logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

अव ढुंखर्कमा नै क्याम्पस क्याम्पस खुलेपछि गाउँमा नै खुशियाली

प्रभातफेरी अनलाइन११०३ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार(१३ साल अघि)
Post Thumbnail

राजेन्द्र तिमल्सिना ÷ ढुंखर्क

आफु पढेको पार्वती उच्च माविमा क्याम्पस सञ्चालन हुने खवर सुनेपछि ढुंखर्क गाविस वडा नं.८ कि लक्ष्मी तिमल्सिना खुशीले गद्गद् भइन् ।नजिकै क्याम्पस नभएकै कारण उनी उच्च मावि उतीर्ण भएर पनि ३ बर्ष नपढिकन बसेकी थिइन् । “सबैभन्दा पहिले म नै भर्ना हुन्छु । ” पार्वती उच्च माविमै शिक्षिकाको रुपमा कार्यरत तिमल्सिनाले भनिन् ।

तिमल्सिना जस्ता व्यक्ति धैरैले गाउँमा नै क्याम्पस स्थापना भएकोमा खुशी छन् । घरको नै खाना खाएर क्याम्पस पढ्न जान पाइने भयो भने धेरै  जना व्यक्त गर्छन । “कलेज पढ्न वाहिर जानुपर्ने होला भनेर चिन्ता थियो, अव त गाउँमा नै क्याम्पस खुल्यो, अव त गाँउमा नै पढिन्छ । ” कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत शंकर पराजुलीले भने ।

ढुंखर्कको पार्वती उच्च माविले स्नातक तहमा शिक्षा संकायका कक्षा सञ्चालन गर्न अनुमति पाएको हो । सदरमुकाम धुलिखेलबाट २० किलोमिटर दक्षिणमा रहेको ढुंखर्क गाविसमा क्याम्पस सञ्चालन हुनेभएपछि  पढ्नका निम्ति आफ्ना छोरा छोरी, बुहारी टाढा जान नपर्ने भएकाले गाउँमा सवै खुसि भएका छन् । गाविस भरीकै एक मात्र उच्च मावि पार्वती सो विद्यालयमा शिक्षा र व्यवस्थापन संकायमा कक्षा १२ सम्म पढाइ संचालनमा छ । क्याम्पस स्थापना भएपछि ढुंर्खक च्याम्राङवेसी, सालधारा, मिल्चे, तालढुङ्गा, च्यासिङखर्क, चलाल गणेशथान गाविस लगायतका गाविसका विद्यार्थीमा समेत खुशी छाएको छ ।

गाउँमा क्याम्पस स्थापना गर्नका लागि स्थानीय राजनैतिक दल, स्थानीय लगायतले पहल गरेकै कारण सफल भएको प्राचार्य गोविन्द प्रसाद शर्माले बताए । उनले व्यवस्थापन संकायको पनि सम्वन्धन लिएर बहुमुखी क्याम्पस सञ्चालन गर्न पहल गर्ने पनि बताए ।

यो क्षे    त्रमा क्याम्पस नहुँदा यहाँका विद्यार्थीलाई पनौती, बनेपा र काठमाण्डौँ नै बसेर पढ्नुपर्ने बाध्यता छ । धेरैले त क्याम्पस नभएकै कारण पढाइ छोडेका समेत छन् । क्याम्पस सञ्चालनका लागि आर्थिक श्रोत जुटाउन  विद्यालयले यसअघि महायज्ञ समेत लगाएको थियो ।