Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

२ कक्षाकी छात्राले जिशिअलाई भनिन्, “सर, तपाई झेली नगर्नुस् ”

प्रभातफेरी अनलाइन २०१० पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार (१३ साल अघि)
२ कक्षाकी छात्राले जिशिअलाई भनिन्, “सर, तपाई झेली नगर्नुस् ”

विद्यार्थीको सकृयातामा शैक्षिक प्रदर्शनी
२ कक्षाकी छात्राले जिशिअलाई भनिन्,
“सर, तपाई झेली नगर्नुस् ”

नगेन्द्र अधिकारी ÷ बडालगाँउ
काभ्रे ६ बडालगाउँ स्थित विनायक बाल निम्न माध्यमिक विद्यालयले आयोजना गरेको एक दिने शैक्षिक प्रदर्शनीमा सहभागी जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्ट र प्रधानाध्यक नमराज तिमल्सिानालाई २ कक्षा अध्ययनरत छात्रा स्वस्तिका चौलागाई र सुविन लुइँटेलले खेल खेल्न आग्रह गरे । दुवै जना तयार भए । खेलको नियम अनुसार, १ देखि ९ सम्मको नम्वर भएको गोटी हल्लाएर एक, दश र सय लेखिएको तालिकामा जसले पहिला सयसम्मको अंकको पु¥याउँछ, उ नै विजय हुनेछ । पटक पटक हल्लाउँदै, आउने नम्वर तालिकामा भर्ने र जोड्दै सय पु¥याउनुपर्ने थियो । जिशिअ भट्टले नम्वर भर्न हतार के गरेका थिए, उनीहरुलाई खेल खेलाइरहेकी स्वस्तिकाले निडरताका साथ भनिन्, “सर, तपाई झेली नगर्नुस् त ।”
विद्यालयले विद्यार्थीहरुकै सकृयतामा १ दिने शैक्षिक प्रदर्शनीको आयोजना गरेको थियो । ४८ स्टलमा विद्यार्थीहरुले आफुले कितावमा पढेको कुरालाई प्रयोगात्मक रुपमा प्रस्तुत गरेका थिए । उनीहरुले विज्ञान, गाणित, स्वास्थ्य, अंग्रेजी, सामाजिक विषयसंग सम्वन्धित विषयहरुलाई प्रयोग मार्फत आफ्ना अविभावक, छिमेकी विद्यालयका शिक्षक विद्यार्थीहरु र अतिथीहरुलाई आफ्नो प्रतिभा देखाएका थिए । प्रदर्शनीमा गणितीय खेल, चट्याङबाट बच्ने उपाय, मेन्टल च्यालेञ्ज, विङगो, पानी सुद्धिकरण गर्ने विधी लगायत थिए । अवलोकन गर्न पुगेका जिशिअ भट्ट, शिक्षक युनियनका अध्यक्ष नारायणप्रसाद तिमल्सिना, नेपाल शिक्षक संघका अध्यक्ष आश्विन चौलागाई, नेपाल राष्ट्रिय शिक्षक संगठनका निर्वतमान अध्यक्ष ज्ञाननाथ पाठक, अध्यक्ष श्याम पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष महेश पौडेल लगायत अन्य अवलोकनकर्ता पनि विद्यार्थीहरुको क्षमता र विद्यालयको प्रयास देखर दंग परेका थिए ।
कक्षा १ मा अध्ययनरत आशिका वडाल र समिर गौतमले पनि दुई अविभावकलाई खेल खेलाए । उनीहरुले चार्टमा भए अनुसारको हप्ताका ७ दिनका अंग्रेजी नामहरु  मिलाउन आग्रह गरे । खेलमा जसले बारको अनुसारको कार्ड जसले पहिला मिलाएर राख्छ, त्यो नै विजयी हुने नियम थियो ।
उनीहरुलाई पनि कक्षामा शिक्षिकाले यसरी नै खेलको माध्ययमबाट हप्ताका सात दिन पढाएकी थिइन् । त्यही भएर उनीहरु खररर अंग्रेजी बारको नामहरु बताउन सक्छन् । “कितावबाट भन्दा यसरी खेल्दै पढ्न सजिलो पनि, बुझिने पनि ” दुवै एकै स्वरमा भन्छन्, “हामीलाई त घरभन्दा स्कुल नै रमाइलो लाग्छ । यहाँ त कोठा भरी चित्रै चित्र छन् । ”
जिल्लाको नमुना विद्यालयको रुपमा परिचित विद्यालयले बालमैत्री वातावरणमा शैक्षिक सामाग्रीको प्रयोग गरेर अध्यापन गराउने गरेको छ । कक्षाकोठा भरी शिक्षक र विद्यार्थीले बनाएका शैक्षिक सामाग्रीहरु टाँगिएका छन् ।
कक्षा ७ का सरोज गौतमले पनि जादु भन्दै पानीमा अण्डा तैरिनु र नतैरिनुको कारण अविभावक र अन्य विद्यालयका शिक्षक र विद्यार्थीलाई बुझाए । उनले कक्षामा घनत्व पाठमा पठेको कुरा प्रयोगात्मक विधीबाट सिकेका थिए । पढेर मात्रै भन्दा प्रयोगात्मक रुपमा सिकाइ गर्दा थप प्रभावकारी हुने विद्यार्थीकै सकृयतामा प्रदर्शनी गरिएको बताए । “धेरैलाई जादु जस्तो लाग्छ, सोझा हाम्रा अविभावक झुक्किनु पनि हुन्छ तर हामीले प्रयोग नै गरेर वास्तविकता बुझाइदियौँ । ” उनले भने ।
विद्यालयका प्रधानाध्यापक नमराज तिमल्सिना सरकारी विद्यालयमा समेत स्तरीय पठनपाठन हुने सन्देश दिन र स्थानीय स्रोतको प्रयोग गरेर प्रयोगात्मक शिक्षण गर्न सकिन्छ भन्ने बुझाउन कार्यक्रम गरिएको बताउँछन् । “सरकारी विद्यालयको गुणस्तरीयताको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको छ, यो भम्र चिर्न र विद्यालयमा भइरहेको वालमैत्री शिक्षण अभ्यासबारे अरुलाई सिकाउन चाहन्छौ ” उनले भने, “स्थानीय श्रोतको प्रयोग गरेर नै स्तरीय शिक्षण गर्न सकिन्छ । ”
शिक्षक अविभावक संघका अध्यक्ष रमेशप्रसाद न्यौपाने अन्य सरकारी विद्यालयले समेत उदाहरणको रुपमा लिएर शैक्षिक सुधार गनुपर्ने तर्क गर्छन् । “सरकारी विद्यालयको यो प्रयास अरुले पनि अनुशरण गर्न सक्नुपर्छ । ” उनले भने ।
जिशिअ भट्टले विद्यालयको शैक्षिक सुधारको प्रयासको प्रशंसा गरे । उनले सरकारी विद्यालयबारेको आम भ्रम चिर्न प्रदर्शनी फलदायी भएको तर्क गरे । “यो उदाहरणीय काम भएको छ , सरकारी विद्यालयमा राम्रो पढाई हुँदैन, शिक्षकहरुले मिहेनत गर्दैनन् भन्नेहरुको लागि यो दह्रो झापड पनि हो । ” उनले भने, “यस्ता गतिविधीले विद्यार्थीहरुको सर्वाङगीण विकासमा पनि सघाउँछ । ”
विद्यालयले स्थानीय रुपमै उपलव्ध हुने शैक्षिक सामाग्रीको प्रयोग प्रयोगात्मक रुपमा शिक्षण गर्ने गरेको छ । जिल्लाकै नमुना यस विद्यालयको धेरैले प्रशंसा समेत गर्ने गरेका छन् । कति त यहाँ अवलोकन गर्न आउने समेत गरेका छन् । २०५६ सालमा स्थापना भएको विद्यालयमा हाल सय २ सय ५० विद्यार्थी अध्ययनरत छन् । संख्याका आधारमा विद्यालयमा दरवन्दी अभाव छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0