गुप्तेश्वर मन्दिर निर्माण हुने
पनौती÷पनौती बोलवल कावरीया संघ पनौतीको आयोजनामा पनौतीका गुप्तेश्वर मन्दिर निर्माण गर्न शिव पुराणको आरम्भ भएको छ ।
माघ २९ गतेदेखि फागुन ९ गतेसम्म संचालन हुने शिव पुराणको राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष तथा पंचाङ्क निर्णायक समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराईले यज्ञ उद्घाटन गरेका थिए ।
पुराण वाचक पण्डित नवराज धिताल तथा शम्भुप्रसाद चालिसेको मुखराबिन्दबाट शिव कथा, भजन किर्तन, दैनिक हवन, लघुरुद्रीका साथै गौरी संकरका उपासक बाबा विश्वनाथबाट शिवशक्ति साधना समेत भईरहेको कुरा आयोजक समितिका अध्यक्ष रामगोपाल नापितले जनाएका हुन् । मन्दिर निर्माण गर्न रु.१० लाख रकम उठाउने लक्ष्य राखि भजन किर्तन पारी समेत निर्माण गर्ने योजना रहेको छ भने शुक्रबारसम्म १ लाख ४३ हजार चन्दा संकलन भैसकेको छ ।
शंखुमा श्रद्धाञ्जली सभा
शंखु÷नेपाली कांग्रेस शंखु गाउँ कार्यसमितिको आयोजनामा कांग्रेस नेता तथा कार्यकर्ताहरुको स्वर्गारोहणमा एक श्रद्धाञ्जली सभा गरेको थियो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति शिवप्रसाद हुमागाईंको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस शंखुका निवर्तमान गाउँ सभापति चेतनारायण श्रेष्ठ, सक्रिय कार्यकर्ताहरु शन्तु तामाङ, काँशिराम श्रेष्ठ, नानीमाया तामाङ र मिनबहादुर हुमागाईंको संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरिएको थियो ।
स्व. चेतनारायण श्रेष्ठ नेपाली कांग्रेसका निडर, क्रियाशील, निडर वक्ता रहेका थिए भन्दै उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको सभापति हुमागाईंले चर्चा गरेका थिए ।
नेता श्रेष्ठ द्वन्द्वको समयमा निडर भई कांग्रेस पार्टीमा सक्रिया रहँदा दश वर्षसम्म निर्वासित जीवन बिताएको कुरा समेत वक्ताहरुले चर्चा गरेका थिए । श्रद्धाञ्जली सभामा क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईं, जिल्ला सदस्य राकेश तामाङ, पूर्व क्षेत्रीय सभापति महेन्द्रबहादुर लामा र माधवप्रसाद श्रेष्ठले समेत स्व. नेता तथा कार्यकर्ताहरुको चर्चा गरेका थिए ।
तीनवटै जेसीजको संयुक्त पदस्थापन
बनेपा ÷ बनेपा जुनियर जेसीज, काभ्रे महिला जेसीज र काभ्रे जेसीजले संयुक्त पदस्थापन गरेको छ । बर्ष २०१२ का अध्यक्षहरुले बर्ष २०१३ का अध्यक्षलाई पदभार हस्तान्तरण गरे पदस्थापन गरेका हुन् ।
काभ्रे जेसीज बर्ष २०१२ का अध्यक्ष गणेशकुमार रञ्जितले २०१३ का अध्यक्ष राजन मानन्धरलाई अध्यक्षीय माला लगाएर पद हस्तान्तरण गरे । काभ्रे महिला जेसीज २०१२ की अध्यक्ष ममता व्याञ्जु श्रेष्ठले २०१३ की अध्यक्ष प्रेमशोभा रञ्जितलाई र बनेपा जुनियर जेसीज २०१२ का अध्यक्ष परेश श्रेष्ठले २०१३ का अध्यक्ष सुनित रञ्जितलाई पदभार हस्तान्तरण गरे ।
कार्यक्रममा काभ्रेको प्रतिनिधित्व गरेर महत्वपुर्ण पदमा पुगेका प्रहरी नायव महानिरिक्षक अमृत काजी श्रेष्ठ र स्त्रीरोग विशेषज्ञ डा. विद्या कोख श्रेष्ठ प्रधानाङगलाई सम्मान गरियो । काभ्रे जेसीजका पुर्वअध्यक्ष राम जोशी बुवा राजेन्द्र जोशीको नाममा स्थापना गरेको उत्कृष्ट काभ्रे जेसीज अवार्ड बर्ष २०१२ का कार्यकारी उपाध्यक्ष विकास मानन्धर, आमा नानीमैया जोशीको नाममा स्थापना गरेको नानीमैया उत्कृष्ट महिला जेसीज अवार्ड बर्ष २०१२ की कोषाध्यक्ष प्रेमशोभा रञ्जितलाई प्रदान गरियो । पुर्वअध्यक्ष मिलन गुरुङले आफ्ना स्वर्र्गिय बाबु खोमबहादुर गुरुङको नाममा स्थापना गरेको उत्कृष्ट शाखा सञ्चालक सदस्य अवार्डबाट बर्ष २०१२ का उपाध्यक्ष रमेश श्रेष्ठ पुरस्कृत भए । पुर्वअध्यक्ष प्रकाश श्रेष्ठले हजुरवुबा राम श्रेष्ठको नाममा स्थापना गरेको उत्कृष्ट कार्यक्रम संयोजक बर्ष २०१२ का उपाध्यक्ष सुमन चौप्रधानलाई र विकास श्रेष्ठले हजुरवुबा राम श्रेष्ठको नाममा स्थापना गरेको उत्कृष्ट जुनियर जेसीज पुस्कार जुनियर जेसी कैलाश कुँवरलाई प्रदान गरियो ।
कार्यक्रमको विज्ञान, प्रविधी तथा वातावरण मन्त्री डा. केशवमान शाक्यले उद्धघाटन गरेका थिए । उनले बनेपा, पनौती, धुलिखेल र आसपासका क्षेत्रलाई समेटेर यसलाई विज्ञान प्रविधीको केन्द्र बनाउने बताए । कार्यक्रममा नेपाल जेसीजका पुर्वअध्यक्ष राजेन्द्र न्याछो, क्षेत्र ग का निरुपित राष्ट्रिय उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सम्मानित व्यक्तित्व अमृतकाजी श्रेष्ठ, काभ्रे जेसीजका निवर्तमान अध्यक्ष गणेश रञ्जित, बर्ष २०१३ का अध्यक्ष राजन मानन्धर, काभ्रे महिला जेसीज बर्ष २०१३ की अध्यक्ष प्रेमशोभा रञ्जित, बनेपा जुनियर जेसीज बर्ष २०१३ का अध्यक्ष सुनित रञ्जित, काभ्रे जेसीज बर्ष २०१३ का उपाध्यक्ष नगेन्द्र अधिकारी लगायतले जेसीज अभियानबारे चर्चा गरेका थिए । नगेन्द्र अधिकारी ÷ बनेपा
राज्यको करोडौँ लगानीमा बनेको सुचना प्रविधि (आईटी ) पार्क अझै सञ्चालनमा आउन सकेको छैन ।
सरकारी तथा नीजि क्षेत्रको सञ्चालन विवादका कारण हुँदा यो पार्क सञ्चालनमा आउन सकेको छैन । पछिल्लो समय यसलाई नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने चर्चा पनि हुने गरेको छ । नीजी क्षेत्र काम गर्न इच्छुक रहेको र यसको जिम्मेवारी आफुलाई दिए सञ्चालन गरेर देखाउने बताउँछ ।
सरकारी निकाय भने नीजि क्षेत्र यसप्रति आकर्षित हुन नसकेको बताउँदै आएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का महासचिव अमृतकुमार पन्त नीजि क्षेत्रले पटक पटक माग गरेपनि सरकारी निकायले चासो नदिएका कारण सञ्चालन आउन नसकेको बताउँछन् । “हामीले पटक पटक भनेका छौँ, तर राज्यको नेतृत्व तहमा बस्नेको स्पष्ट नीति नहुँदा र राजनैतिक फाइदा मात्रै हेरिएकाले आइटी पार्क सञ्चालनमा आउन नसकेको हो । ” उनले भने । यसका लागि क्यानले नीजि क्षेत्रलाई २५ बर्षसम्म लिजमा दिनुपर्ने, विद्युत आपुर्तिको लागि छुट्टै डेडिकेटेड फिडरको व्यवस्था हुनुपर्ने, पार्कमा प्रयोगको लागि ल्याइने सामानमा भन्सार छुट हुनुपर्ने र यहाँ रहने कम्पनीको लागि कर्पोरेट ट्याक्स (कर) लगाउनुपर्ने माग गरेको छ ।
यता सरकारी निकाय भने नीजि क्षेत्रले माग मात्रै तेर्साएकाले काम हुन नसकेको बताउँछन् । “उहाँहरु बस्छौँ मात्र भन्नुहुन्छ, सरकारी सम्पति हो, केही उपलव्धी भएन भने उहाँहरुलाई दिएर मात्रै भएन । ” विज्ञान तथा प्रविधी मन्त्रालयका सचिव केशव भट्टराईले भने । उनी छिट्टै यसलाई सञ्चालन गर्न गृहकार्य भइरहेको बताउँछन् ।
“मन्त्रालय अन्तर्गतको सुचना तथा प्रविधी विभाग त्यही राख्छौ, त्यसले नै नीजि क्षेत्रलाई दिने विषयमा प्रकृया अगाडी बढाउँछ । ” उनले भने ।
क्यान काभ्रेका अध्यक्ष कैलाश पलाञ्चोके पनि नीजी क्षेत्रलाई दिएर पार्क सञ्चालनमा ल्याउनुपर्ने धारणा राख्छन् । काभ्रे उद्योग वाणिज्य संघका सचिव समेत रहेका पलाञ्चोके यही हालतमा पार्क राख्न नहुने तर्क गर्छन् । “सोचको स्केलमा त नचल्ला तर नीजि क्षेत्रलाई दिने हो भने विस्तारै काभ्रेको गौरवको रुपमा रहेको आइटी पार्क सञ्चालन गरेर देखाउने छौँ । ”
यसको लागि सरकारी निकायको सहयोग र साथ चाहिने उनको तर्क थियो । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्य पनि यसलाई सञ्चालन गर्न सकिए सबै क्षेत्रले फाइदा लिन सक्ने बताउँछन् । “स्थानीय व्यवसायीहरुले प्राथमिकता पाउनुपर्यो, यो आइटीपार्क सञ्चालन हुन सक्यो भने सबैलाई राम्रो हुन्छ । ” उनले भने ।
अर्को तर्फ सुचना तथा प्रविधिको काम गर्न बनाइएका यी संरचना शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरेर खुल्ला विश्वविद्यालयको लागि प्रयोग गर्ने चर्चा पनि सुनिन थालेको छ । मन्त्रालयका सचिव भट्टराई निश्चित समय प्रयोग गर्नेबारे छलफल भएको भएपनि निर्णय नभएको बताउँछन् । “केही समयको लागि केही भौतिक संरचना प्रयोग गर्नको लागि माग गर्नुभएको हो, उनले भने,
“प्रयोग गर्न दिने की भन्ने सम्मको कुरा भएको छ, निर्णय भएको छैन । ”
भौतिक पक्षको कुरा गर्ने हो भने पनि यो २ सय ५७ रोपनी क्षेत्रफलमा फैलिएको छ । ३० करोडको लगानीमा पहिलो चरणको पुर्वाधार निर्माण सम्पन्न भइसेकका छन् , तर सुचना तथा प्रविधी सम्वन्धी काम हुनुपर्ने यो पार्कमा आजकाल विभिन्न मेला, महोत्सव, पार्टीको कार्यक्रम हुने गरेको छ ।
धेरैको डेटिङ स्थल पनि यो बन्ने गरेको छ । त्यसैले यसलाई आज धेरैले “लभपार्क” पनि भन्ने गरेका छन् । पछिल्लो समयमा पार्कमा आइटीको सफ्टवेयर, हार्डवेयर उत्पादन हुँदैन, बरु राजनीति दल र सामाजिक संघसंस्थाको कार्यक्रम गर्ने थलो बनेको छ ।
सूचना प्रविधी सम्वन्धि कार्य गर्न स्थापना भएको पार्क लगभग “भुत बंगला” मा परिणत हुने अवस्थामा छ । केही सुरक्षा कर्मचारीबाहेक कोहीको उपस्थिती पार्कमा छैन । १ सय ४४ सुचना प्रविधी क्षेत्रका इञ्जिनियरलयाई एक पटकमा रोजगारी दिन सक्ने पार्क सञ्चालनमा नआउदा जनशक्ति विदेशिरहेको अवश्था पनि छ ।
बनेपालाई विज्ञान र प्रविधीको केन्द्र बनाउँछु ः मन्त्री
बनेपा ÷ विज्ञान, प्रविधी तथा वातावरण मन्त्री डा. केशवमान शाक्यले बनेपा, पनौती, धुलिखेल र आसपासका क्षेत्रलाई समेटेर यसलाई विज्ञान प्रविधीको केन्द्र बनाउने बताएका छन् । यो विषय छलफलमा रहेको जानकारी दिँदै मन्त्री शाक्यले सरोकारवालाहरुसँग छलफल गरेर यसलाई छिट्टै टुङग्याउने बताए ।
शनिवार बनेपामा काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजको उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री शाक्यले काभ्रेको सुचना प्रविधी पार्क (आइटीपार्क) लाई छिट्टै सञ्चालन गर्ने आफुले पहल गरिरहेको बताए । “पार्कमा र्न सुचना प्रविधी विभाग छिट्टै सञ्चालन गर्न लागेका छौँ, अव आइटीपार्क छिट्टै चल्छ । उनले भने । उनले आइटिपार्कको केही संरचना खुल्ला विश्वविद्यालयलाई सञ्चालन गर्न दिन लागेको पनि बताए ।
“खुल्ला विश्वविद्यालय पनि सुचना प्रविधी अन्तर्गत नै पर्छ, केही संरचना यसलाई प्रयोग गर्न दिने बारे छलफल भइरहेको छ । ” उनले भने । पार्कमा नै न्युक्लियर टेक्नोलोजि सेन्टर, वायोलोजिकल टेक्नोलोजि सेन्टर र स्पेस टेक्नोलोजि सेन्टर स्थापना गर्ने तयारी भरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।
धुलिखेल जेसीज र धुलिखेल जुनियर जेसीजको पदस्थापना
धुलिखेल जेसीजले पनि १४ औं तथा धुलिखेल जुनियर जेसीजले ९ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।
धुलिखेल जुसीजका २०१२ का अध्यक्ष सुमन माकजु ले २०१३ का अध्यक्ष मञ्जु कुमार कोजुलाई र जुनियर जेसीजका २०१२ का अध्यक्ष राजेश यगोलले २०१३ का अध्यक्ष श्याम यगोललाई, अधक्षीय माला सहित आफ्नो पद हस्तानतरण गरेका हुन । उक्त अवसरमा २०१२ मा विभिन्न पदमा रहि उतकृष्ट कार्य गरेबापत सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर भोलश्वर दुलाल, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सुभाषचन्द्र भट्टराई, राष्ट्रिय उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, अन्तराष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष राजेन्द्रराम श्रेष्ठ लगायतले जेसीज अभियानबारे चर्चा गरेका थिए ।
बनेपा ÷ बनेपा जुनियर जेसीज, काभ्रे महिला जेसीज र काभ्रे जेसीजले संयुक्त पदस्थापन गरेको छ । बर्ष २०१२ का अध्यक्षहरुले बर्ष २०१३ का अध्यक्षलाई पदभार हस्तान्तरण गरे पदस्थापन गरेका हुन् ।
काभ्रे जेसीज बर्ष २०१२ का अध्यक्ष गणेशकुमार रञ्जितले २०१३ का अध्यक्ष राजन मानन्धरलाई अध्यक्षीय माला लगाएर पद हस्तान्तरण गरे । काभ्रे महिला जेसीज २०१२ की अध्यक्ष ममता व्याञ्जु श्रेष्ठले २०१३ की अध्यक्ष प्रेमशोभा रञ्जितलाई र बनेपा जुनियर जेसीज २०१२ का अध्यक्ष परेश श्रेष्ठले २०१३ का अध्यक्ष सुनित रञ्जितलाई पदभार हस्तान्तरण गरे ।
कार्यक्रममा काभ्रेको प्रतिनिधित्व गरेर महत्वपुर्ण पदमा पुगेका प्रहरी नायव महानिरिक्षक अमृत काजी श्रेष्ठ र स्त्रीरोग विशेषज्ञ डा. विद्या कोख श्रेष्ठ प्रधानाङगलाई सम्मान गरियो । काभ्रे जेसीजका पुर्वअध्यक्ष राम जोशी बुवा राजेन्द्र जोशीको नाममा स्थापना गरेको उत्कृष्ट काभ्रे जेसीज अवार्ड बर्ष २०१२ का कार्यकारी उपाध्यक्ष विकास मानन्धर, आमा नानीमैया जोशीको नाममा स्थापना गरेको नानीमैया उत्कृष्ट महिला जेसीज अवार्ड बर्ष २०१२ की कोषाध्यक्ष प्रेमशोभा रञ्जितलाई प्रदान गरियो । पुर्वअध्यक्ष मिलन गुरुङले आफ्ना स्वर्र्गिय बाबु खोमबहादुर गुरुङको नाममा स्थापना गरेको उत्कृष्ट शाखा सञ्चालक सदस्य अवार्डबाट बर्ष २०१२ का उपाध्यक्ष रमेश श्रेष्ठ पुरस्कृत भए । पुर्वअध्यक्ष प्रकाश श्रेष्ठले हजुरवुबा राम श्रेष्ठको नाममा स्थापना गरेको उत्कृष्ट कार्यक्रम संयोजक बर्ष २०१२ का उपाध्यक्ष सुमन चौप्रधानलाई र विकास श्रेष्ठले हजुरवुबा राम श्रेष्ठको नाममा स्थापना गरेको उत्कृष्ट जुनियर जेसीज पुस्कार जुनियर जेसी कैलाश कुँवरलाई प्रदान गरियो ।
कार्यक्रमको विज्ञान, प्रविधी तथा वातावरण मन्त्री डा. केशवमान शाक्यले उद्धघाटन गरेका थिए । उनले बनेपा, पनौती, धुलिखेल र आसपासका क्षेत्रलाई समेटेर यसलाई विज्ञान प्रविधीको केन्द्र बनाउने बताए । कार्यक्रममा नेपाल जेसीजका पुर्वअध्यक्ष राजेन्द्र न्याछो, क्षेत्र ग का निरुपित राष्ट्रिय उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सम्मानित व्यक्तित्व अमृतकाजी श्रेष्ठ, काभ्रे जेसीजका निवर्तमान अध्यक्ष गणेश रञ्जित, बर्ष २०१३ का अध्यक्ष राजन मानन्धर, काभ्रे महिला जेसीज बर्ष २०१३ की अध्यक्ष प्रेमशोभा रञ्जित, बनेपा जुनियर जेसीज बर्ष २०१३ का अध्यक्ष सुनित रञ्जित, काभ्रे जेसीज बर्ष २०१३ का उपाध्यक्ष नगेन्द्र अधिकारी लगायतले जेसीज अभियानबारे चर्चा गरेका थिए ।
धुलिखेल जेसीज र धुलिखेल जुनियर जेसीजको पदस्थापना
धुलिखेल जेसीजले पनि १४ औं तथा धुलिखेल जुनियर जेसीजले ९ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।
धुलिखेल जुसीजका २०१२ का अध्यक्ष सुमन माकजु ले २०१३ का अध्यक्ष मञ्जु कुमार कोजुलाई र जुनियर जेसीजका २०१२ का अध्यक्ष राजेश यगोलले २०१३ का अध्यक्ष श्याम यगोललाई, अधक्षीय माला सहित आफ्नो पद हस्तानतरण गरेका हुन । उक्त अवसरमा २०१२ मा विभिन्न पदमा रहि उतकृष्ट कार्य गरेबापत सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर भोलश्वर दुलाल, राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सुभाषचन्द्र भट्टराई, राष्ट्रिय उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, अन्तराष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष राजेन्द्रराम श्रेष्ठ लगायतले जेसीज अभियानबारे चर्चा गरेका थिए ।
एम्बुलेन्स व्यवस्थापन र शैक्षिक स्तरोन्नति गर्न महायज्ञ
पनौती÷श्रीमद् भागवत प्रचार प्रसार सेवा संघ पनौती उपसमिति तथा पुण्य मावि पनौतीको आयोजनामा एम्बुलेन्स सेवाको व्यवस्था एवं शैक्षिक स्तरोन्नति र भौतिक व्यवस्थापनको उद्देश्यले फागुन ७ गतेबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संचालन हुने भएको छ ।
नेपालका शान्तिदूत आध्यात्म शिरोमणि पण्डित रामकृष्ण उपाध्यायबाट वैज्ञानिक विवेचना सहित संगीतमय महायज्ञ संचालन हुने भएको कुरा महायज्ञ मूल आयोजन समितिका संयोजक रमेशचन्द्र कर्माचार्यले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
फागुन ७ गतेदेखि १४ गतेसम्म संचालन हुने यज्ञ पनौती श्रीराम पार्टी प्यालेसमा हुने भएको छ ।
ईलाकास्तरीय योजना तर्जुमा गोष्ठी
धुलिखेल÷सहभागीतामूलक योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी आगामी आ.व. ०७०÷०७१ को वार्षिक जिल्ला विकास योजना तर्जुमा गर्ने क्रममा इलाकास्तरमा इलाकास्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा इलाकास्थित गाविसहरुले गाउँ परिषद्बाट पारित गरी पेश गरेका विषयगत जिल्ला र केन्द्रस्तरीय योजनाहरुको प्राथमिकता क्रम निर्धारण गरिएको छ ।
तर अपेक्षाकृत रुपमा प्राथमिकता क्रम निर्धारण सहज नभएको र गाविसका असिमित आवहमकर्ताहरुको आधारमा योजनाहरु प्राप्त भएका जनाएका छन् ।
पनौतीमा सामुहिक व्रतबन्ध
पनौती÷वर्षेनी श्रीपञ्चमीका दिन सामुहिक शुभब्रतबन्ध हुँदै आएको श्री इन्द्रेश्वर महादेव मन्दिर परिसरमा यसवर्षपनि भव्य रुपमा सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ ।
विगत पन्ध्रवर्ष देखि शुरु गरिएको सामुहिक ब्रतबन्धलाई निरन्तरता दिँदै आयोजक श्री इन्द्रेश्वर महादेव मन्दिरका पुजारी शिवप्रसाद जंगम र अभिभावकको भूमिका निर्वाह गर्ने कलाकार मुकुन्द थापाले ब्रतबन्ध काय गरेका थिए । करीब ५० जना बटुकहरुको ब्रतबन्ध गराइएको आयोजक पुजारी जंगमले बताए ।
विद्यालय र मन्दिर बनाउन महायज्ञ
चण्डेनी ÷ विद्यालयको भवन निर्माण र पुरानो मन्दिरको जिर्णोद्धारको लागि चण्डेनीमण्डनमा आज बाट महायज्ञ शुरु भएको छ ।
चण्डेनीस्थित उमा सहशिक्षालय उच्च माविको भवन पुरा गर्न र उमादेवी मन्दिर जिर्णोद्धार गर्नको लागि रकम जुटाउन महायज्ञ लगाइएको हो । २००४ सालमा स्थापना भएको विद्यालयमा नयाँ बन्न लागेको भवनको लागि रकम अभाव भएपछि महायज्ञ लगाइएको विद्यालयका प्रधानाध्यपक अच्युतप्रसाद नेपालले जानकारी दिए । ४४ लाख लागत स्टमेट गरिएको ४ कोठे पक्की एकतले विद्यालय भवनको लागि शिक्षा विभाग मार्फत १९ लाख ५० हजार मात्रै छुट्याइएको छ । वाँकी रकम अभावकै कारण भवन अधुरो रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक रामजी सापकोटाका अनुसार, महायज्ञबाट ५० लाख उठ्ने अपेक्षा गरिएको छ । महायज्ञबाट उठेको पैसाबाट विद्यालय प्रागंणमा नै रहेको उमादेवी मन्दिर पनि जिर्णोद्धार गरिनेछ ।
फाल्गुन १४ गते सम्म चल्ने महायज्ञमा पण्डित मुकुन्द नेपाल र नवराज पराजुलीले प्रवचन दिनेछन् । महायज्ञमा सहयोग गर्नेलाई आयोजकले विभिन्न सम्मानको कार्यक्रम समेत राखेका छन् ।
दुर्घटनामा २ को मृत्यु, २० घाईते
कानपुर ÷ कानपुरबाट जन्ती लिएर दाप्चा जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ ।
दुर्घटनामा परि २० जना घाईते भएका छन । बा.२ ख ९५०१ नम्बरको मिनिट्रक कानपुर २ मा दुर्घटना हुँदा मेच्छे ५ का २७ बर्षिया जगदीश नेपाली र ४५ बर्षिया काउचे भन्ने कान्छा भुजेलको मृत्यु भएको हो ।
ट्रक सडकबाट खसेर १० मिटर तल रहेको कालिका प्रा.विको प्राङगणमा पुगेको थियो । दुर्घटनामा परि घाईते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । गम्भीर घाईते रहेका कान्छा नेपालीलाई थप उपचारको लागि काठमाडौ पठाईएको छ । दुर्घटनामा परि बेहुला प्रविण नेपाली समेत घाईते भएका थिए ।
उनको हात भाँचिएको छ । ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक सुवास खडकाका अनुसार, घटनको कारणबारे यकिन भन्न नसकिने भएपनि प्रारम्भिक अनुसन्धानमा चालकको लापार्वाहीको कारण दुर्घटना भएको देखिएको छ । ‘घटनाको थप अनुसन्धान गरिरहेका छौ ।’ उनले भने । दुर्घटनामा परी घाईते भएका बेहुला नेपाली भकुण्डेबेशीमा उपचार गराएर केही आफन्त लिएर बेहुली लिन दाप्चाबेशी पुगेका थिए ।
सदस्यहरुलाई फलफुलको विरुवा
चामखर्क ÷ पनौती नगरपालिकाको चामखर्कमा संस्थाले सञ्चालन गरेको ी।न्।ऋ।म्।ए। कार्यक्रम अन्र्तगतको नागरीक सचेतना केन्द्रका सदस्यहरुलाई सामुदायिक उत्थान मञ्च (सिफ) नेपालले फलफुलको विरुवा वितरण गरेको छ ।
संस्थाले सञ्चालन गरेको हिउदे पतझर फलफूल खेती सम्बन्धी तालीम प्राप्त गरेका ६५ जना सहभागीहरुलाई नगरपालिकाका कार्यकारी अधिकृत सुदेब कुमार प्रोखरेलले जापानीज हलुवावेदको विरुवा वितरण गरेका हुन ।
सहयोग पएपछि विभिन्न कारणले आफुहरु पछि परेको र यस्ता सिप सिकेर समुदायको बिस्तारै परिवर्तन भएको कुरा नामगरिक सचेतना केन्द्रकका संयोजक पदम तामाडले बताए ।
कार्यक्रममा सिफ नेपाल काभ्रेका अध्यक्ष समुन्द्रलाल श्रेष्ठ, पनौती नगरपालिकाका प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, सामाजिक बिकास शाखा प्रमुख केशब बन्जारा, प्रशिक्षक गोविन्द प्रसाद पाण्डे , संस्थाका सामाजीक परिचालक संयोजक बलराम अधिकारी, वडा सचिब राजकुमार श्रेष्ठ, सामाजीक परिचालक गीता तिमल्सिना दाहाल आयआर्जन कार्यक्रमबारे चर्चा गरेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |