पत्रकार न्यौपाने घर फर्किए
धुलिखेल ÷ १४ दिनको अस्पताल बसाईपछि पत्रकार कृष्ण न्यौपाने घर फर्किएका छन् । एकिकृत नेकपा माओवादीको भातृ संगठन
वाईसीएलको कुटाइबाट घाइते ग्रेस एफएमका कृष्ण न्यौपाने अस्पतालबाट घर फर्केका हुन् । स्वास्थ्यमा सुधार आएपछि धुलिखेल अस्पतालले न्यौपानेलाई सोमबार घर पठाएको हो । उनको मेरुदण्डको त्ज्ञद्द हड्डीमा भाँचिएको थियो । त्ठ मा पनि असर परेको थियो । अनलाई २२ दिनपछि फलो अपका लागि अस्पतालले बोलाएको छ । ६ साता बेड रेस्ट सुझाव दिएको न्यौपानेले बताए ।
माघ १६ गते एमाओवादीको दोस्रो जिल्ला सम्मेलनको समाचार संकलनका क्रममा वाईसीएलले उनीसहित अन्य पत्रकारलाई पनि सांघातिक आक्रमण गरेका थिए ।
च्याम्राङ्गवेंसीमा दन्त शिविर
च्याम्राङ्गवेंसी÷आईसिडी नेपाल र सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि.को संयुक्त आयोजनामा एकदिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न भएको छ । शिविरमा ६५ जना बिरामीको दन्त परीक्षण गरेको आईसिडी नेपालका सचिव श्याम तिमल्सिनाले जानकारी दिए । शिविरमा ललितपुर कालेश्वर गाविस, च्याम्राङ्गवेंसी लगायत आसपासका स्थानबाट बिरामी आएको थिए ।
काभ्रे उच्च मावि पनौतीको वार्षिकोत्सव
पनौती÷काभ्रे इङ्गलिस उच्च मावि पनौतीले आफ्नो चौधौं वार्षिकोत्सवमा पदक तथा पुरस्कार वितरण कार्यक्रम बिहिबार सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिवाकर ढुंगेल प्रमुख आतिथ्यतामा भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रबहादुर श्रेष्ठ, अभिभावक तथा कुशादेवी उच्च माविका प्राचार्य रमेश पौडेलको क्रमशः व्यवस्थापन समिति र अभिभावकको तर्फबाट तथा विद्यार्थीहरुका तर्फबाट पदमा श्रेष्ठ र विशाल श्रेष्ठले आफ्ना विचार राखेका थिएँ ।
विद्यालयले शैक्षिक सत्र २०६९ को शैक्षिक र खेलकुद पुरस्कारहरु विभिन्न विधामा वितरण गरेको थियो । साथै विद्यालयका प्राचार्य मनिष मानन्धरले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई कार्यसम्पादनमा उत्कृष्टताका आधारमा सम्मान गरिएको थियो । विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन गराएका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |