चट्याङ लागेर दुईको मृत्यु
च्याम्राङवेशी ÷ चट्याङ लागेर च्याम्राङवेशीमा दुई जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन । बिहीवार सा“झ परेको बर्षास“गै चट्याङ लागेर च्याम्राङबेशी गाविसका २ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा च्याम्राङबेशी १ की सरस्वती दाहाल र ७ का कोन स्याङतान रहेका छन । मृतक दाहाल काभ्रेपोष्ट साप्ताहिकमा कार्यरत व्यवस्थापक सागर दाहालकी आमा हुन् ।
चट्याङ लागेर दुई भैसी, बाख्रा र एक हल गोरु समेत मरेका छन । गाविसका बिभिन्न स्थानमा चट्याङ परेको थियो । उक्त गाविसमा धेरै चट्याङ पर्ने गरेको छ । चट्याङ लागेर धेरैले ज्यान गुमाउने गरेका छन् ।
आर्थिक सहयोग बितरण
पनौती ÷ भण्डारीगाउँ खानेपानी उपभोक्ता समितिले ३७ जनालाई आर्थिक सहयोग बितरण गरेको छ । समितिले तेस्रो बार्षिकोत्सवको अवसर पारेर एकल महिना, बुद्धबुद्धा सहित अपा¨लाई ५ सयका दरले आर्थिक सहयोग बितरण गरेको हो । ३ बर्ष अगाडी ९९ लाख रुपैयाको लगानीमा संचालनमा आएको आयोजना मार्फत १ सय ६० घरघुरीले स्वच्छ खानेपानी पाइरहेको अध्यक्ष केदारबहादुर भण्डारीले जानकारी दिए ।
भलिवलको उपाधी मादन क्लवलाई
पोखरीचौरी÷ कोशीपारीको पौखरीचौरीमा भएको क्षेत्र स्तरीय भलिवल प्रतियोगिताकोे उपाधी मादन खेलकुद क्लवले जितेको छ । आयोजक कोशिपारी खेलकुद क्लवलाई हराउँदै क्लवले उपाधी हात पारेको हो । मादनकँुडारी खेलकुद क्लव तेस्रो भयो ।
६ टिमको सहभागिता रहेको खेलको पुरस्कार जिल्ला भलिवल संघ काभ्रेका अध्यक्ष जितेन्द्र श्रेष्ठले वितरण गरेका थिए । उनले प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टीमलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय रेफ्री श्रीराम बोगटी, कार्यक्रम संयोजक एवं आयोजक क्लबका अध्यक्ष इन्द्रप्रसाद चौलागाई लगायतले खेलकुदको महत्वबारे चर्चा गरेका थिए । ५० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको लागि कोशिपारी क्षेत्रका १७ वटै गाविसले २ हजारका दरले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
पुर्व विद्यार्थीद्धारा अक्षयकोष स्थापना
पनौती ÷ इन्द्रेश्वर उच्च मा.वि.पूर्व विद्यार्थी समाजले अक्षयकोष स्थापना गरेको छ । समाजले २ लाख १० हजार बरावरको “श्री इन्द्रेश्वर उच्च मा. वि. पूर्व विद्यार्थी समाज अक्षयकोष, २०६९” स्थापना गरेको हो ।
कोषमा पूर्व विद्यार्थीहरुबाट उपलब्ध गराएको सहयोग र आजीवन सदस्यता शुल्क वापतको आंशिक रकम वापत जम्मा भएको रकम मात्र राखिएको र समाजलाई प्राप्तच हुने रकम कोषमा थप्दै लैजाने समाजका अध्यक्ष बाबुराम हुँमागाईले जानकारी दिए । अक्षयकोष सम्बन्धी व्यवस्थापन गर्न समाजका सदस्य गोविन्द थापाको संयोजकत्वमा समितिका उपाध्यक्ष देवलक्ष्मी स्याउला र कोषाध्यक्ष राजन श्रेष्ठ रहेको तीन सदस्यीय कोष व्यवस्थापन उपसमिति गठन गरिएको छ । सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा अक्षयकोष वापत विशेष खाता खोली रकम जम्मा गरिने समाजले जनाएको छ ।
अस्थायीले भोली ज्ञापन बुझाउने
धुलिखेल ÷ सरकारले आफुलाई विभेद गरेको भन्दै आन्दोलित २०६३ पछिका अस्थायी शिक्षकले सोमबार जिल्ला शिक्षा कार्यलय काभ्रेमा ज्ञापनपत्र बुझाउने भएका छन् । शिक्षक सेवा आयोगले आफुहरुलाई विभेद गरेको भन्दै २०६३ साल बैशाख १० गते पछिका शिक्षकहरु आन्दोलित भएका हुन् । स्थायी शिक्षक पदको लागि आयोगले खुलाएको विज्ञापनमा आफुलाई विभेद भएको भन्दै उनीहरुले काभ्रेमा ३४ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् ।
अस्थायी शिक्षकले विभिन्न संघर्षका कार्यक्रम घोषणा गर्दै आन्दोलन गर्ने जिल्ला संघर्ष समितिका महासचिव ओम खतिवडाले जानकारी दिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |