नवप्रतिभा अगे्रजी माध्यमिक विद्यालयले आफ्नो रजत जयन्ती मनाएको छ । पाँचखाल उपत्यकामै पहिलो सार्वजनिक शैक्षिक गुठी विद्यालयको रुपमा संञ्चालन भएको विद्यालयले २५ वर्ष पार गरेको अवसरमा विभिन्न कार्यक्रम समेत गरेको छ ।
कार्यक्रममा विद्यालयको भवन निर्माणमा सहयोग गर्ने लभग्रिन नेपालका कार्यकारी निर्देशक गोरेकाजी संगत, चन्दादाताहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पुर्व प्रिन्सिपल लगायतलाई सम्मान गरियो ।
सार्वजनीक शैक्षिक गुठी विद्यालय संघ (पेट्सान)का केन्द्रिय उपाध्यक्ष चुडामणी मरासिनीले उनीहरुलाई सम्मान गरेका थिए । विद्यालयबाट ०६६, ०६७, ०६८ सालको प्रवेशिका परिक्षामा उतीर्ण विद्यार्थीहरुलाई सम्मान एवं विदाई गरिएको थियो ।
कार्यक्रममा नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) का केन्द्रिय सचिवालय सदस्य माइला लामा, पेट्सानका केन्द्रिय सचिब जेएस पौडेल, प्याव्सन काभ्रेका अध्यक्ष दिलिप मुखिया, पाँचखाल भिसोका अध्यक्ष राममणी सापकोटा, विद्यालयका संस्थापक अध्यक्ष रुद्रवहादुर वानियाँ, पूर्व अध्यक्ष ईश्वरी राजकुमार मैनाली, पूर्व प्रिन्सिपल बैकुण्ठ प्रसाद न्यौपाने, संस्थापक सदस्य रामहरी आचार्य, आजाद उमाविका प्राचार्य प्रल्हाद तिमल्सीना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हादप्रसाद पराजुली, प्रिन्सिपल सरोज न्यौपाने, सह—प्रिन्सिपल सागर जंग दनुवार लगायतले विद्यालयको उतार चढावबारे चर्चा गरेका थिए ।
विद्यालयले नयाँ व्यवस्थापन समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा संस्थापक सदस्य रामहरी आचार्य र सदस्यहरुमा रामहरी ढुंगाना, सुनिता तिमल्सीना र सुदर्शन आचार्य छन् ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |