Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘नेपाली चलचित्रमा केहि गर्ने सोचले लागेको हुँ’ः कृष्ण कुँवर

प्रभातफेरी अनलाइन १५३३ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१३ साल अघि)
Post Thumbnail

‘नेपाली चलचित्रमा केहि गर्ने
सोचले लागेको हुँ’ः कृष्ण कुँवर
पर्यटकीय नगरी धुलिखेल–६, कुत्तालमा जन्मिएर नेपाली चलचित्र क्षेत्रमा केहि गर्ने उद्धेश्यले नेपाली चलचित्र क्षेत्रमा होमिएका प्रतिभा हुन् कृष्ण कुँवर । लामो समयदेखि सहकारीको क्षेत्रमा सक्रिय उनी सहकारी सम्बन्धी पहिलो चलचित्र “पौरख” मार्फत चलचित्र क्षेत्रमा लागेका हुन् । चलचित्रका निर्माता तथा नायक रहेका उनी चाँडै नै अर्को चलचित्र तथा एउटा वृत्तचित्र बनाउने गृहकार्यमा व्यस्त छन् । उनै प्रतिभा कृष्ण कुँवरसँग मध्यमार्ग साप्ताहिकको कला मनोरञ्जन विशेषको लागि अमरकृष्ण चन्दले गरेको कुराकानीको साराँशः–
कला क्षेत्रमा के देखेर लाग्नुभयो ?
कलाक्षेत्र मेरो मन पर्ने क्षेत्र हो । मेरो ठूलो सौख थियो चलचित्रमा खेल्ने । यस क्षेत्रमा लागेर आफूलाई र आफ्नो प्रतिभालाई सबैसामु चिनाउने अनि नाम कमाउने सौखले गर्दा यस क्षेत्रमा लागें । रहरै रहरले यस क्षेत्रमा लागेको हुँ ।
कहिलेदेखि यो क्षेत्रमा लाग्नुभयो ?
विद्यार्थी जीवनमा कक्षा दशमा पढ्दा विद्यालयको वार्षिकोत्सवमा एउटा नाटक लेखन र अभिनय गरेर कला क्षेत्रमा लागेको हुँ । पछि सहकारीतिर लागें । नेपाली चलचित्र प्रतिको लगाव पहिले देखि नै थियो तर मौका मिलेको थिएन । व्यवसायिक रुपमा नेपाली चलचित्रमा चाहिँ पौरख नामक चलचित्र मार्फत आएको हुँ ।
सहकारीमा लाग्दालाग्दै चलचित्रमा लाग्नुको कारण ?
सानैदेखिको रहरले गर्दा हो ।
पौरख कस्तो चलचित्र हो ?
यो विशुद्ध सहकारी सम्बन्धी चलचित्र हो । यसले सहकारीको सन्देश बोकेको छ ।
सहकारी सम्बन्धी नै विषय रोज्नाका कारण नि ?
म पनि सहकारी क्षेत्रमा नै कृयाशिल भएकोले गर्दा सहकारी विषय रोजेको हुँ । अहिलेको परिस्थिितिमा सहकारीको निकै महत्व छ । एक हिसाबले भन्नु पर्दा सहकारीको माध्यमबाट जुनसुकै कार्य गर्न सहज हुन आउँछ । आफूले कमाएको केहि मात्रामा बचत गर्ने बानी बसाल्यौं भने आपद पर्दा काम लाग्छ । जुन कुरा अझैसम्म कति नेपालीहरुले बुभेका छैनन । त्यसैले सहकारी सन्देश दिन र जो गरीव निमुखा छन् जसले बचत गर्न जानेका छैनन् उनीहरुलाई यस प्रति आकर्षित गर्न र उनीहरुको जीवन अझ सहज बन्न सकोस् भनेर नै सहकारी सम्बन्धी चलचित्र बनाएको हुँ ।
अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म दुईवटा प्रोजेक्टको गृहकार्यमा व्यस्त छु ।
कस्तो प्रोजेक्ट ?
दुइटा भिन्ना भिन्नै धारको प्रोजेक्ट छ । एउटा लागुपदार्थ दुव्र्यसनी र सडक बालबालिका सम्बन्धी रहेको छ । जुन अहिले हाम्रो देश नेपालको ठूलो समस्या बन्न पुगेको छ । यसलाई वृत्तचित्रमा उतार्नको लागि गृहकार्य गरिरहेको छु भने । अर्को देशभक्त शैनिकको गाथालाई लिएर ठूलो पर्दाको चलचित्र बनाउने गृहकार्य गरिरहेको छु ।
तपार्इं आफु यस क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । आफ्नो छुट्टै पहिचान र नाम छ । साथिभाईको माया र सहयोग पाएकोछु ।
अनि तपाईंलाई यसक्षेत्रमा परिवारको कतिको सहयोग छ त ?
परिवारको एकदमै सहयोग छ । परिवार र साथिभाइको सहयोग किना त जुनै काम गर्न पनि गाह्रने पर्छ नि हैनर ?
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
सहकारीतिरै बढी समय जान्छ । आफ्नै सहभागितामा नागरिक समानता नामक सहकारी काठमाण्डौंमा खोलेकोछु त्यसमा पनि केहि समय दिन्छु । बाँकी समय परिवार अनि धर्मकर्म र घुमफिरमा नै बित्ने गर्छ ।
माया के हो ?
मायालाई जसले जसरी बुझ्छ त्यसरी व्याख्या गर्दै आएको पाइन्छ । मायाको परिभाषा दिन गाह्रो छ । तर मेरो विचारमा माया जीवनको जिउने आधार हो । माया बिना जीवन र संसार सोच्नै सकिन्न भन्ने लाग्छ ।
जीवन के हो ?
जीवन अविरल यात्रा हो । जुन एउटा तीतो सत्य हो । दुःख सुखको मिश्रण नै जीवन हो । यो यात्रामा अनेकौं मोडहरु आउँछन् ती मोडहरुलाई पार गर्नु नै जीवनको सार्थकता हो जस्तो लाग्छ मलाई ।
सेक्स के हो ?
सेक्सलाई प्राकृतिक नियम मान्न सकिन्छ । यो एउटा वंश विस्तारको माध्यम पनि हो । यसको सदुपयोग गर्न जान्नुपर्छ । सदुपयोग गर्न नजाने यसले जीवनलाई नै तहस नहस बनाइदिन सक्छ ।
बिहे अघिको सेक्स……………… ?
हाम्रो समाजले यसलाई अझै सहज रुपमा लिन सकेको छैन । त्यसैले एकदमै गलत अनि नाजायज हो । यसले दुर्गति मात्र निम्त्याउँछ । पश्चिमी देशमा बिहे अघिको सेक्स पच्ला तर हाम्रो देशमा पच्दैन ।
अन्तमा…………… ?
मेरो विचार र मलाई स्थान दिनुभएकोमा सर्वप्रथम त मध्यमार्ग साप्ताहिक र तपाईंलाई धन्यवाद । अनि सबै मिलेर आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण सम्बद्र्धन गरौं भन्न चाहन्छु । कला र संस्कृति लोप भए हामी हाम्रो पहिचान र अस्तित्व गुमाउन पुग्छौं । त्यसैले आफ्नो अस्तित्वको रक्षा आफै गरौं भन्न चाहन्छु । कलाक्षेत्रमा लाग्नेले सबै कुरा बुझेर नै लागौं भन्न चाहन्छु ।
वथबलगबmबचण्द्दटठ२थबजयय।अयm
अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयm

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0