Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सार्वजनिक जग्गा मिचेर घर नगरपालिका जानेबाटो भएन

प्रभातफेरी अनलाइन ११४७ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २८, सोमबार (१३ साल अघि)
Post Thumbnail

सार्वजनिक जग्गा मिचेर घर
नगरपालिका जानेबाटो भएन
मापदण्ड मिच्ने घरटहरा भत्काउँछौ ः नगरपालिका
भत्काउन निर्देशन दिन्छु ः प्रमुख जिल्ला अधिकारी
धुलिखेल÷ व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाउँदा नगरपालिका जाने बाटो बन्न सकेको छैन । बाटो नहुँदा कार्यलयका कर्मचारी तथा सेवाग्राहीलाई समेत समस्या परिरहेको छ । जिल्ला प्रंशासन कार्यलय र महिला विकास कार्यलय काभ्रेले पनि सोही स्थानमा सेवा दिइरहेकाले ती कार्यलयका गाडीले लामो बाटो प्रयोग गर्न बाध्य छन् ।
धुलिखेल न.पा. बडा नं. ३ स्थित कि नं ११३६ क्षेत्रफल ०–३–३–० को जग्गा अष्टकाजी विजु श्रेष्ठले मिचि घर निर्माण गरेकाले सार्वजनिक बाटो नै अवरुद्ध भएको छ । यसले गर्दा नगरपालिका जाने बाटो बन्न सकेको छैन ।
मालपोत कार्यालय काभे्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सार्वजनिक बाटो कायम गराउन भनेको छ । पटक पटक लिखित एवंं मौखिक जानकारी गराउँदा पनि अष्टकाजीले अटेर गर्दै आएका छन् । २०६९ माघ १९ गते पनि धुलिखेलका स्थानीय महेश कुमार यगोल, महेन्द्रलाल चोच्छे, इन्द्रलाल चाच्छे, विमल पाण्डे, मनिष श्रेष्ठ, शशि माकजुले जिल्ला प्रशासन कार्यालय काभे्रलाई संयुक्त निवेदन दिएका छन् ।
मालपोत कार्यालय काभे्रमा मिति २०५५÷९÷८ मा  धुलिखेल न.पा. ३ बस्ने तेजनाथ अधिकारीले प्रमाणका लागि प्रतिलिपि पाउन दिएको निवेदनमा उल्लेख भए बमोजिम कि.नं. ११३६, क्षेत्रफल ०–३–३–० को जग्गा नेपाल सरकारको नाममा रहेको पाइन्छ । धुलिखेल नगरपालिकाका तत्कालिन प्रधानपञ्च बेल प्रसाद श्रेष्ठले मिति २०४४ भाद्र ३१ गते दिएको सिफारिसमा पनि यो सरकारी जग्गा नै भएको छोड्नको लागि भनिएको छ ।

२०४० साल जेठ ८ गते तत्कालिन शाही नेपानी सेना जंगी अड्डाले मालपोत कार्यालयमा लेखेको पत्रमा सो जग्गा नेपाली सेनाको एकिन भएकोल नेपाली सेनाको नाममा दर्ता गरी जग्गाधनी प्रमाण–पूर्जा बनाई दिनुहुन भनी तत्कालिन सहायक गणपती रामविक्रम पाण्डेको दस्तखत गरेका छन् ।
यता धुलिखेल नगरपालिका वडा नं. ३ का तत्कालिन वडा अध्यक्ष निलकण्ठ धालाक्षेले धुलिखेल नगरपालिकालाई २०४४ भदौ १२ गतेको सिफारिसमा अष्टकाजी विजु श्रेष्ठको यजेष्ट प्रमाण पेश हुन नआएकोले अष्टकाजीलार्ई   पुन पत्र लेखि पठाउने आदेश २०४४ भदौ १५ गते प्रधानपञ्च बेल प्रसाद श्रेष्ठले दिएका थिए ।
अष्टकाजी विजु श्रेष्ठले पनि सो जग्गा सार्वजनिक हो र पहिलेको नापी मान्छु भनेर मञ्जुरीनामा दिएका छन् तर उनी अझै त्यहाँबाट हटेका छैनन् र प्रशासनले पनि उनलाई हटाउन सकेको छैन ।
धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत गणेश नेपालीले जग्गा मिच्ने काम भएको र नापी कार्यालयको सहयोगमा सार्वजनीक जग्गा छुट्याई कारवाही प्रकृया अगाडी बढाउने बताए । नेपालीका अनुसार, नगरपालिकामा यस्तो मापदण्ड र सार्वजनिक जग्गा मिचिएका धेरै केश रहेको जानकारी आएका छन् ।
उनले स्थानीय राजनीतिक दलको सहमतिमा त्यस्ता संरचना डोजर लगाएर भत्काईने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले यसलाई नगरपालिककाले समाधान गर्नुपर्ने बताउँदै  नगरपालिकाले आवश्यक सुरक्षा माग गरे तुरुन्त प्रहरी परिचालन गर्ने जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0