Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सार्वजनिक जग्गाको अतिक्रमण तत्काल हटाउ

प्रभातफेरी अनलाइन ७७० पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार (१० साल अघि)
Post Thumbnail

सार्वजनिक जग्गा आम नागरिकको सम्पति हो । यसमा सबैको उत्तिकै हक लाग्छ । यसको संरक्षण पनि नागरिकको दायित्व भित्रै पर्छ । अझ प्रशासनको त यो कर्तव्य नै हो ।
सरकारी निकायको वेवास्था र आँखा चिम्लने प्रवृतिका कारण जिल्लाका धेरै सरकारी सार्वजनिक जग्गा अतिक्रमण भएका छन् । राज्यको प्रत्येक जनताको उतिकै हक र अधिकार लाग्ने सार्वजनिक जग्गामा धेरैले व्यक्तिगत प्रयोजन गरिरहेका छन् । प्रशासन पनि यसमा मुकदर्शक मात्रै बनेको छैन, कानमा तेल हालेर बसेको छ ।
जिल्ला सदरमुकाम धुलिखेलमा नै भएको सार्वजनिक जग्गा अतिक्रमणमा प्रशासनले कुनै कदम चालेको छैन ।  लाजमर्दो नै मान्नुपर्छ, व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाउँदा नगरपालिका जाने बाटो बन्न सकेको छैन । बाटो नहुँदा कार्यलयका कर्मचारी तथा सेवाग्राहीलाई समेत समस्या परिरहेको छ । जिल्ला प्रंशासन कार्यलय र महिला विकास कार्यलय काभ्रेले पनि सोही स्थानमा सेवा दिइरहेकाले ती कार्यलयका गाडीले लामो बाटो प्रयोग गर्न बाध्य छन् । प्रशासन आफैले प्रयोग गर्ने बाटो अतिक्रमण हँुदा पनि प्रशासनले बेखवर जस्तै बस्नु र कुनै कदम नचाल्नु विडम्वनाको कुरा पनि हो ।
धुलिखेल न.पा. बडा नं. ३ स्थित कि नं ११३६ क्षेत्रफल ०–३–३–० को अष्टकाजी विजु श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घरले सार्वजनिक बाटो अवरोध भैरहेहको छ तर आफ्नो नाकै मुनि व्यतिmले गरेको अतिक्रमणलाई प्रशासन टुलुटुलु हेर्न वाध्य छ ।
मालपोत कार्यालय काभे्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सार्वजनिक बाटो कायम गराउन निर्देशन दिएको छ तर लामो समय वितिसक्दा पनि यो कार्यान्वयन हुन सकेको छैन ।
२०४० साल जेठ ८ गते तत्कालिन शाही नेपानी सेना जंगी अड्डाले मालपोत कार्यालयमा लेखेको पत्रमा सो जग्गा नेपाली सेनाको एकिन भएकोले नेपाली सेनाको नाममा दर्ता गरी जग्गाधनी प्रमाण–पूर्जा बनाई दिनुहुन माग गरिएको छ ।
यता प्रशासन भने यो नगरपालिकाको टाउको दुखाइको विषय हो भन्दै पन्छिन खाजेको देखिन्छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल यसलाई नगरपालिककाले समाधान गर्नुपर्ने बताउँदै  नगरपालिकाले आवश्यक सुरक्षा माग गरे तुरुन्त प्रहरी परिचालन गर्ने बताउँछन् । बेला बेलामा उजुरी परेपछि र चर्चा गरेपछि चासो देखाए जस्तो गर्ने प्रशासनले अव साहसिक कदम चाल्न आवश्यक भैसकेको छ ।
हुन त धुलिखेल नगरपालिका भित्र नै मापदण्ड मिचेका र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना धेरै छन्, पनौती, बनेपा नगरपालिकामा पनि यो सख्या धेरै छ । नगरपालिकाले नक्सा पास गर्दा विभिन्न प्रलोभनमा नपरी काम गर्यो भने पनि यो समस्या समाधान हुन्छ । अव आउने समस्या समाधानको लागि यो उपयोगी होला तर लामो समय देखि हुँदै आएको सार्वजनिक जग्गा अतिक्रमण हटाउन ढिला भैसकेको छ । सबै राजनैतिक दल, नागरिक समाजको सहभागिता र सहमतिमा अतिक्रमण हटाउन प्रशासनले ठोस कदम चाल्नैपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0