Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाथ ज्वरोको जटिलताले हुने मुटुको समस्या डा. सुमनराज ताम्राकार

प्रभातफेरी अनलाइन १८६५ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २०, आईतबार (१३ साल अघि)
Post Thumbnail

मानव मुटुमा लाग्ने विभिन्न रोगहरु मध्ये जन्मजात एवं बाथ ज्वरो बिग्रिएर लाग्न्े मुटुरोगहरु प्रमुख हुन् । यस मध्ये बाथ ज्वरो बिग्रिएर लाग्ने मुटु सम्बन्धी रोग बढ्दो उमेरसँगै थप बिग्रदै जान्छ । बाथ ज्वरोका कारण लाग्ने मुटुरोगमा मुटुका विभिनन भल्भहरुलाई बिगार्दछ । बाथ ज्वरोले मुटुमा रहने चारवटा  भल्भहरु मध्ये देब्रे अरिकल र देब्रे भेन्ट्रिकल बीच रहने माइट्रल नामक भल्भलाई धेरै असर पु¥याउँछ ।
बाथ ज्वरोले मुटुको भल्भलाई असर गर्ने क्रममा भल्भ साँघुरिन सक्छ । वा भल्भ राम्ररी बन्द नहुन सक्छ । भल्भ साँघुरिदा मुटुको एउटा कोठाबाट अर्को कोठामा आवश्यक मात्रा रगत पुग्दैन भने भल्भ राम्ररी बन्द हुन सकेन भने एउटा कोठाबाट अर्को कोठामा पुगिसकेको रगत उल्टो फर्किने हुन हन्छ ।
३८ वर्षिया राधिका थापा (नाम परिवर्तित) महिलालाई लागेको मुटुको समस्या पनि बाथ ज्वरो बिग्रेर लाग्ने मुटुको समस्या हो । उहाँको मुटुको माइट्रल भल्भमा पनि असर पुगिसकेको छ । सामान्यतया माइट्रल भल्भको क्षेत्रफल ४० देखि ६० वर्ग सेन्टिमिटर  हुनुपर्छ । यदि माइट्रल भल्भको क्षेत्रफल २५ वर्ग सेन्टिमिटर भन्दा कम भयो भने क्रिटिकल (निकै संकटपूर्ण) मानिन्छ । उनको माइट्रल भल्भको क्षेत्रफल ९ वर्गसेन्टिमिटर मात्र छ । त्यसैले यसलाई क्रिटिकल मान्नुपर्छ ।
माइट्रल भल्भ साँगुरो भयो भने । फोक्सोमा  अक्सिजन लिई आएको रगत देब्रे भेन्ट्रिकलमा आउन पाउँदैन । देब्रे भेन्ट्रिकलको काम टाउको लगायत शरीरको सबै भागतिर अक्सिजन युक्त रगत पु¥याउनु हो । देब्रे भेन्टिकलमा आवश्यक मात्रामा अक्सिजनयुक्त रगत आइपुगेन भने शरिरभरि अक्सिजनयुक्त रगत पु¥उन सकिदैन । र विभिन्न समस्या देखा पर्छ अक्सिजनको अभावमा ।
माइट्रल भल्भ साँघुरो भयो भने देब्रे अरिकलको रगत देब्रै भेन्ट्रिकलमा जान सक्दैन यसको बदला फोक्सोतिरै  रगतको ब्याक प्रेशर पर्दछ । जसले गर्दा स्याँ स्याँ आउने , ३यार ३यार शुने , सुक्खा खोकी लाग्ने , छटपटि हुने, गोडा तथा कलेजो फुल्ने हुन्छ ।
माइट्रल भल्भ राम्ररी बन्द हुन सकेन भने देब्रे भेन्ट्रिकलमा पुगिसकेको रगत देब्रे भेन्ट्रिकल खुम्चिने क्रममा टाउको तथा शरिर तिर जानु पर्ने अक्सिजनयुक्त रगत देब्रे अरिकलतिर पनि जान्छ । यसले  गर्दा फोक्सो मै ब्याक प्रेसर पर्नुका साथै शरीरतिर पनि आवश्यक मात्रामा रगत पु¥उन सक्दैन र माथि उल्लेखित लक्षण चिन्हहरु नै देखा पर्दछ ।
माइट्रल भल्भ साँगुरो हुँदा यसलाई ठूलो पार्ने वा भल्भ नै फेर्नुपर्ने हुन्छ । भल्भ फेर्ने उपचार तुलनात्मक रुपमा महँगो छ भने भल्भलाई मुटुमा घाउ बनाई वा बेलुनको माध्यमबाट ठूलो पार्ने उपचार प्रविधि चाहिँ कम  खर्चिलो हुन्छ । बाथ ज्वरोका कारण भल्भमा पर्ने असर समयक्रम सँगै बिग्रदै जाने हुनाले यथोचित उपचार नगराएको खण्डमा केहि समयपछि भल्भ फेर्नुपर्ने हुन्छ । भल्भ नफेरुन्जेल वा यसको लागि पालो पर्खिन्जेल मुटु सम्बन्धी लक्षणिक उपचार गराउनु पर्दछ ।
मुटुको भल्भ फेर्नैपर्ने अवस्था आयो आएन थाह पाउन मुटुरोग विशेषज्ञको परामर्श लिई छातीको एक्स रे, इसिजि, इको लगायतका जाँचहरु गराउनुपर्दछ । मुटुको भल्भ फेर्नका लागि शहिद गंगालाल हृदय केन्द्र लगायतका मुटु सम्बन्धी सरकारी अस्पतालमा सरकारी अनुदान पनि प्राप्त हुन्छ । यसका लागि सम्बन्धित निकायमा बुझ्नुपर्ने हुन्छ । मुटु सम्बन्धि यस्तो जटिलता आउन नदिन सानै उमेर (१५ वर्षको उमेरसम्म) मा लाग्ने घाँटी सम्बन्धि टन्सिल सम्बन्धी तथा रुघा खोकीलाई हेलचेक्रेयाई गर्नुहुँदैन  सम्कन्धित डाक्टरलाई जचाँउन लगाई उपचार गराई हाल्नुपर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0