५ हजारले अवलोकन गरे विज्ञान प्रदर्शनी
बनेपा÷बेलर इन्टरनेशनल एकेडेमीले आयोजना गरेको चौथो विज्ञान तथा कला प्रदर्शनी ५ हजारले अवलोकन गरेका छन् । प्रदर्शनीमा जिल्लाका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका करिव ३ हजार ५ सय र अन्य गरी ५ हजार जनाले अवलोकन गरेको विद्यालयले जनाएको छ ।
प्रदर्शनीमा हाइड्रोलीक रोबर्ट, केवलकार, मेशिन सेक्युरिटी सिष्टम, म्याग्नेटिक ट्रेन लगायतका ५५ स्टल थिए । समापन कार्यक्रममा काठमाडाँै विश्व विद्यालयका प्रकृति विज्ञान प्रमुख प्रा. डा. दिपक सुवेदी, पनौती नगरपालिकाका कार्यकारी प्रमुख सुदेवकुमार पोखरेल, प्रहरी उपरिक्षक होम नाथ निरौला, विद्यालयका प्रवन्ध निर्देशक पवनकुमार थापा, उच्च मावि संयोजक उमाकान्त अधिकारी लगायतले प्रदर्शनीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न सहज हुने धारणा राखेका थिए । विद्यालयले विगत ३ बर्षदेखि यस्तो प्रदर्शनी गर्दै आएको छ ।
आदर्श विकासको सहकारी ब्यावस्थापन तालिम
बनेपा÷ आदर्श आथिक विकास बचत तथा ऋण सहकारी संस्थाले संचालक तथा लेखा समितिका पदाधिकारीहरुका लागि १ दिने सहकारी ब्यावस्थापन तालिम दिएको छ । संस्थाको नव निर्वाचित पदाधिकारीहरुलाई संस्थाको कार्य संचालन तथा दैनिक वित्तिय कारोबारलाई चुस्त दुरुस्त राख्नका लागि १ दिने तालिम संचालन गरेको हो । तालिममा सहकारी संस्थाको ऐतिहासिक पृष्ठभमी, सहकारी संस्थाको अवधारण, बिशेषता, सहकारी मूल्य, मान्यता र सिद्धान्तका साथै संचलक तथा लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य र अधिकार, संस्थाको विनियमको बारेमा जानकारी दिईएको थियो । संचालक समिति, लेखा समिति र कर्मचारीहरु १२ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहकारी ऐन, सहकारी संघ÷संस्था दर्ता संचालन, लेखा परिक्षण, अनुगमन तथा नियगमन सम्बन्धी मापदण्ड २०६८ का साथै सहकारी लेखा प्रणली र पल्र्स अनुगमन प्रणली र संस्थाले प्रयोगमा ल्याएको फिन्मेन सफट्वेरका बारेमा जानकारी दिईएको संस्थाका पूर्व संचालक तथा कार्यक्रमका प्रशिक्षक दिपेन्द्र श्रेष्ठले बताए ।
सरल जीवनयापनका लागि आदर्श आर्थिक विकास भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको यस संस्थाले काभ्रेको बनेपा र धुलिखेल नगरपलिका, उग्रचण्डी नाला तथा ढुंखर्क गाविसका करीब १ हजार सदस्यहरलाई वित्तिय तथा अन्य सामुदायिक सेवा प्रदान गर्दै आएको छ । कूल ५० लाख शेयर पूँजी रहेको यस संस्थाले १ करोड ३४ लाख निक्षेप संकलन तथा १ करोड तीस लाख रुपैयाँ ऋण लगानी गरी हालसम्म १ करोड ९० लाख बराबरको कारोवार गर्न सफल भएको संस्थाका ब्यवस्थापक भरत तिमल्सिनाले जानकारी दिए ।
चण्डेनीमण्डनमा स्वास्थ्य शिविर
संगिता नेपाल
जिल्लाको चण्डेनीमण्डनमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा चण्डेनीको आयोजना र ग्लोवल अस्पताल ग्वार्कोको सहयोगमा संचालन गरिएको शिविरमा एक सय पचास जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
उमाशह शिक्षालय उमाविको प्रङ्गडमा संचालित शिविरमा चण्डेनीका अतिरिक्त अन्य छिमेकी गाविसका स्थानियहरुले सेवा लिएका थिए ।
दलित र पिछडिएका वर्गहरुका लागि लक्षित कार्यक्रममा सामान्य स्वास्थ्य जाँचका साथै नाक , कान, घाँटीका विरामीहरुको पनि जाँच गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा चण्डेनीका कोषाध्यक्ष गणेश प्रसाद नेपालले जानकारी दिए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय काभे्रले सोहि गाविसको स्थानिय विन्धवासिनी माविमा संचालन गरेको स्वास्थ्य शिविरमा ४ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । यहाँ मानिसहरुको लागि स्वास्थ्य शिविर लगायत पशुहरुको पनि स्वास्थ्य जाँच गरिएको थियो । १३ सय ५५ वटा नाम्लेका रोगी पशुहरुलाई औषधी वितरण गरिएको आयोजकले जनाएका छन् । फाल्गुन १४ र १५ गते संचालित स्थानीय लाभान्वित बनेका थिए ।
प्रशिक्षार्थी पत्रकार
“आनन्द” गुप्ता बारे चार कुरा ।
शिवजी साह
संक्षिप्त अवधारणा
प्रत्येक दल बारे चार कुरा , चार दल बारे चार कुरा , मधेशी मोर्चा बारे चार कुरा तर अहिले ुगुप्ताबारे चार कुरा ५ । प्रत्येक बस्तु, परिस्थिति र ३६ नाक्रम बारे ब्याख्या विश्लेषण गरियो भने सुक्ष्म तरिकाले त्यसको सवल र कमजोर पक्ष तथा अवसर र चुनौती बारे स्पष्ट अवधारणाहरु बनाउन सकिन्छ । ऐतिहासिक भुतकाल वा अनुतरित भविष्य बारे निश्चित प्रशान र प्रक्षेपणको लागि बिश्लेषण गरिन्छ । निरपेक्ष केहि पनि हुदैन, कोहि पनि हुदैन । त्यसैले बर्तमान समय सापेक्ष बस्तु स्थितिको बिश्लेष०ा गर्नु उचित हुन्५ । यहां जय प्रकाश ुगुप्तॉ “आनन्द” बारे केहि तथ्य उजागर गर्न प्रयत्न गरिएको छ । सत्य तथ्यलाई बिश्लेषणको ५ कुुराले चार भागमा प्रस्तुत गर्न खोज्नु दुहसास हुन सक्छ ।
केही विवरण
परिवर्तन बिरोधी देशी विदेशी शक्तिकोे चंगुलमा फसिकन नेपाली नागरिकको आकांक्षा एक एक गरेर ओझेल पर्दै गएको कसै संग लुकेको छैन । संविधान सभाको निर्वाचन पछि एकिकृत नेकपा माओवादी र म.ज.फो. नेपाल जस्ता परिवर्तनकारी दलहरु जनताद्वारा स्थापित भई अस्तित्वमा आएपछि पनि मुलुकले छलाङ लगाउने क्रममा प्रचण्ड सरकारलाई यथास्थितीवादी शक्तिले घेरा बन्दीमा पारी माधव नेपालको सरकार बनाउन लगाई फोरम नेपाललाई चिरा चिरा पार्ने खेल शुरु गरेको बिर्सन जो कोहिले पनि सक्दैन । तत्कालिन फोरमका मुख्य हर्ताकर्ताले खोई कुन्नी कसरी बुझेका छन् यस बिषय बस्तुलाई र त्सपछि झलनाथ खनालले प्रचण्डको बैशाखी चढी प्रधानमन्त्री त भए तर किरण बादलको रणनितिक पराजय पछि भट्टराई सरकार अस्तित्वमा आयो । त्यस ताका जय प्रकास गुप्त्ताले सिंगो मुलुक र मधेशीको पहिचान प्रति सकारात्मक सोंचलाई अझ बिकसित गर्दै सरकार बनाउन आग्रगामी बाटो पहिल्याई दिए । यसरी गुप्त्तालाई मधेशको पहिचानको लागि जीवन्त यात्रा शुरु भईरहेको अनुभुती भईरहंदा तत्कालिन शाही सरकारले २०५९ सालमा शुरु गरेको अभियोगहरु पुनः ब्युंत्याएर २०६८ मा त्यसै प्रपञ्चित (सम्पतिको सहि मुल्यांकन नगरी प्राविधिक रुपमा हराईएको भनाई र मैले बिशेष अदालतबाट सफाई पाए पछि वकिल सुशिला कार्कीले सर्वोच्च अदालतको न्यायाधिश हुनु अगावै २०६४ असार ११ गतेको कान्तिपुर दैनिकमा मेरो भ्रष्टाचार प्रकरणको मुद्धामा गैर न्यायिक चरित्रको आग्रह बनाई सकेकीबाट कसरी न्याय पाउने रु ( जेपीको ठहर) मुद्धामा बस्तुतः भ्रष्टाचार सम्वन्धी कम तर मधेश आन्दोलनकर्तालाई बढी दण्डित गरेको ठम्याई प्रत्येक जागरुक, संघर्षशिल र परिवर्तनकारी नेपाली नागरिक रहेको छ ।
‘घटना र बिचार’ साप्ताहिकका सम्पादक बबिता बस्नेतको भनाई अनुसार भ्रष्टाचार प्रमाणित भएपछि केहि कालसम्म चुनावमा उठ्न नपाउने र कुनै पद लिन नपाउने भएका कारण जेपीको राजनीति समाप्त भएको ठान्नेहरु अहिले धेरै छन् तर राजनीति पद भन्दा बढी जनताको सेवा र मुलुक प्रतिको उत्तरदायित्व हो भनेर भन्ने हो भने जेपीको राजनीति सकिएको छैन ।
गुप्ताको राजनीतिः
जेपीको सान्र्दभिक भनाई ः राष्ट्रपति महोदय, अन्तरिम संविधानको उद्धेश्य जसरी भएपनि एकथान संविधान दिनु मात्र होईन । मुलुकलाई नयां राज्य व्यवस्थामा रुपान्तरित गराउनु हो । यस निम्ती अन्तरिम संबिधानमा राष्ट्रिय एकता र अखण्डता जस्ता एकाध शब्दहरु मात्र राखिएको छैन, अपितु संघियता, स्वायत्त मधेश, समानुपातिक, समावेशीकरण, सिमान्तकृत, बहिष्कृत जस्ता अनेकन रुपान्तकारी र गम्भीर भावार्थयुक्त शब्दावली पदावलीहरु संबिधानमा छन् । (नयां संबिधान निमार्णको सन्दर्भमा यी शब्दावलीहरुको प्रयोग भैरहेको वा यसलाई ओझेलमा पारिएको छ र यस बारे सजगताको सम्प्रेषण गराउनु पर्ने पनि राष्ट्रपति पदको दायित्व भएको तथ्यप्रति ध्यानाकर्षण गराउन चाहान्छु ।
यसरी स्पष्ट रुपले जनभावना, जन अधिकार र लोक कल्याणकारी कुरा गर्नु एका एक प्रविष्ट भएको होईन । उनी महेन्द्र मोरङ क्याम्पस, मोरङमा २०३५÷०३६ सालदेखि र उप्रान्त किर्तिपुर क्याम्पसमा नेपाल विधार्थी संघको सकृय राजनीति गर्ने व्यक्ति र त्यस पछिको राजनीति क्रममा मुख्य रुपमा गिरिजा प्रसाद कोईराला तिर लागि सकेपछि २०५० सालमा उनै कोईरालाको प्रेस सल्लाहकार भएर समय क्रममा २०५३ मा पहिलो पटक संचार राज्य मन्त्री भए । त्यस पछि २०५९ सम्मको समयावधिमा चर्चामा रहेका गुप्ताको २०६२÷०६३ देखि एउटा राजनितिक अध्याय छ भने त्यस पछि नितान्त नौलो राजनितिक चेत र प्रष्फुटन भएको देखिन्छ । हाल सम्म नेपालको राजनीतिक योगदानमा उहाँको भुमिकालाई संचेत युवाहरुले बिशेष कदर गरेका छन् ।
क) गुप्त्ताको सवल पक्षः
१. युवा अवस्थामा नै राजनीतिक सचेतना पाएको ।
२. गिरिजा प्रसाद कोईरालाको बिश्वास पात्र भई राजनीतिक गुण सिकेको ।
३. देश र मधेशको माग बमोजिम राजनीतिक आयाम बुझ्न सकेको ।
४. सिमान्तकृत, बहिष्कृत, कुठिंत, असहाय नर नारी र युवाको अवस्था बारे अध्ययन गरि विभेदको अवस्था बुझी विद्रोह बारे जन चेतना फैलाउन लागि परेको ।
५. प्रचण्डको भनाई ( प्रतिकान्तिकारी र प्रतिगामीको बिरुद्धमा बिद्रोह नै एक उत्तम विकल्प हुनेछ तथा वीपीको भनाई ( जनताको भावनात्मक एकता कायम गर्न नसकेको मुलुक राष्ट्र हुदैन भन्ने उदगारसंग सहमत हुनु ।
ख) गुप्त्ताको कमजोर पक्ष ः
१. राजनीतिक चेतना भए पनि युवा अवस्थामा मधेश बारे प्रखर हुन नसक्नु ।
२. कुनै द्धेश भावना नभएपनि गिरिजा प्रसाद कोईरालाको छत्र छायामा हुर्के बढेकोले गौरवको साटो अहम भावना वा घमण्ड रहित हुन नसक्नु ।
३. राष्ट्रिय र क्षेत्रिय राजनीति बुझ्न सकेर पनि तत्काल नेतृत्व लिन नसकी गैर राजनीति चारित्रिक व्यक्तित्व संग राजनीतिक सहकार्य गर्नु ।
४. प्रत्येक दलहरुमा बिद्यमान रहेको ब्राम्हणवादसंग कृत संकल्पित भइ लढ्न रणनीति बनाउन नसक्नु ।
५. प्रचण्ड, वीपी र गजेन्द्र नाराणय सिंहको राष्ट्रिय राजनीतिक चिन्तनलाई फ्युजन गर्न नसक्नु ।
६. सकारात्मक सोच भएका राजनीतिज्ञहरु समेतबाट नैतिक जन समर्थन प्राप्त गर्न नसक्नु ।
ग) गुप्त्ताकोलागि अवसर ः
१. युवा जनतालाई एक जुट गर्न सक्ने ।
२. मधेश जन विद्रोह र दोश्रो जन आन्दोलनको प्रतिफललाई उपलब्धिको रुपमा प्रवाहित गर्न सक्ने ।
३. मुलुकलाई सं३ियतामा लगि समानुपातिक समावेशीकर०ा लागु गर्न गराउन सक्ने ।
४. आफु असल र शिक्षित बुद्धिजीवी भएर पनि नवकुलिन वर्ग वा ब्राम्हणवादमा तथा कुनै किसिमको विकृति विसंगतिमा फस्न नसक्ने ।
५. जनतालाई नागरिक सरह मान्ने, बिकासलाई प्रगतीसंग जोड्ने, विद्रोहलाई क्रान्तिसंग मिलाउने, पिछडालाई अगडासंग समान रुपमा हुर्काउने तथा समग्रमा सामाजिक आर्थिक रुपान्तरणमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने ।
३) गुप्त्ताको लागि चुनौती तथा खतरा ः
१. असमान अवसरबाट वञ्चित सम्पुर्ण युवा बेरोजगार र विभेदमा रहेका नागरिकलाई राष्ट्रिय मुख्य धारमा डो¥याउन सक्ने । नसक्ने ।
२. राष्ट्रघाती, देशद्रोही, अलगाववादी, बिखण्डनवादी जस्ता अत्यन्त गंभीर आरोपहरुलाई कसरी खण्डन वा व्यवस्थापन गर्ने ।
३. मधेशलाई हेर्ने नकारात्मक र हेपुवा प्रवृतीले मधेश हिस्रक आन्दोलनको मनस्थितिमा रहेको कुरा र तितो सत्यलाई कसरी कुन बिधिले हल गर्ने ।
४. राज्यमा सम्पुर्ण हिस्सेदारीको लागि चेतनशील रुपमा सशस्त्र गतिबिधिमा होमिएका युवा जनशक्तिलाई र जेलमा सजाय भोगिरहेकालाई कसरी न्याय निसाफ दिलाउन सक्ने । नसक्ने ।
५ मुख्य रुपमा नेपालको विदेश नीति (भारत, चीन, तथा युरोप अमेरिका) बारे ठोस अवधारणा बनाउन सक्ने । नसक्ने ।
६. एउटा दृढ राजनीतिक व्यक्तिले जस्तो आन्तरिक राष्ट्रियता र नेपाली राष्ट्रियतामा म.ज.फो. गणतान्त्रिकलाई कसरी सुदृढ र उर्जावान बनाउन सक्ने ।
कजष्खवभभकजबजद्दटढद्ध२नmबष्।िअयm
महायज्ञमा ४२ लाख संकलन
संगिता नेपाल
जिल्लाको चण्डेनीमण्डन स्थित उमासह शिक्षालय उमाविको भवन निर्माण तथा स्थानिय उमादेवीको मन्दिर सुधारका लागि रकम संकलन गर्ने उद्देश्यले लगाइएको महायज्ञमा ४२ लाख रकम संकलन भएको छ ।
फागुन ६ गते देखी १४ गते सम्म चलेको महायज्ञमा व्यक्तिगत तर्फबाट स्थानिय जैशिथोक गाविसका ठाकुर प्रसाद न्यौपानेले सबैभन्दा वढि एकलाख एक हजार एक सय एघार दान गरेका थिए । त्यस्तै संस्थागत तर्फबाट मण्डन उपत्यका समन्वय समितीबाट पाँच लाख, चण्डेनीमण्डन गाविसबाट एकलाख पच्चीस हजार , महादेवस्थान गाविसबाट एक लाख एक हजार , जैशिथोक गाविसबाट पचासहजार रुपैँया चन्दा प्राप्त भएको थियो । यस्तै अन्य भक्तजनहरुबाट समेत गर्दा करिव ४२ लाख रुपैँया संकलित भएको विद्यालयका प्रधानाध्यपक अच्युत प्रसाद नेपालले जानकारी दिए । संकलित रकमले विद्यालयको निर्माणधिन भवन र मन्दिरको जिर्णोद्धार गरिने उनले जानकारी दिए । महायज्ञमा पण्डितद्धय मुकुन्द नेपाल र नवराज पराजुलीले कथावाचन गरेका थिए ।
प्रशिक्षार्थी पत्रकार
कानमा हाल्ने
सामुहिक प्रयास जरुरी
धुलिखेल ÷ विभिन्न क्षेत्रका सरोकारवालाहरुले मृगौला वेचविखन नियन्त्रणको लागि सामुहिक प्रयास आवश्यक रहेको औल्याएका छन् ।
युएसएआइडी र द एसयिा फाउण्डेशनको सहयोगमा जनअधिकार संरक्षण मञ्चले धुलिखेलमा गरेको “नेपालमा मृगौला बेचविखनको समस्या ः यसका कारण, असर र समाधानका उपाय ” विषयक अन्तरक्रियामा बोल्ने अधिकाशं वक्ताले यसो बताएका हुन् । उनीहरुले यसको सतही कारण भन्दा पनि प्रमुख कारण पत्ता लगाएर यो समस्या समाधानमा जानुपर्ने बताए । गरिवी मात्र कारण नभएको भन्दै यसको गहन खोज हुनुपर्नेमा उनीहरुले जोड दिए । उनीहरुले कानुनी प्रकृयामा समेत केही सुधारको आवश्यकता रहेको औँल्याएका थिए ।
त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका सहप्राध्यापक विद्यान आचार्यले यसको गहन अध्ययन जरुरी भएको तर्क गरे । “नेपालमा काभ्रेमा मात्रै गरिव छैनन्, मृगौला बेचविखनको विकराल स्थिती यहाँ देखिएको छ । ” उनले भने, “सबै पक्षबाट यसको अध्ययन हुनु जरुरी छ । ” उनले आयमुलक कार्यक्रम लैजान पनि यो क्षेत्रमा काम गर्ने संघ संस्थालाई आग्रह गरे ।
स्थानीय विकास अधिकारी गोविन्द कुमार कार्कीले समस्या समाधानको लागि राज्यको सबै पक्ष लाग्नुपर्ने तर्क गरे । उनले आर्थिक तथा सामाजिक सहयोग गर्न जिल्ला विकास समिति सदैव तयार रहेको जानकारी दिए ।
जिल्ला न्यायधिवक्ता शारदा कोइरालाले कानुनमा केही समस्या रहेकाले दोषीलाई कडा कार्वाही गर्न नसकिएको गुनासो गरे । जिल्ला स्वास्थ्य कार्यलयका विन्देश्वर रायले मृगौला बेचेकाको मानसिक तथा शारिरीक रुपमा पनि कमजोर बनिरहेकाले जनचेतनामुलक कार्यक्रम हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी मृगौला बेचेकाहरुले पनि आयआर्जनमुलक काममा सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, पत्रकार भीम गौतम, आयोजक संस्थाका अध्यक्ष राजेन्द्र घिमिरे लगायतले यो समस्या समाधानको लागि सबै सरोकारवालाहरुको सामुहिक प्रयासमा जोड दिएका थिए ।
फूलवारीमा स्वास्थ्य शिविर
फूलबारी÷ लायन्स क्लव अफ काठमाडौं धुम्वाराहीले फुलबारीमा निशुल्क आँखा शिविर गरेको छ । फुलवारीमा नै अनमोल हस्पिटल एण्ड रिसर्च सेन्टर धुम्वाराही काठमाडांैका चिकित्सकहरुको टोलीले फूलबारीका ६ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।
आँखा शिविरमा ३ सय ८६ जनाको आँखा परिक्षण गरिएको थियो । त्रि.वि. शिक्षण अस्पताल, वि.पि. कोइराला नेत्र अध्ययन केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा आधा दर्जन आँखा रोगीहरुलाई मोतियाविन्दुको समस्या देखिएकाले निःशुल्क शल्यक्रिया गरिने आयोजक संस्थाका अध्यक्ष धनराज भँडेलले जानकारी दिए ।
परीक्षणका क्रममा पाठेघर सम्बन्धी समस्या देखिएका ५० जना महिलाहरुको उपचारको लागि विभिन्न स्वास्थ्य संस्थाहरुसँग समन्वय गरिने स्थानीय कुमार दाहालले बताए । परीक्षण पश्चात बिरामीहरुलाई दुवै संस्थाले औषधिहरु निःशुल्क वितरण गरेका थिए ।
क्रान्तिकारी पत्रकार संघ गठन
बनेपा ÷ एकिकृत नेकपा माओवादीबाट हालै अलग भएको नेकपा–माओवादी काभ्रेमा छुट्टै पत्रकार संघ गठन गरेको छ । कुमार गौतमको अध्यक्षतामा ८ सदस्यीय ‘क्रान्तिकारी पत्रकार संघ’ गठन गरिएको हो । सघंको उपाध्यक्षमा रामकृष्ण तिमल्सिना, सचिवमा दिनेश घिमिरे, कोषाध्यक्षमा शंकर ढकाल र सदस्यहरुमा सुजन गौतम, रमेश अधिकारी र रामशरण तोला¨े छन ।
चन्दको आपत्ति
क्रान्तिकारी पत्रकार संघ काभ्रेको सदस्य रहेको भनिएका अमरकृष्ण चन्दले आफु सो पदमा नरहेको जनाउँदै आपत्ती प्रकट गरेका छन् । आफु स्वतन्त्रपुर्वक पत्रकारीता गरिरहेको जनाउँदै चन्दले दल निकटका कुनै संघ संगठनमा नरहेको जनाएका छन् ।
साइडमा
सर्वमंगलाको स्वर्ण महोत्सव मंगलवार
पाँचखाल ÷ पाँचखालको सर्वमंगला उच्च माध्यमिक विद्यालयले फाल्गुन २२ गते आफ्नो स्वर्णमहोत्सव मनाउने भएको छ । विद्यालय स्थापना भएको ५० बर्ष पुगेको अवसर पारेर विद्यालयले विभिन्न साँस्कृतिक कार्यक्रम सहित महोत्वस मनाउन लागेको हो । २०२० सालमा स्थापना भएको बिद्यालयबाट हालसम्म २ हजार ६ सय ८३ जनाले प्रवेशिका उत्तीर्ण गरिसकेका छन् । १ हजार २ सय ७४ जना उच्च माध्यमिक तह उत्तीर्ण भएका छन् । विद्यालयले हालसम्म सहयोग गर्ने व्यक्ति र संघसंस्थालाई सम्मान गर्ने पनि जनाएको छ । महोत्सवमा ग्लुमी गाईजका हरी कर्माचाय र रामहरी न्यौपान लगायतका चर्चित कलाकारहरुले सास्कृतिक प्रस्तुती समेत दिनेछन् ।
साइडमा फोटो सहित सबैभन्दा माथि
हुँमागाईलाई पितृशोक
पनौती÷नेपाली कांगे्रस काभे्र जिल्ला सभापति शिवप्रसाद हुमागाई तथा नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद रघुनाथ हुँमागाईलाई पितृशोक परेको छ । हुँमागाईका पिता लक्ष्मीप्रसादको सोमबार निधन भएको छ । लामो समयदेखी मधुमेह रोगबाट ग्रसित हुमागाईको ८० बर्षको उमेरमा निधन भएको हो । स्व. हुमागाईका चार भाई छोरा र एक छोरी छन् । उनको हिन्दु परम्परा अनुसार सोमबार साँझ नै त्रिवेणीघाट पनौतीमा अन्त्येष्टि गरिएको थियो ।
शव्दयात्रा सम्मान
बनेपा÷ शब्दयात्रा प्रकाशनले विभिन्न विधाका पाँच जनालाई सम्मान गरेको छ । प्रकाशनले ‘वसन्त शर्मा कविता काव्य सम्मान’ डा माधव भट्टराईलाई, ‘नरबहादुर भारती विज्ञान प्रविधि सम्मान’ वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठलाई, भीमभक्तमानसिंह बस्नेत अनुसन्धान सम्मान’ साहित्यिक वाङ्मयका मोहनप्रसाद खनाललाई प्रदान गरेको हो । त्यसैगरी ‘देवीप्रसाद सापकोटा आमसंचार सम्मान’ काभ्रेका पुराना पत्रकार रामचन्द्र हुमागाईलाई र ‘सामाजिक जागरण सम्मान’ मा वृद्धवृदाहरुको स्याहार सुसार गर्दै आएका सगुन शाहलाई प्रदान गरेको थियो ।
आँखा शिविरमा २ सय ५ लाभान्वित
होक्से÷ श्रीरामपाटी भएको आँखा शिविरमा २ सय ०५ आँखाका विरामी लाभान्वित भएका छन् । श्रीरामपाटी युवा क्लबको आयोजना तथा श्री पलाञ्चोक भगवती फिक्स ईटा उद्योगको आर्थिक सहयोग, रेयुकाई एइको मासुनाका आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा १ सय ३९ जनालाई औषधी, ५५ जनालाई चस्मा वितरण गरिएको थियो । १० जनामा मोतियाविन्दु र १ जनामा जलविन्दु भेटिएको थियो । अप्रेशन गर्नुपर्ने अति विपन्न ४ जना मध्ये २ जनालाई अस्पतालले र २ जनालाई उद्योगले उपचार गरिदिने उद्योगका सञ्चालक महेन्द्रकुमार भुजु श्रेष्ठले जानकारी दिए ।
युवा संघमा तीन काभ्रेली
बनेपा ÷ नेकपा एमालेको भातृ संगठन युवा संघमा ३ जना काभ्रेली विजयी भएका छन् । बुटवलमा सम्पन्न महाधिवशेनमा काभ्रेका चन्द्र लामा सचिव, देवसागर लामा र अमित लामा केन्द्रिय सदस्य पदमा निर्वाचित भएका हुन् ।
नेकपा एमाले काभ्रे जिल्ला समिति सदस्य समेत रहेका चन्द्र लामा महेश बस्नेत प्यानलबाट सचिवमा विजयी भएका हुन् । अमित लामा पनि जिल्ला कार्यसमिति सदस्य हुन् । देवसागर र अमित दुवै बस्नेत प्यानलबाट नै केन्द्रिय सदस्य पदमा विजयी भएका हुन् । नीरज आचार्य प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका लेखराज गौतम भने पराजित भए ।
स्टेशनरी व्यवसायी संघमा पुनः भुवन
बनेपा ÷ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा काभ्रेको दोस्रो साधरणसभाले पुन ः भुवन मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा अदुना शाक्य, द्धितीय उपाध्यक्षमा नवीन शाक्य, महासचिवमा सुर्य नारायण नापित, सचिवमा कृष्णराम कार्की र कोषाध्यक्ष लक्ष्मी नारायण खोजु छन् ।
सदस्यहरुमा सदस्यहरुमा हरि धिताल, मोहन तौजले, राजन श्रेष्ठ, जीवन कुमार श्रेष्ठ, नवीन प्रकाश निरौला रहेका छन् । जिल्लामा कूल ४१ वटा स्टेशनरी दर्ता छन् ।
कानमा हाल्ने
२०६३ पछिका अस्थायी शिक्षक आन्दोलित
धुलिखेल ÷ शिक्षक सेवा आयोगले आफुहरुलाई विभेद गरेको भन्दै २०६३ साल बैशाख १० गते पछिका शिक्षकहरु आन्दोलित भएका छन् । स्थायी शिक्षक पदको लागि आयोगले खुलाएको विज्ञापनमा आफुलाई विभेद भएको भन्दै उनीहरुले काभ्रेमा संघर्ष समिति समेत गठन गरेका छन् ।
वासु थापाको अध्यक्षतमा गठन गरिएको संघर्ष समितिको उपाध्यक्षमा दयाराम खतिवडा, कोषाध्यक्षमा जगतकुमारी शाह र सचिवमा माधव पराजुली रहेका छन् । सदस्यहरुमा प्रकाश तिमिल्सना, दिलकुमारी मोक्तान, भिमसेन हुँमागाई छन् । प्रत्येक स्रोत केन्द्रबाट १ जनाको प्रतिनिधित्व हुने गरी समिति विस्तार गरिने अध्यक्ष थापाले जानकारी दिए ।
केन्द्रिय प्रतिनिधीमा छविरमण गौतम र दयाराम खतिवडा छन् । अस्थायी शिक्षकले विभिन्न संघर्षका कार्यक्रम घोषणा गर्दै देशैभर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
भुमे माविले स्वर्ण महोत्सव मनाउने
सरमथली ÷ भुमे माध्यमिक विद्यालय सरमथलीले विभिन्न कार्यक्रम गरी आफ्नो स्वर्ण महोत्सव मनाउने भएको छ । २०१९ सालमा स्थापना भएको विद्यायलले फाल्गुन २१ देखि २३ सम्म महोत्सव गर्न लागेको हो ।
१७ औँ व्याच एसएलसी तयारी गरिरहेको विद्यालयबाट हालसम्म ५ सय ४३ जना उत्तीर्ण भैसकका छन् । महोत्सव अन्तगर्त विभिन्न सम्मान, स्मारिका विमोचन, अत्तिरिक्त कृयाकलाप र सास्कृतिक कार्यक्रम समेत गरिने विद्यालयका प्रधानाध्यापक विरनन्द लामाले जानकारी दिए । महोत्सवको अर्थमन्त्ती बर्षमान पुनल उद्धघाटन गर्दैछन् ।
१५ जनालाई असल ऋणी परिचयपत्र
पनौती ÷ विन्धवासिनी बचत सहकारी संस्था अन्तर समिति पनौतीले १५ जना शेयर सदस्यलाई असल ऋणी परिचयपत्र दिएको छ । सहकारीलृ ८ जना शेयर सदस्यलाई ८ स्वास्थ्य तथा पारिवारिक राहत सुविधा वितरण गरेको छ ।
अन्तर समिति अन्तरगतको समुह संयोजक भेला तथा अर्धवार्षिक कार्यप्रगति समिक्षामा दिइएको जानकारी अनुसार, सहकारीले यसबर्ष ३ वटा महिला समुहका ७५ जना महिलालाई शेयर सदस्य प्रदान गर्ने बनाएको छ । संस्थाले चैत्र २५ गते पनौतीमा पाठेघर क्यान्सर सम्वन्धी प्रारम्भिक स्वास्थ्य परिक्षण गर्ने अन्तर समिति ंसंयोजक रमेशप्रसाद जंगमले जानकारी दिए ।
कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष प्रदिप थापा, ऋण लगानी तथा असुलीं समितिका संयोजक सुरथबहादुर हरिशरण, बनेपा अन्तर समितिका संयोजक कृष्णकुमार केसी लगायतले सहकारी गतिविधीबारे चर्चा गरेका थिए ।
शंखुमा एम्वुलेन्सका लागि महायज्ञ
शंखु ÷ शंखुमा एम्वुलेन्स खरिदका लागि लगाईएको महायज्ञमा करिव ४ लाख उठेको छ । शंखेश्वरी महालक्ष्मी नारी चेतना सिपमुलक सहकारी संस्थाले आयोजना गरेको महायज्ञबाट सो रकम उठेको संस्थाकी अध्यक्ष तुलसीमाया श्रेष्ठले जानकारी दिइन् ।
एम्वुलेन्सको अभाव झेलिरहको सो क्षेत्रमा एम्वुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य सहित महायज्ञ लगाइएको हो । कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता मधु आचार्यले एम्वुलेन्स खरिद गर्नको लागि २५ हजार प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |