logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

लक्ष्मी प्रतिष्ठानको शाखा धुलिखेलमा

प्रभातफेरी अनलाइन२०५३ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार(१३ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ लक्ष्मी प्रतिष्ठानले धुलिखेलमा आफ्नो शाखा कार्यलय स्थापना गरेको छ । काभ्रे जिल्लामा विभिन्न सामाजिक कार्यलय गर्दै आएको संस्थाले यहाँ शाखा कार्यलय स्थापना गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु गौतमले हालसम्म संस्थाले गरेका कार्यबारे प्रस्तुती गरेका थिए । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक शरदचन्द्र पौडेल, रामपुर कृषि क्याम्पसका सहायक क्याम्पस प्रमुख  डा. होम बस्नेत, पुर्व उपसचिव हरि रेग्मी, रोटरीयन अशोक श्रेष्ठ लगायतले संस्थाले सञ्चालन गरेको कार्यक्रमहरु प्रभावकारी भन्दै प्रशंसा गरेका थिए ।
लक्ष्मी प्रतिष्ठान सवारी दुर्घटनामा मृत्यु भएका आफ्ना दुई छोरा कुमार र बलराम गौतमको स्मृतीमा बाबु विष्णु गौतम र आमा लक्ष्मी गौतमले गठन गरेको संस्था हो । २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खानेपानी, ट्राफिक व्यवस्थापन, विकास निंण, युवा रोजगारी लगायतका सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।