरि नै मानव अधिकार र स्वतन्त्रताका पक्षधर नेताका रुपमा चिनिन्छन् ।
उनले मध्ययम वर्गिय समाजको निर्माण गर्ने बाटो देखाए । आफुले सुरुवात गरेको काम कुनै पनि हालतमा सफलतामा पु¥याई छाड्ने उनको स्वभाव थियो । सामान्य परिवारका अब्रहाम लिङकन अमेरिकाका राष्ट्रपति समेत बने । उनकोे शासन कालमा अमेरिकामा विभिन्न मानव समाजमा मानव अधिकार र स्वतन्त्रताका साथै समाजिक र राजनैतिक परिवर्तन गरे । शोषण, दमन र दासत्व को विरुद्धमा अमेरिकी कानुनमा कडा कार्वाही हुने उल्लेख गरी कार्यान्वयन समेत गरे । उनको विचार प्रजातन्त्र र मानव अधिकार विश्व भरिनै अति नै प्रख्यात छ । जनताद्वारा जनताले जनताको लागी गरिने शासन प्रणाली प्रजातन्त्र हो भन्ने विचार उनको थियो । त्यही सिद्धान्त अनुसार नै विश्वका सबै जसो मुलुकमा शसान गरिन्छ । यो सबै शासनभन्दा फरक र उचित शासनको रुपमा विश्व भरि नै प्रख्यात रहेको छ । विपन्न परिवारका अब्राहम लिङकन सफल र कुशल राजनितिज्ञ र समाजसेवी बने । उनका भनाई अनुसार जनताकोे शासनकोे लामो आयु हुन्छ । जनताहरु बन्दुक भन्दा शक्तिशाली हुन्छन । कुशल शासकहरु भविष्यको सोच गर्छन भने राजतिज्ञिहरुलाई आगामी निर्वाचनको मात्र चिन्ता हुन्छ । यस्ता विचारका धनि र सामाजिक सुधारका अग्रणी राजनेताको सन् १८६५ अप्रील १६ मा प्रजातन्त्रवादी नेताको निमर्मतापुर्ण स्वतन्त्रता र मानव अधिकार विरोधी समुहबाट उनको हत्या गरिएको थियो ।
स्वतन्त्रता विश्वमा निकै लोकप्रिय शब्द हो । यो शब्दको उत्पति सन् १९८९ तिर फ्रान्सको राज्यक्रान्तिपछि भएको हो । नेपालीमा यसको व्युत्पत्ति हेर्ने हो भने ‘स्व’ र ‘तन्त्र’ दुई शब्द मिलेर ‘स्वतन्त्र’ शब्द बनेको छ र त्यसमा ‘ता’ प्रत्यय जोडिई स्वतन्त्रता भन्ने शब्द बनेको देखिन्छ । यसको सामान्य अर्थ खुलापन भन्ने हुन्छ । बन्धनबाट मुक्ति पाउनु भन्ने यसको वास्तविक अर्थ हुन्छ ।
स्वतन्त्रता शब्द वर्तमानमा प्रजातन्त्रका आत्माका रुपमा विश्वमानवसमाजमा फैलिएको पाइन्छ । यो कुरा आजको विश्वमा अति आवश्यक भएसकको छ । यसलाई व्यापक रुपमा परिभाषित गर्दा यसको अर्थ मानव स्वयं सम्प्रभुसम्पन्न हुनु भन्ने लाग्दछ । सबै मानिसहरुले बिनारोकतोक आफ्ना कार्यहरु गर्न पाउन र कसैल पनि कसैको विचारमाथि अङ्कुश नलगाओस् भन्ने यस शब्दको आशय देखिन्छ । त्यस्तै आफ्ना क्रियाकलापहरु सञ्चालन गर्दा अरुलाई हानिनोक्सानी नहोस् र अरुले पनि आफूलाई कुनै किसिमको हानिनोक्सानी नपु¥याओस् भन्ने भाव यस शब्दले व्यक्त गरेको पाइन्छ ।
स्वतन्त्रताले मानवजीवन सुखमय यापन गर्न सहयोग गर्छ । स्वतन्त्रता धेरै किसिमका हुन्छन् । स्वतन्त्रतालाई निम्नअनुकसार वर्गीकरण गरिएको पाइन्छ–प्राकृतिक स्वतन्त्रता, नागरिक स्वतन्त्रता,सामाजिक स्वतन्त्रता आर्थिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, राष्ट्रिय स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रताका बारेमा तल विस्तृतरुप उल्लेख गरिएको छ ।
प्राकृतिक स्वतन्त्रता भनेको मान्छेको जन्मस्वतन्त्रता हो । मान्छे स्वतन्त्र जन्मन्छ र जन्मिसकेपछि सर्ववेदाङ्ग सामाजिक तरिकाले अनि कानुुनी रुपमा ऊ बन्धनमा पर्छ । प्राकृतिक अवस्थामा मानिस आफ्नो इच्छाअनुसार जुनसुकै कार्य गन पनि सक्थ्यो । त्यसैले उसलाई प्राकृतिक स्वतन्त्रता थियो ।
नागरिक वा सामाजिक स्वतन्त्रता व्यक्तिले समाजको सदस्यको नाताले पाउने सदस्यता हो । यसमा व्यक्तिलाई शारीरिक सम्पत्ति, विचार अभिव्यक्ति न्याय तथा समानता आदिको स्वतन्त्रता पर्दछन् । व्यक्ति जुन देशको नागरिक हो सोही देशको कानुन वा संविधान र ऐन, नियमअनुसार उसले स्वतन्त्रताको उपभोग गर्दछ । आफू सन्तुष्ट नभए व्यक्तिगत र सामूहिक रुपमा आवाज उठाउन पाउँछ । राज्यको शासकविरुद्ध सङ्घर्ष पनि गर्न पाउँछ ।
सामाजिक जीवन बिताउन आर्थिक स्वतन्त्रताको आवश्यकता पर्दछ । आर्थिक स्वतत्रताविना मानवजीवन अधुरो नै रहन्छ । मानवलाई जीवनयापनका लागि गाँस, बास, कपास, रोजगार, शिक्षा, औषधिउपचार, धार्मिक कार्य गर्न, उद्योगव्यवसायका लागि सम्पत्तिको आवश्यकता पर्दछ । आफूले गरेको श्रम, नेकरी तथा अन्य आर्जनबाट कमाएको सम्पत्ति स्वेच्छाले उपभोग गर्न पाउनु नै आर्थिक स्वतन्त्रता हो ।
राजनीतिक स्वतन्त्रता पनि प्रजातन्त्रको अभिन्न अ्ग हो । आफ्नो राज्यमा बस्ने नागरिकहरुले बालिग मताधिकारका आधारमा मतदानमा भाग लिन पाउनु र राजनीतिमा कुनै न कुनै रुपले भाग लिन पाउनु राजनीतिक स्वतन्त्रता हो । राजनीतिक स्वतन्त्रताबाट नागरिकले आफूले रोजेको दल र सो दलको व्यक्तिलाई आफ्नो प्रतिनिधिका रुपमा छनोट गर्न पाउँछन् । निर्वाचित प्रतिनिधिले निश्चित समयको लागि संविधानमा व्यवस्ता भएबमोजिम रान्यशासन सञ्चालन गर्न पाउँछ । राजनीतिक स्वतन्त्रताबाट नै सबै किसिमका स्वतन्त्रता प्राप्त हुन्छन् । यसअन्तर्गत सङ्घ–संस्था खोल्ने, विचार सम्प्रेषण गर्न पाउने स्वतन्त्रता पर्दछन् ।
बहुदलीय प्रजातान्त्रिक शासनव्यवस्थामा मात्र व्यक्तिले माथिका स्वतन्त्रताहरुको सही र पूर्णरुपमा उपभोग गर्न पाउँछ । निरङ्कुश राजतन्त्र, सैनिक शासन र साम्यवादी शासनव्यवस्थामा यी स्वतन्त्रताहरु नागरिकले उपभोग गर्न पाउँदैनन् । त्यस्तै राष्ट्रिय स्वतन्त्रताको कुरा पनि यस व्यवस्थामा मात्र सम्भव हुन्छ । भाषा, धर्म, संस्कृति आदिको विविधतामा एकता भई राज्यनिर्माणको व्यवस्था हुन्छ । यसैले मात्र नागरिकलाई परतन्त्रबाट स्वतन्त्रतातर्फ लैजान सक्छ । सबै कुराको स्वतन्त्रता भएमा मात्र एउटा पूर्ण र स्वतन्त्र राज्य हुन सक्छ ।
राष्ट्रिय स्वतन्त्रता हरेक नागरिकका लागि आवश्यक स्वतन्त्रता हो । अर्को धार्मिक स्वतन्त्रता छ । एउटै राज्यमा बस्ने नागरिकहरु विविध धर्मावलम्बी हुनसक्छन् ।हरेक व्यक्तिले आफ्नो धर्म निर्वाध रुपमा पालना गर्न पाउनुपर्छ । यही नै धार्मिक स्वतन्त्रता हो । आफ्नो धर्मको प्रचारप्रसार, अध्ययनअनुसन्धान स्वतन्त्र रुपमा गर्न पाउनु धार्मिक स्वतन्त्रता हो । राज्यले कसैलाई पनि कुनै धर्म वा संस्कृति जवर्जस्ती लाद्न वा थोपर्न पाउँदैन । त्यस्तै धर्मपरिवर्तन गर्ने कुरामा पनि राज्यबाट नागरिक स्वतन्त्र हुन्छ ।
धार्मिक स्वतन्त्रता मानवसमाजमा अनिवार्र्य छ । रान्यको शासनले धर्ममा प्रतिबन्ध लगाउँछ भने रान्यमा अशान्ति मच्चिन्छ । त्यसैले शान्तमय समाजको सिर्जनाका लागि धार्मिक स्वतन्त्रता अपरिहार्य छ।
अर्को स्वतन्त्रता हो नैतिक स्वतन्त्रता । नैतिक स्वतन्त्रता पनि मानवसमाजका लागि अनिवार्य नै हुन्छ । नैतिक स्वतन्त्रताले मानिसमा सदाचारको विकास गराउँछ । यसले मानवमनमा नैतिकताको विकास गराउँछ । नैतिकताको प्रभाव सामाजिक र राजनीतिक दुवै क्षेत्रमा पर्दछ । नागरिकलाई यसले समाज र राष्ट्रको नैतिक जिम्मेवारी लिन सिकाउँछ । नागरिक आदर्श समाज र राष्ट्रको कल्पना नागरिकको समुचित नैतिक स्वतन्त्रतामाथि आधारित छ । यो पनि व्यक्तिगत स्वतन्त्रताभित्रै पर्दछ । नैतिकता भन्ने कुरा हरेक मानवमा हुनु अनिवार्य छ । तर एउटा व्यक्तिको स्वतन्त्रताले अरुको स्वतन्त्रतालाई हानि पु¥याउनु भने हुँदैन । मानव चेतनाले स्वतन्त्रताको माग गर्दा स्वतन्त्रताको रक्षा राज्यबाटै हुनुपर्नछ । राज्यले कानुन बनाई यस्तो परिस्थिति निर्माण गर्दछ जहाँ स्वतन्त्रताको रक्षा सम्भव छ ।
व्यक्तिको चौतर्फी विकास गर्नु कानुनको उद्देश्य हो । कानुनी रान्यले मात्रै हरेक व्यक्तिले स्वतन्त्रताको अनुभूति गनसक्छ । कानुनले नै सदा स्वतन्त्रताको रक्षा गर्छ । जहाँ स्वतन्त्रता छैन त्यहाँ कानुन पनि छैन । स्वतन्त्रता र कानुन एक अर्काका परिपूरक हुन । यी दुबै एकअर्कामा आधारित पनि हुन्छन् ।
बहुदलीय प्रजातान्त्रिक मुलुकमा नागरिकका प्रतिनिधि (सांसद) हरुबाट ऐननियम निर्माण गरिन्छ । जनतालाई प्रतिनिधिले बनाएको संविधान, ऐन, नियमले मात्र जनताको भलो गर्दछ । जनतालाई आघात पर्ने कानुन जनताका प्रतिनिधिले बनाउँदैनन् । नागरिकलाई कानुनी स्वतन्त्रता प्राप्त हुन्छ । त्यसैले आज विश्वका अधिकांश मुलुकहरु बहुदलीय प्रजातान्त्रिक संगदीय व्यवस्थाप्रति आकर्षित भएका छन् । यही प्रजातान्त्रिक व्यवस्थामा मात्र मानजअधिकारको ग्यारेन्टी हुन्छ । कानुनी रान्यमा सार्वभौमसत्ता जनतामा निहित भई आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, व्यक्तिगतलगायतका स्वतन्त्रता व्यक्तिले प्राप्त गर्दछ । यी कुरा बहुदलीय प्रजातान्त्रिक शासनव्यवस्थामा माात्र सम्भव भएकोले हामीले आफ्नो स्वतन्त्रताको रक्षाको लागि यही व्यवस्था नै रोज्नुपर्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |