Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मण्डनभेगकै पुरानो शिक्षालयको अवस्था दयनीय

प्रभातफेरी अनलाइन १५१४ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार (१३ साल अघि)
Post Thumbnail

ज्ञानमणि कालोटोपी ÷ चण्डेनीमण्डन

जिल्लाको उत्तरीभेग चण्डेनीमण्डनकै सबैभन्दा पुरानो विद्यालय उमा सह शिक्षालय उच्च मावि अहिले दयनीय अवस्थामा पुगेको छ ।

राणाकालिन जर्जर अवस्थामा पनि सर्वसाधारण जनताका लागि भाषा पाठशालाको रुपमा खोलिएको विद्यालयले अहिले पनि विभिन्न समस्याहरु झेलिरहेको छ । तत्कालिन अवस्थामा मण्डनभेगका चार गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, ज्याम्दी र जैशिथोकको शैक्षिक केन्द्रविन्दुको रुपमा रहेको यो विद्यालय यतिखेर सरोकारवालाहरुको सहयोगको पर्खाइमा छ ।

विसं २००४ सालमा विद्यालय लामो समय सम्म प्राविमा सिमित रहयो । २०४० साल देखि बल्ल तल्ल निमावि सम्मको मान्यता पायो । वि.सं. २०५८ सालमा माविको रुपमा दर्ता भयो भने ०६६ साल देखि उच्च माविको रुपमा अहिले सम्म संचालित छ । “ विद्यालय भवन पक्की बनाउने प्रयास गरिएको छ तर आर्थिक कारणले यसलाई पूर्णता दिन सकिएको छैन । ” विद्यालयका प्रधानाध्यापक अच्युतप्रसाद नेपालले भने ।  उच्च भागमा भएकाले यहाँ खानेपानीको चरम अभाव छ । नजिकै धाराहरु निर्माण गरिएको भएपनि खानेपानी नहुँदा विद्यार्थीहरु समस्यामा रहेका छन् । शौचालय पक्की बनाइए पनि पानीकै अभाव भएकाले भरपर्दो तरिकाले संचालन गर्न सकिएको छैन । विद्यालयमा पुग्नको लागि सडक यातायातको पनि भरपर्दो व्यवस्था छैन । फर्निचरको पनि यहाँ अभाव छ । उच्च मावि भएर पनि भरपर्दो पुस्तकालय र आवश्यक पाठ्यसामाग्री विद्यालयमा छैन ।

हाल विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् । चार वटै गाविसमा सुविधा सम्पन्न निजी तथा सरकारी विद्यालयहरु खुल्दै गएका कारण यहाँ विद्यार्थी संख्या घटेको प्रधानाध्यापक नेपालले जानकारी दिए ।

वि.सं. २०४५ सालको भु–कम्पका कारण भत्किएको भवनलाई पुर्ननिमार्णका लागि नेपाल सरकारबाट २ वटा कोठा निर्माणको लागि सहयोग गरिएको भएपनि त्यतिखेर यो पर्याप्त थिएन । अहिले शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयबाट भुकम्प प्रतिरोधात्मक ४ कोठे भवन निर्माणका लागि करिव २० लाख रुपैँया  आर्थिक सहयोग गरिएको छ तर यसलाई पूर्णता दिन अव २५ लाख रुपयाँ लाग्ने अनुमान गरिएको छ । अन्य आर्थिक विकल्प नहुँदा यहाँ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । यसबाट उठेको रकमले यसलाई र नजिकै रहेको उमादेवीको मन्दिरलाई जिर्णोद्धार गरिने सप्ताह मुल समारोह समितीका अध्यक्ष रामजी प्रसाद सापकोटाले जानकारी दिए ।

बक्समा

महायज्ञबाट हालसम्म   लाख

चण्डेनी ÷ चण्डेनीस्थित उमा सहशिक्षालय उच्च माविको भवन पुरा गर्न र उमादेवी मन्दिर जिर्णोद्धार गर्नको लागि रकम जुटाउन गरिएको महायज्ञबाट शनिवारसम्म    लाख उठेको छ ।

विद्यालयमा नयाँ बन्न लागेको भवनको लागि रकम अभाव भएपछि महायज्ञ लगाइएको हो । ४४ लाख लागत स्टमेट गरिएको ४ कोठे पक्की एकतले विद्यालय भवनको लागि शिक्षा विभाग मार्फत १९ लाख ५० हजार मात्रै छुट्याइएको छ । वाँकी रकम अभावकै कारण भवन अधुरो रहेको छ ।

महायज्ञबाट ५० लाख उठ्ने अपेक्षा आयोजकको छ । महायज्ञबाट उठेको पैसाबाट विद्यालय प्रागंणमा नै रहेको उमादेवी मन्दिर पनि जिर्णोद्धार गरिनेछ ।   महायज्ञ फाल्गुन १४ गते सम्म चल्नेछ  ।  महायज्ञमा पण्डित मुकुन्द नेपाल र नवराज पराजुलीले प्रवचन दिइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु

    0