Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

महिला शक्ति विकास केन्द्रको गाउँस्तरीय अन्तक्र्रिया

प्रभातफेरी अनलाइन १२४२ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार (१३ साल अघि)
Post Thumbnail

पाँचखाल । एक गैरसरकारी संस्थाले आफ्नो कार्यक्रमबारे सरोकारवालाहरुलाई प्रष्ट पारेको छ ।
गैरसरकारी संस्थाहरुको कार्यक्रम सञ्चालनको पारदर्शिताको सवाल उठिरहेका बेला महिला शक्ति विकास केन्द्रले काभ्रेका चार गाविसहरुमा सञ्चालन गर्दै आएको कार्यक्रमहरुबारेमा पहिलो चरणमा पाँचखालमा गाविसस्तरिय अन्तत्र्रिmया गरेको हो ।
संस्थाकी क्षेत्रिय संयोजक वीणा बस्नेत र कोरलिडर कुसुम दुलालले संस्थाबाट  पाँचखाल गाविसमा सञ्चालन हुँदै आएको कार्यक्रमहरुबारेमा जानकारी गराएका थिए ।
संस्थाले पाँचखालका महिलाहरुलाई २०६६ सालदेखि नेतृत्व विकास, सकारात्मक सोच, महिला–पुरुष समविकास तथा विभिन्न आयमूलक तालिमहरु प्रदान गर्दै आएको छ । काभ्रे जिल्लामा यसैमा आधारित भएर विभिन्न १६ चरणमा तालिमहरु सम्पन्न गरिसकेको बस्नेतले जानकारी दिइन् ।
अन्तक्र्रियामा एनेकपा माओवादीका पाँचखाल गाउँ अध्यक्ष हरिप्रसाद दूलालले पाँचखाल उपत्यकामा महिला हिंसाका घट्नामा कमी नआएकोले संस्थाले हिंसा प्रभावित क्षेत्र लक्षित कार्यक्रम ल्याउन सुझाव दिए ।
उनले पाँचखालमा रहेका दुईसय ७५ एकल महिलाहरुलाई पनि कार्यक्रममा समेट्न सुझाव दिए ।
नेपाली काँग्रेसकी प्रतिनिधि सावित्री लामिछानेले पाँचखालमा विषादीको खुल्लेआम विक्री भइरहेको औंल्याउँदै विष सेवनबाट आत्महत्या गर्ने महिलाको संख्या बढेकोमा चिन्ता व्यक्त गरिन् ।
पाँचखाल गाउँ पारालिगल कमिटीकी अध्यक्ष एवं ग्रामीण महिला बहुद्देश्यीय सहकारीकी अध्यक्ष सुभद्रा अधिकारीले उक्त संस्थाको तालिममा सहभागी भएका धेरै महिलाहरु नेतृत्वदायी भूमिकामा पुगेको उदाहरण दिइन् । नेकपा–माओवादीका प्रतिनिधि लालबाबु बिकले एनजिओ÷आईएनजिओले भन्दा पनि राज्यले नै महिलाको हितमा नीति तथा कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता औल्याए । राप्रपाकी सत्यदेवी थापाले गाउँस्तरमा कार्यक्रम सञ्चालन गर्दा सामाजिक समस्याहरुलाई प्रमुखता दिनु पर्ने तर्क राखे ।
पाँचखाल प्रहरी प्रमुख सई दीपेन्द्र चन्दलसमयमै सूचना दिएमा पूर्ण जिम्मेवारीका साथ महिला हकहित र उनीहरुको रक्षाका लागि पुरै प्रहरी संगठन प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे ।
अन्तक्र्रियामा शिक्षिका सरस्वती चिमौरियाले संस्थाले महिला पुरुष दुबै शक्तिलाई बराबर मानेर कार्यक्रम चलाएकोमा प्रसंसा गर्दै तालिमपश्चातको अनुगमन प्रभावकारी बनाउन आयोजकलाई सल्लाह दिइन् ।
गाविस अध्यक्ष हरिप्रसाद पन्तले स्थानीय निकायसँग समन्वयमा संस्थाले काम गर्दै आएको उल्लेख गर्दै  आगामी वर्षको कार्यक्रम बनाउँदा गाविसको कार्यक्रमसँग समन्वय गरि संस्थाले आर्थिक, प्राविधिक तथा मानवस्रोतमध्ये कुन–कुनामा सहकार्य गर्ने गाविस परिषद अगावै पेश गर्न निर्देशन दिए ।
महिला शक्ति विकास केन्द्रले पाँचखालमा सञ्चालन गरेको विभिन्न चरणका तालिमहरुले आफूलाई निर्भिक भएर बोल्न सक्षम बनाएको, आयआर्जनमा मद्दत गरेको र अधिकारप्रति सचेत बनाएको लामीडाँडाकी सहभागी सूर्यमाया श्रेष्ठले बताइन् ।
तालिममा सहभागी भएपछि निडर भएर आफ्ना कुराहरु राख्न र सीपमूलक काम गर्न मद्दत पुगेको काभ्रे क्याम्पसको बिए प्रथम वर्षमा अध्ययनरत छात्रा मनिता दनुवारले धारणा राखिन् ।
संस्थाले तालिम सञ्चालन गर्दै आएको गाविसहरुको वडातहमा ९ सदस्य रहने वडा महिला समूह र गाविसस्तरमा ९ देखि ११ जना रहने गरि गाउँ महिला समूह गठन गर्दै रहेको पनि संयोजक बस्नेतले जानकारी दिइन् ।
‘यस्तो संरचनाले महिलाको नियमित सहभागिता र कार्यक्रमको दीगोपनालाई टेवा पुग्ने हाम्रो ठम्याइ रहेको छ’, उनले भनिन् । काभ्रेका पाँचखाल, पात्लेखत, नासिकास्थान साँगा र च्याम्राङवेंशीमा संस्थाले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0