सार्वजनिक जग्गा आम नागरिकको सम्पति हो । यसमा सबैको उत्तिकै हक लाग्छ । यसको संरक्षण पनि नागरिकको दायित्व भित्रै पर्छ । अझ प्रशासनको त यो कर्तव्य नै हो ।
सरकारी निकायको वेवास्था र आँखा चिम्लने प्रवृतिका कारण जिल्लाका धेरै सरकारी सार्वजनिक जग्गा अतिक्रमण भएका छन् । राज्यको प्रत्येक जनताको उतिकै हक र अधिकार लाग्ने सार्वजनिक जग्गामा धेरैले व्यक्तिगत प्रयोजन गरिरहेका छन् । प्रशासन पनि यसमा मुकदर्शक मात्रै बनेको छैन, कानमा तेल हालेर बसेको छ ।
जिल्ला सदरमुकाम धुलिखेलमा नै भएको सार्वजनिक जग्गा अतिक्रमणमा प्रशासनले कुनै कदम चालेको छैन । लाजमर्दो नै मान्नुपर्छ, व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाउँदा नगरपालिका जाने बाटो बन्न सकेको छैन । बाटो नहुँदा कार्यलयका कर्मचारी तथा सेवाग्राहीलाई समेत समस्या परिरहेको छ । जिल्ला प्रंशासन कार्यलय र महिला विकास कार्यलय काभ्रेले पनि सोही स्थानमा सेवा दिइरहेकाले ती कार्यलयका गाडीले लामो बाटो प्रयोग गर्न बाध्य छन् । प्रशासन आफैले प्रयोग गर्ने बाटो अतिक्रमण हँुदा पनि प्रशासनले बेखवर जस्तै बस्नु र कुनै कदम नचाल्नु विडम्वनाको कुरा पनि हो ।
धुलिखेल न.पा. बडा नं. ३ स्थित कि नं ११३६ क्षेत्रफल ०–३–३–० को अष्टकाजी विजु श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घरले सार्वजनिक बाटो अवरोध भैरहेहको छ तर आफ्नो नाकै मुनि व्यतिmले गरेको अतिक्रमणलाई प्रशासन टुलुटुलु हेर्न वाध्य छ ।
मालपोत कार्यालय काभे्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सार्वजनिक बाटो कायम गराउन निर्देशन दिएको छ तर लामो समय वितिसक्दा पनि यो कार्यान्वयन हुन सकेको छैन ।
२०४० साल जेठ ८ गते तत्कालिन शाही नेपानी सेना जंगी अड्डाले मालपोत कार्यालयमा लेखेको पत्रमा सो जग्गा नेपाली सेनाको एकिन भएकोले नेपाली सेनाको नाममा दर्ता गरी जग्गाधनी प्रमाण–पूर्जा बनाई दिनुहुन माग गरिएको छ ।
यता प्रशासन भने यो नगरपालिकाको टाउको दुखाइको विषय हो भन्दै पन्छिन खाजेको देखिन्छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल यसलाई नगरपालिककाले समाधान गर्नुपर्ने बताउँदै नगरपालिकाले आवश्यक सुरक्षा माग गरे तुरुन्त प्रहरी परिचालन गर्ने बताउँछन् । बेला बेलामा उजुरी परेपछि र चर्चा गरेपछि चासो देखाए जस्तो गर्ने प्रशासनले अव साहसिक कदम चाल्न आवश्यक भैसकेको छ ।
हुन त धुलिखेल नगरपालिका भित्र नै मापदण्ड मिचेका र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना धेरै छन्, पनौती, बनेपा नगरपालिकामा पनि यो सख्या धेरै छ । नगरपालिकाले नक्सा पास गर्दा विभिन्न प्रलोभनमा नपरी काम गर्यो भने पनि यो समस्या समाधान हुन्छ । अव आउने समस्या समाधानको लागि यो उपयोगी होला तर लामो समय देखि हुँदै आएको सार्वजनिक जग्गा अतिक्रमण हटाउन ढिला भैसकेको छ । सबै राजनैतिक दल, नागरिक समाजको सहभागिता र सहमतिमा अतिक्रमण हटाउन प्रशासनले ठोस कदम चाल्नैपर्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |