Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘कृषि प्राविधिकको कमी र न्यून लगानीका कारण नेपालको कृषि क्षेत्र पछाडी परेको छ’ सहदेवप्रसाद हुमागाईं, वरिष्ठ कृषि विकास अधिकृत, जिल्ला कृषि विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोक

प्रभातफेरी अनलाइन १४७२ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१३ साल अघि)
‘कृषि प्राविधिकको कमी र न्यून लगानीका कारण नेपालको कृषि क्षेत्र पछाडी परेको छ’ सहदेवप्रसाद हुमागाईं, वरिष्ठ कृषि विकास अधिकृत, जिल्ला कृषि विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोक

० नेपाल सरकारले कृषि क्षेत्रमा गरेको लगानी प्रति तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– नेपाल सरकारको कृषि क्षेत्रमा गरेको लगानी पक्कै पनि पर्याप्त त छैन । तर पनि अहिलेको अवस्थामा जति बजेट प्राप्त भएको छ त्यसलाई प्राथमिकरण गरि सही योजना निर्माण गरेर एकिकृत रुपमा कार्यक्रम लागु गर्नसके यसैबाट पनि धेरै प्रतिफल प्राप्त गर्न सकिन्छ ।
० हावापानी परिवर्तनले कृषिमा पारेको प्रभाव के पाउनुभएको छ ?
– हावापानी परिवर्तनले कृषि क्षेत्रमा प्रभाव पार्न थालेको भन्ने विषयमा विभिन्न अध्ययन अनुसन्धानका प्रतिवेदनहरुले पनि देखाएका छन् । हाम्रै यस यस जिल्लामा पनि पानीका स्रोतहरु बिस्तारै घट्दै गईरहेको, खोलानालाहरुमा पानीका वहाव कम हुँदै गईरहेको, लामो समयसम्म खडेरी पर्ने, तुषारो बढी पर्ने यी आदि कारणहरुले गर्दा कृषि उत्पादन र उत्पादकत्वमा असर पार्न थालेको महसुस गरेको छु ।
० जिल्ला कृषि विकास कार्यालयले कृषकहरुलाई के कति कार्यक्रम छुट्याउनुभएको छ ?
– हामीलाई प्राप्त बजेटलाई जिल्लाका कृषकहरुको आवश्यकता र माग अनुसार कार्यक्रमको प्राथमिकीकरण गरी कार्यक्रम संचालन गर्ने गरिएको छ । कृषकहरुको आवश्यकता अनुसार यो बजेट पर्याप्त त छैन तर पनि बजेटको अधिकतम सदुपयोग गर्न प्रयास गरिएको छ ।
० विउबिजनका कार्यक्रमहरु जिल्लामा के कस्तो अवस्थामा छन् ?
–  यस जिल्लामा अन्नबालीहरुको बीउ उत्पादन कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यक्रमहरु संचालन भईरहेका छन् । खासगरी मकैको बीउमा हाम्रो जिल्ला आत्मनिभएर हुन प्रयास गरिरहेको छ । तरकारीका बीउ उत्पादन कार्यक्रम अन्य गैह्रसरकारी संस्थासँग समन्वय गरि अगाडी बढिरहेको छ ।
० सेवा केन्द्र विस्तारमा कृषि विकास कार्यालयले के कार्यक्रम राखेको छ ?
– कृषि विकास कार्यालय अन्तर्गत संचालित विद्यमान सेवा केन्द्रहरुको अवस्थिति र संख्याले जिल्लाका बहुसंख्यक कृषकहरुलाई सहज र सरल ढंगले सेवा प्रभाव गर्न सकिरहेको छैन । यस समस्यालाई मध्यनजर गरी सेवा केन्द्रहरुको संख्या विस्तार गर्न माथिल्लो निकायहरुलाई जानकारी गराईको छ । हामीलाई प्राप्त जानकारी अनुसार निकट भविष्यमा यस जिल्लामा सेवाकेन्द्रको संख्यामा बृद्धि हुनेछ । सेवाकेन्द्रहरुको संख्यामा बृद्धि भएमा डाँडापारी, रोशीपारी, कोशीपारी, तिमाल क्षेत्र र मण्डन क्षेत्रलाई प्राथमिकतामा राखि सेवाकेन्द्रको विस्तार गरिनेछ ।
० नयाँ प्याकेज कार्यक्रमबारे बताइदिनु हुन्छ कि ?
– यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पूर्ण बजेट प्राप्त गर्न नसकेको सन्दर्भमा हामीले प्राथमिकतामा राखेका अधिकांश कार्यक्रमहरु संचालन गर्न नसकिने अवस्था रहेको छ । तर पनि बीउ उत्पादन, तरकारी उत्पादन, फलफुल उत्पादन, मौरी, च्याउ उत्पादन, साना सिँचाई बजार संकलन केन्द्र निर्माण कार्यक्रमहरु संचालनमा रहेका छन् ।
० हालै जापान जाने प्रतिनीधि मण्डलमा तपाई सरिक हुनुभयो, नेपाल र जापानमा कृषिको कत्तिको भिन्नता पाउनुभयो ?
– नेपाल र जापानको कृषि प्रविधिमा खासै भिन्नता नरहेता पनि जापानको कृषि व्यवसाय व्यवस्थित रहेको पाएँ । जापानमा कृषि पेशामा संलग्न कृषकहरु २% मात्र रहनुले पनि त्यहाँको कृषि व्यवसायलाई व्यवस्थित गर्न सम्भव भएको जस्तो लाग्छ । हाम्रो देशमा अधिकांश कृषि पेशामा संलग्न भएको हुनाले कृषकहरुले प्राप्त गर्ने सेवा र सुविधा अपर्याप्त छन् । हाम्रो देशको भौगोलिक बनावट, कृषि प्राविधिकहरुको न्यून संख्या, कृषि व्यवसायमा आधुनिकीकरण हुन नसक्नु, कृषिमा न्यून लगानी आदि कारणले गर्दा जापानको कृषि भन्दा नेपालको कृषि पछि परेको जस्तो लाग्छ । जापानका कृषकहरुलाई राज्यबाट प्रशस्त अनुदान, बिमा र उत्पादनको बजारीकरणमा पूर्ण सहयोग रहेको छ ।
० भ्रमणबाट फर्केर जिल्लामा कस्तो कार्यक्रम बनाउने अठोट गर्नुभएको छ ?
– बजारको माग अनुसार उत्पादन कार्यक्रम, कृषि समूह, सहकारीहरुलाई प्राविधिक रुपमा बनाउने खालका कार्यक्रम, गुणस्तरयुक्त उत्पादनमा सहयोग पु¥याउने कार्यक्रम संचालन गर्न उपयुक्त हुने देखिन्छ । यसको लागि पर्याप्त बजेटको आवश्यकता रहने भएकोले हाम्रो मात्र अठोटले यस उद्देश्य पूरा हुने देखिँदैन । यसको लागि जिल्ला भित्र रहेको सम्बन्धित सबै सरोकारहरुको बीचमा समन्वय र सहयोगको आवश्यकता महसुस गरेको छु ।
० अन्तमा ?
– अन्तमा यस साप्ताहिक मार्फत जिल्ला कृषि विकास कार्यालयको बारेमा जानकारी गराउन पाएकोमा धन्यवाद दिन चाहन्छु । साथै, आगामी अंकहरुमा कृषि सम्बन्धी सामग्रीहरु राख्न समेत अनुरोध गर्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0