Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफ्नो ऊर्जालाई प्रयोग गर्न जानौं

प्रभातफेरी अनलाइन १४३५ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१३ साल अघि)
Post Thumbnail

मेरा बुबा बद्रीप्रसाद पहाडीले अत्यन्त आदर गर्ने व्यक्तित्वमध्ये एकजना हुनुहुन्थ्यो बद्रीविक्रम थापाज्यू । २०३४–३५ सालको कुरा हुनुपर्छ, मेरा पिताजीसँग पुलचोकस्थित उहाँको घरमा भेट्न गएको थिएँ ।
त्यो संस्मरण आज पनि मेरो मानसपटलमा ताजा छ । उहाँ अत्यन्त शालीन व्यक्तित्वका धनी हुनुहुन्थ्यो । मैले सानैदेखि सुनेको थिएँ २००७ सालको सङ्घर्षमा उहाँको अभूतपूर्व योगदान रहेको थियो । म उहाँलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । २००७ सालको सङ्घर्षमा झन्डै साढे ९ महिनासम्म जेलमा बस्नुभएको, सर्वस्वहरण भएको र मृत्युदण्डको पर्खाइमा रहनुभएको बद्रीविक्रम थापाको योगदान अतुलनीय छ ।
क्रान्तिकारी र परिवर्तनको संवाहकका रूपमा उहाँ स्थापित हुनुभयो । निरङ्कुशताका विरुद्ध उहाँले सङ्घर्ष गर्नुभयो । परिवर्तन ल्याउन सजिलो छ, तर त्यसलाई संस्थागत गर्न कठिन छ । उहाँजस्ता गान्धीवादी नेतालाई सम्मान गर्दा म गान्धीकै प्रसङ्ग स्मरण गर्न चाहन्छु । भारत ब्रिटिसको उपनिवेशबाट स्वतन्त्र भयो ।
गान्धी मुर्दावादको नारा लाग्यो । पाकिस्तानबाट आएका शरणार्थीहरूको बेग्लै पीडा थियो । हिन्दू र मुस्लिमको दङ्गा थियो । लाखौँ मानिसहरू मारिए । करोडौँ मानिसहरू विस्थापित भए । गान्धीको पछिल्लो कालखण्डलाई हेर्नुभयो भने उहाँले बस्नुभएको उपवास, आमरण अनसन समालोचकको दृष्टिकोणमा अप्रिय पनि ठानिएको छ । तर गान्धी आफ्नो निष्ठाबाट विचलित हुनुभएन ।
भारत र पाकिस्तानको बीचमा भएको सम्झौताअनुरूप ५५ करोड पाकिस्तानलाई दिने कि नदिने भन्ने विषयमा गान्धीले भन्नुभयो — सत्य भनेको सत्य हो, दिने भनेपछि दिनुपर्छ । त्यो कुरा कतिपयलाई राम्रो लागेन होला । २००७ सालको क्रान्तिपछि शान्तिमण्डलको गठन भएको थियो । त्यसमा बद्रीविक्रम थापा पनि रहनुभएको थियो । उहाँको योगदान छ मुक्तिसेनालाई कसरी फिर्ता ल्याउने, कसरी अन्त्य गर्ने र सद्भाव कसरी राख्ने भन्ने कुरामा ।
त्यसपछि बडाहाकिमका रूपमा उहाँले विभिन्न जिल्लाहरूमा गएर सेवा गर्नुभएको छ । २०१७ सालमा तत्कालीन राजाको कदमपछि संसद विघटन हुँदा १० महिना उहाँलाई सेवाबाट बर्खास्त गरियो । त्यसपछि एउटा प्रशासकका रूपमा आफ्नो कर्तव्य विभिन्न अञ्चलहरूमा गएर उहाँले निर्वाह गर्नुभएको छ ।
बद्रीविक्रम थापा एउटा प्रशासकका रूपमा जहिलेसुकै रहँदा पनि स्वतन्त्रतासेनानीप्रतिको संवेदनशीलताबाट उहाँ कहिल्यै विचलित हुनुभएको थिएन । मैले बद्रीविक्रम थापाका पुस्तकहरू पनि पढेको छु । उहाँ विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । उहाँसँग सिक्नुपर्ने कुरा के हो भने हामीले हाम्रो ऊर्जालाई कसरी प्रयोग गर्ने भनेर जान्नुपर्दछ ।
मलाई बद्रीविक्रम थापाको अर्को प्रसङ्ग पनि याद आउँछ । साहित्य र समाजसेवामा उहाँ रुचि मात्र राख्नुहुन्नथ्यो, साहित्यिक कार्यक्रम सकिएपछि बद्रीविक्रम थापा १० मिनेटको बाटोमा आफ्नो अञ्चलाधीशको गाडीमा नचढेर पैदल नै हिँड्नुहुन्थ्यो । गाडीमा जाँदा अर्को गौरव हुन्थ्यो होला । तर रामहरि जोशी र भीमबहादुर तामाङहरूले पनि लुखरलुखुर हिँडेको मैले देखेको छु । ठूला नेताहरूचाहिँ गाडीमा हिँडिरहेका हुन्छन् । त्यसैले हामी जुन आदर्शको कुरा गर्छौं, बद्रीविक्रम थापा त्यस्ता धेरै कुरामा अविस्मरणीय आदर्श हुनुहुन्छ । गान्धीले आफूलाई कष्ट दिएर जगत्को भलो गर्ने काम गर्नुभयो ।
तर आज अरूलाई दुःख दिएर जगत्को भलो गरेको भन्ने डरलाग्दो रोग सुरु भएको छ । हाम्रो समाजमा सहिष्णुता घट्तैछ । धैर्य समाप्त हुन थालेको छ । हाम्रो अघिल्लो पुस्ताबाट हामीले सिक्नुपर्ने कुरा के हो भने हामीले अरूलाई आदर गर्न सकेनौँ भने आउने पुस्ताले पनि हाम्रो आदर गर्दैन । बद्रीविक्रम थापाका बारेमा थुप्रै ग्रन्थहरू प्रकाशित गरेर विगतका धाराहरूलाई वर्तमानसँग जोड्ने मात्र होइन, भविष्यमा पनि प्रक्षेपण गर्नुपर्दछ । यो अत्यन्त महàवपूर्ण कुरा हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0