Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ग्रामिण भेगमा लघुवित्तको बढ्दो प्रभावकारीता

प्रभातफेरी अनलाइन १२०८ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार (१३ साल अघि)
Post Thumbnail

–      सन्तोष तिमल्सिना

विपन्न र अति विपन्न वर्गमा आयआर्जन बृद्धि गर्नुका साथै रोजगारीको सिर्जना गर्ने उद्धेश्यले ग्रामिण महिलाहरुप्रति लक्षित गरि संचालन गरिने कर्जा र बचत सम्वन्धी कार्य नै लघुवित्त कार्यक्रम हो । सामान्यताया ग्रामिण क्षेत्रमा रहेका गरीब तथा विपन्न घर परिवार प्रति लक्षित गरि सेवाको भावनाले संचालन गरेको वित्तिय कारोवारलाई नै लघुवित्त कार्यक्रम मान्न सकिन्छ । एसियाली विकास बैंकको परिभाषा अनुसार लघुवित्त भन्नाले विपन्न वर्गका घर परिवार र उनीहरुको लघु व्यवसायलाई लघु कर्जा, लघु बचत, लघु विमा र लघु रकमान्तर भन्ने बुझिन्छ ।

बंङ्गलादेशका अर्थशास्त्री प्रा. मोहम्मद युनुसाले सन् १९७६ मा गरीबि निवारणका गर्नका लागि सुरु गरेको ग्रामिण बैकिङ्ग कार्यक्रमलाई लघुवित्त कार्यक्रमको सुरुवातको केन्द्रविन्दु मानिन्छ । बंङ्गलादेशबाट गरिबी न्युनिकरणका लागि लक्षित गरि सुरु भएको  लघुवित्त कार्यक्रम अहिले नेपाल लगायत विश्वका ६० वटा भन्दा बढी देशहरुले अनुशरण गरि रहेका छन्  । नेपालको सन्दर्भमा वि.स १९४४ सालमा स्थापना भएको नेपाल बैङ्क लिमिटेड र त्यसपछि खुलेका नेपाल राष्ट्र बैङ्क (२०१३), राष्ट्रिय वाणिज्य बैङ्क (२०२२) र कृषि विकास बैङ्क (२०२४) लगायतका बैङ्कहरुले लघु कर्जा प्रदान गर्दै आएयता पनि वि.स २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भई प्रजातन्त्रको पुनर्वाहाली पश्च्यात वि.स २०४८ सालमा सरकारले ग्रामिण विकास बैङ्कको स्थापना गरेपछि मात्र औपचारिक रुपमा लघु कार्यक्रमको सुरुवात भएको पाईन्छ  । हाल नेपालमा ग्रामिण विकास बैङ्क, लघु विकास बैङ्क, गैरसरकारी संस्था र सहकारी संस्थाहरुले लघु वित्त कार्यक्रमलाई प्रभावकारी ढंगबाट संचालन गरि करिब ८ लाख भन्दा बढी गरिब तथा विपन्न घर परिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको पाईन्छ ।

विकास बैंक, लघुवित्त बैंक तथा सहकारी संस्थाहरुले लघुवित्त कार्यक्रम अन्र्तगत ग्रामिण भेगका विपन्न र अति विपन्न वर्गका महिला, दलित र जनजातिहरु प्रति लक्षित गरि संचालन गरेको आयमूलक कार्यक्रमहरुले उनीहरुको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउनका लागि व्यापक सहयोग पु¥याएको छ । भौगोलिक विविधताका कारण विकट ग्रामिण भेगमा बसोबास गर्ने यीनै विपन्न वर्गका मानिसहरुका लागि लघुवित्त कार्यक्रम उनीहरुका लागि वरदान नै सावित भएको छ । गरिबी न्युनिकरण तथा ग्रामिण भेगका मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सहकारी संस्थाहरुले नविन सोच, विचार, पद्धति र नविन कार्यशैली सहित नविन ढंगबाट गाँउ–गाँउमा लघुवित्त सेवा प्रदान गर्दै आएका छन् । यतिमात्र नभई ग्रामिण क्षेत्रमा सल्किएको गरिबी र बेरोजगारको डरलाग्दो डंढेल्लोलाई लघुवित्त कार्यक्रमले मथ्थर पार्दै लगेको छ ।  आर्थिक अवस्था कमजोर भएका र बैङ्क तथा वित्तिय संस्थाहरुमा पहुँच नपुगेका मानिसहरु एक आपसमा संगठित भई उनीहरुको आर्थिक, सामाजिक,साँस्कृतिक तथा राजनैतिक विकासका लागि स्थापना गरेको सहकारी संस्थाहरुले नेपालको ग्रामिण क्षेत्रमा बसोबास गर्ने बहुसंख्यक समुदाय एवं विपन्न वर्गका मानिसहरुलाई वित्तिय लगायत सर्व सुलभ रुपमा लघुवित्त सेवा प्रदान गर्दै आएको पाईन्छ । केही बर्ष अघिसम्म विहान बेलुकाको छाक टार्न समेत धौ–धौ पर्नुका साथै कहालिलाग्दो नाजुक आर्थिक अवस्थामा अवस्थामा गुजारा गरी रहेका विपन्न महिलाहरुको जीवनशैलीमा लघुवित्त कार्यक्रमको संचालन संगसंगै परिवर्तनका रेखाहरु कोरिन थालिसकेको छ । लघुवित्त कार्यक्रम विशेषत ग्रामिण भेगका महिलाहरुको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य सहयोग पु¥याएको छ । आफ्नो जीवनको अधिकांश समय घाँस दाउरामा र मेलापातामा नै विताउने ग्रामिण महिलाहरु घरमा कुनै नौलो मानिस वा पाहुना आँउदा समेत लाज र डरले रातोपिरो भएर कुरा गर्ने तीनै महिलाहरुको लघुवित्त कार्यक्रममा आवद्ध भई कारोवार गर्न थालेपपछि उनीहरुमा स्पष्ट बोल्ने बानीको विकास हुँदै गएको छ । केही बर्ष अघिसम्म साथमा सानो रकम हुँदा समेत हात कमाउने यिनै महिलाहरु आजभोली लाखौको कारोवार गर्न सक्षम भई सकेका छन ।

आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक रुपले मात्र हैन देशको भौगोलिक विविधता र विकास निमार्णका कार्यहरुबाट समेत पिछडिएका तमाम दिनदुःखी ग्रामिण भेगका दलित, जनजाति, महिला, किसान, मजदुरहरुको स्तर उन्नतीका लागि सहकारी अभियानको उपलब्धी र लघुवित्त कार्यक्रमको प्रभावकारीले देशको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि उल्लेख्य भूमिका खेलेको पाईन्छ । । ग्रामिण भेगका विपन्न,अति विपन्न र पिछडिएका दलित, जनजाती महिला, किसान मजदुरहरुको आर्थिक, सामाजिक, साँस्कृतिक, बौद्धिक र नेतृत्व विकासका लागि सहकारी संस्थाहरुले  गाँउ–गाँउमा लघुवित्त कार्यक्रम संचालन गरेपछि विपन्न वर्गका ग्रामिण किसान लगायत विभिन्न जाति, धर्म, सँस्कृति र रहन सहनका सबै ब्यक्तिलाई  लघुवित्त कार्यक्रम मार्फत एउटै मालामा उनेर समाजको उन्नती र प्रगतिका साथै गरीबि निवारणका लागि लघुवित्त कार्यक्रमको प्रभावकरीता बढ्दै गएको पाईन्छ । शहरी क्षेत्रमा भन्दा पनि ग्रामिण समुदायमा लघुवित्त कार्यक्रम बढी मात्रामा प्रभावकारी हुँदै गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0