Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दिवसमै सिमित नारी दिवस

प्रभातफेरी अनलाइन २६६६ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २९, मंगलबार (१३ साल अघि)
दिवसमै सिमित नारी दिवस

 

ज्ञानमणि कालोटोपी

अन्र्तराष्ट्रिय स्तरमै नारी दिवस मनाउन थालिएको पनि १०३ वर्ष भईसकेछ । विश्वका विभिन्न राष्ट्रहरुले झैं पछिल्ला वर्षहरुमा नेपालले पनि नारी दिवसलाई मनाउन थालेको धेरै भईसक्यो । ८ मार्च लाई नारी दिवसको रुपमा विश्वले मनाउन थालेको प्रायः सबैलाई थाहा छ । यस दिन सबै जसो संघसंस्था, व्यक्ति तथा देशका उच्च ओहदामा आशिन व्यक्तित्वहरुले नारीहरुलाई शुभकामना दिने गरेका छन् । मानौं यो फेशन नै भईसकेको छ पछिल्ला दिनहरुमा ।

विश्वले झैं नेपालले पनि भखर्रै नारी दिवस मनाएको छ । यो दिवसलाई  निरन्तरता दिनु रामै्र कुरा हो । तर पछिल्ला दिनहरुमा नेपालमा महिलाहरु माथी भईरहेका र हुने गरेका शारिरीक, मानसिक तथा घरेलु हिंशालाई केलाउने हो भने यहाँका नारीहरुले यो दिनलाई केवल दिवसको रुपमा मात्र मनाउँदै आएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । कतै दाइजोको निहुँमा महिलालाई यातना दिईएको छ त कतै परिवारले भने जसरी बिहे गर्न नमानेको भन्दै परिवारबाटै जिउँदै जलाईएका घटनाहरु हामीले सुन्दै आएका छौं । अझ अचम्मको कुरा त आफ्नै बाबु तथा हजुरबा नाता पर्नेहरुले छोरी तथा नातिनीहरुलाई बलात्कार गर्ने गरेको जस्ता हामीले सोच्नै नसक्ने खालका विषयहरु सुन्नु पर्दा नेपाल जस्तो देशमा महिलाहरुले के भविष्यको कल्पना गर्न सक्लान् जस्तो आभास हामी सबैमा हुने गरेको छ ।  हिजोआज यस्ता घटनाहरु नसुनिएको कुनै दिन नै छैन भन्दा पनि हुन्छ । यो हाम्रो लागि त नराम्रो कुरा हो नै अझ विश्वमा पनि नेपालको बदनाम गर्ने विषय पनि हो ।

महिलाहरु बलात्कार हुनु, विभिन्न बहानामा उनीहरुको हत्या हुनु तथा परापूर्वकाल देखिकै मान्यताका रुपमा उनीहरुलाई समाजले अर्कै दर्जाको नागरिकका रुपमा हेर्नु जस्ता विषयहरु आधुनिक समयको समाजका लागि परिवर्तनको बाधक मात्र होइनन् कलंक पनि हुन् । यहाँ पुरुषले महिलाहरुलाई दबाएर राख्नुलाई अहिले पनि सामान्य रुपमै लिनु पर्ने अवस्था एकातिर छ भने अर्का तिर महिलाले पनि महिलालाई नै सताएर विभिन्न लान्छना लगाइने गरिएको पनि हामीले देखे सुनेकै छौं । यो पक्कै पनि राम्रो कुरा होइन । एकातिर हामी आधुनिक र परिवर्तित देशको परिकल्पना गरिरहेका छौं भने अर्कातिर पुरातनवादी संस्कृतिको जगेर्ना गर्ने परिपाटीको पनि पछि दगुर्दै छौं । यसले अहिलेको यूवा जमातलाई कतातिर लाग्ने भन्ने भ्रम पनि श्रृजना गरिरहेको छ । पूराना कुरालाई मान्नुलाई यो स्तम्भकारले नराम्रो भन्न खोजेको भने पक्कै होइन । बरु पुराना विषय भित्र रहेका विकृतिहरुलाई हटाएर आवश्यक कुराहरुलाई मात्र अहिलेको पुस्ताले अवलम्बन गनुपर्ने टड्कारो आवश्यकतालाई औंल्याइएको भने पक्कै पनि अनुमान लगाउन सकिन्छ ।

कुरा नारी दिवसकै गरौं । विगत केहि महिना देखि विभिन्न संघसंस्था सँग आबद्ध महिलाहरुले महिलाहरु माथि हुने गरेका अपहरण, बलात्कार, हत्या तथा शारीरिक र मानसिक हिंशालाई पूर्णरुपमा अन्त्य हुनु पर्ने माग सहित प्रधानमन्त्रि निवास वालुवाटार घेराउ गर्दै आईरहेका छन् । सम्पूर्ण देश भरिका महिला यस्ता समस्याबाट पीडित हुदै आईरहेको भएपनि वालुवाटार घेराउ गर्न जानेहरुको संख्या एकदमै न्यून संख्यामा रहेको देखिन्छ । हुन त सबै महिलाहरु वालुवाटार जान सम्भव पनि छैन, भन्न खोजिएको कुरा यो हो कि जहाँका महिला पीडित भएका छन् त्यहाँ पनि उनीहरुले आवाज उठाएका छैनन् । बरु यस्ता हिंशाहरुलाई दबाएरै लुकाएर राख्ने गरेका छन् । यसले हिंशा गर्नेहरुलाई प्रशय दिईरहेको देखिन्छ ।

त्यति मात्र होइन, खुलेआम रुपमा हिडेका महिला हिंश्रकहरुलाई राज्यले पनि कार्वाहिको दायरामा ल्याउन सकेको देखिंदैन । महिनौं देखि आवाज उठाईरहे पनि उनीहरुको आवाजलाई सरकारले सुन्दै सुनेको छैन । राज्यले नै सुन्दैन भने अरुले त यसमा चासो राख्ने कुरा पनि भएन । अनि राज्यले वर्ष भरि अनेक बहानामा यातना पाईरहेका महिलाहरुलाई एक दिन शुभकामना दिनुको के अर्थ रहन्छ र ? अव उनीहरुलाई शुभकामना होइन, वास्तवमै न्याय र इमान्दारिताको वकालत गर्ने सरकारको खाँचो छ । सबै तहबाट विशेषरुपमा प्राथमिकतामा राख्ने हो भने एकदिन हामीले सोचेको जस्तो समाज र देशको निर्माण गर्न सकिएला तर यो दिनको अझ लामो प्रतिक्षा गर्नु पर्ने तितो यथार्थ हामीले बुझेकै छौं ।

हामी नारामा महिलाहरुलाई सबैले हेपिएको र दवाईएको कुरा गर्छौं । तर यति सोच्दैनौं कि मैले पनि महिलाहरुलाई कुनै बहानामा हिंशामा पारेको त छैन !? हुन त यो स्तम्भकारले पनि एउटा लेख लेख्नु छ आज तिमीले मलाई केहि पनि अरु काम नलगाऊ है बरु तिमी नै गर भनेर श्रीमतीलाई घर भित्रैको काममा सिमित राखेर यो स्तम्भ तयार पार्न लागेको यथार्थ नै हो । यस्ता कुरामा आफ्नो घर भित्रै महिलाहरुलाई बन्देज गर्ने यो स्तम्भकार जस्ताले अरु महिलाहरुको पक्षमा वकालत गर्न खोज्नु राम्रो कुरा त होइन नै तर पनि सबैलाई चेतना जगाउन प्रयास गर्नु आफैंमा एउटा राम्रो कामको शुरुवात भने पक्कै पनि हो ।

निश्कर्षमा हामी यो भन्न सक्छौं कि कुनै पनि दिवस मनाउने मात्र होइन त्यो दिवस मनाए पछि के उपलब्धि हासिल भयो भन्ने तिर लाग्नु पक्कै पनि हाम्रो कर्तव्य हो । दिवसलाई दिवसको रुपमा मात्र नभएर सार्थक र उपलब्धि मुलक बनाउन सक्यौं भने प्रत्येक वर्ष मनाउने नारी दिवस जस्तै अन्य दिवसको पनि महत्व झल्केला कि !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0