Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कामना गरौं नेताहरुको सद्बुद्धि पलाओस्

प्रभातफेरी अनलाइन ९७९ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार (१३ साल अघि)
Post Thumbnail

लक्ष्मण सापकोटा

 

आजको हाम्रो समाज विभिन्न चरणहरु पार गर्दै अर्थात् विभिन्न युगहरु पार गर्दै यो अवस्थासम्म आईपुगेको हो । समाज विकासक्रमसँगै नीजि स्वामित्व र राज्यसत्ताको पनि उत्पत्ति भयो र आज विश्वमा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्रदान गरिएका १९३ वटा देशहरु अस्तित्वमा छन् । यिनै देशहरुको सूचीमा नेपाल भन्ने देश पनि छ र यही देशमा हामी नेपालीहरु नेपाली, बीर गोर्खाली भनेर सदियौंदेखि शिर ठाडो पारेर बाँचिरहेका छौं । एशिया महादेशका सबैजसो राष्ट्रहरु कुनै न कुनै साम्राज्यको अधिन अर्थात् बेलायती साम्राज्यवादको अधिनमा रही रहँदा पनि नेपाल सँधै स्वतन्त्र राष्ट्रको रुपमा रहि रहन सफल भएकोले हामी कहिल्यै कसैको गुलामा बन्नुपरेन । यद्यपी शासकहरु बेलाबेलामा विदेशीहरुको गुलाम बन्न पुगे र हाम्रो देशलाई अर्धऔपनिवेशी राष्ट्र बन्ने सम्मको अपराध गरे । राणाशासकहरु भारतमा औपनिवेशिक शासन गरिरहेको ब्रिटिश साम्राज्यवादको गुलाम बने भने पञ्चायती शासकहरु पनि खोक्रो राष्ट्रवादको रटान रट्दै जनतालाई गुमराहमा राख्दै शासन चलाउन पुगे र तिनीहरुको राष्ट्रवाद पनि मण्डले राष्ट्रवाद मात्र थियो ।
जन्मेको सन्तानले कहिल्यै पनि जन्म दिने आमालाई लिलाम गर्न वा बेच्न सक्दैन र तिनै जननीको न्यानो काखमा उसले हुर्किनुपर्छ, त्यस्तै आफु जन्मेको धर्ती आमा जत्तिकै प्रिय हुन्छ, त्यसकारण जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भनिएको हो । तर यसो भन्दैमा आफै जन्मिएको धर्तीलाई घात गर्ने कुपुत्रहरु नजन्मिने चाहिँ होइन । यसको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन, नजिकैको छिमेकी राष्ट्र सिक्किम सन् १९७५ सम्म स्वतन्त्र राष्ट्र थियो र त्यहाँ लुण्डुप दोर्जे नामको राजा थियो । भारतीय विस्तारवादको जुठोपुरो खाँदै उसले सिक्किम भारतलाई भेटी चढाईदियो । सिक्किम भारतलाई बुझाउनु भन्दा पहिले नै लेण्डुप दोर्जेको लागि दिल्ली तथा कोलकत्तामा आलिसान महल, बैंक व्यालेन्स र विलासिताका सम्पूर्ण सुविधाहरु व्यवस्था गरिएको थियो ।
हाम्रो देशलाई पनि सिक्किमीकरण गर्नको निमित्त धेरै पहिलेदेखि असली लेण्डुपदोर्जेको खोजी भईराखेको थियो भने छद्मभेषी गद्दारहरु नयँँ लेण्डुप दोर्जे बन्नको निम्ति विभिन्न समयमा आतुर थिए । तिनै लेण्डुप दोर्जेहरु भारतीय विस्तारवादको पाउ समात्दै माओवादको खोल ओढेर भारतीय रअ का कुख्यात एजेण्टहरु मार्फत दिल्लीदरबारमा पुगी भारतीय प्रभुहरुसँग बिन्तिपत्र हाल्न पुगेर भने, हामी नेपालमा कथित जनयुद्ध गर्छाै तर भारत बिरुद्ध कुनै कदम चाल्दैनौं । यस्तो थियो तिनीहरुको बिन्तिपत्र । अर्काेतर्फ अमेरिकी साम्राज्यवाद उसका युरोपियन मतियारहरुका साथमा हाम्रो असल छिमेकी मित्रराष्ट्र चीनको बिरुद्ध नेपालबाट आन्दोलन चर्काेन उद्यत रहेको छ र त्यसको निम्ति मतियारहरुको खोजिमा रहीरहेको अवस्थामा नेपालको गणतन्त्र प्राप्ति पछिको तरल अवस्थाको फाईदा उठाउँदै बैसठ्ठी त्रिसठ्ठीको जनआन्दोलनले माग्दै नमागेको जातिय संघियताको महारोग फैलाउन सफल भए । जब युरोपियनहरु डलरको पोको देखाउँदै अमेरिकी साम्राज्यवादको अगुवाईमा नेपाल भित्र खेल्न थाले तब डलरको स्वादमा जिब्रो लप्लपाउँदै थुप्रै लेण्डुपदोर्जेहरु उनीहरुको पछि लागे । यसको ज्वलन्त उदाहरण देशको झण्डै ५५ प्रतिशत जनसंख्या ओगटेको तराईलाई एक मधेश एक प्रदेश को माग गर्नु तर ४५ प्रतिशत जनसंख्या मात्र ओगटेको पहाडी प्रदेशलाई चाहिँ दशौं भन्दा बढी जातिय राज्य बनाउने माग गर्नु यिनै लेण्डुपदोर्जेहरुको षड्यन्त्र हो ।
भारतबिरुद्ध सुरुङ युद्ध गर्ने उद्घोष गर्ने कथित एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन रअ का एजेण्टहरु सक्रिए भए र रौतहतमा आफ्नो पचासौं कार्यकर्ताहरुलाई स्यालको शिकार गर्दाका जसरी हातमा तिखा भाला लिएर लखेटी लखेटी मार्ने फोरम जस्ता पार्टीहरुसँग मिलेर कथित एनेकपा माओवादीले इतिहासमा कहिल्यै नगरिएको विप्पा सम्झौता जस्तो राष्ट्रघाती सन्धी गर्न पुगेको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भारतलाई सुम्पिन र अन्य सबै आन्तरिक विमानस्थल सुम्पिन तयार भएका बाबुराम भट्टराई असल लेण्डुप दोर्जे हुन् । सम्पूर्ण देशभक्त नेपालीहरु र सर्वाेच्च अदालतको खबरदारी र रोकले गर्दा यी लेण्डुप दोर्जेले एकपछि अर्काे राष्ट्रघात गर्न पाएका छैनन् तर यिनीहरुको मति त्यही दिशातिर बहिरहेको हुँदा न्यायप्रेमी राष्ट्रवादी नेपालीहरु एक भएर उठ्नु जरुरी छ, साथै, लोकतान्त्रीक शक्तिहरु नकचरो बाबुरामको सर्वसत्तावादी तानाशाही सोचको बिरुद्धमा शसक्त भएर उठ्नु पर्ने अवस्था आएको छ ।
अर्कोकुरा सामान्य जनताहरुको बीचमा पनि के कुराको भ्रम छरिँदैछ भने बरु भारतलाई ब्रिटिश साम्राज्यवादले लिँदा नेपाल पनि लिईदिएको भए हुन्थ्यो । यो जस्तो भ्रमिक कुराहरु पनि लेण्डुप दोर्जेहरुकै योजना मुताबिक सामान्य नेपाली जनतामा फैलाइँदै छ । ब्रिटिश साम्राज्यवादले भारत बनाएको होइन लुटेको हो । भारतीय भुमिभित्रका अपार कच्चा पदार्थ सित्तैमा लुट्दै त्यहीँका जनतालाई दास बनाएर, सस्तो श्रममा लदाएर ऊ धनी भएको हो । यदि त्यस्तो होइन भने आज भारतका बिहार र युपी जस्ता पचासौं करोड जनसंख्या गरिबीको रेखामुनि बस्नु पर्दैनथ्यो । अभागी परेर चेत्छ, भाग्यमानी देखेर चेत्छ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित छ । आफ्नो राष्ट्रको अस्तित्व गुम्न पुग्यो भने कस्तो हालत होला भनेर हेर्न आजको प्यालेस्टाइनलाई हेरे पुग्छ । उनीहरु आफुनै भूमिमा पराई भएका छन् र अहोदिन अहोरात्र आफ्नो लुटिएको भूमी इज्राएलसँग फिर्ता गर्न लडिरहेका छन् । हामी माथि पनि यस्तो दिन नबज्रियोस् कि आफ्नै भुमि फिर्ता गर्नको निम्ति हामीले लडिरहनुपरोस् ।
हामीसँग अथाह प्राकृतिक स्रोत साधन छ । यदि मुलुकको हितमा मात्र सोच्ने देशभक्त नेताहरुले शासन चलाउन पाउने दिन ल्याउन सकियो भने, सम्पूर्ण अरब् हाम्रो पानीको बजार हुनेछ, सिङ्गो नेपाललाई अर्गानिक खाना उत्पादन गर्ने देश बनाउन सकिनेछ, हाइड्रोपावरको प्रचुर विकास गर्दै सम्पूर्ण दक्षिण एशियाको बजार कब्जा गराउन सकिनेछ साथै शान्ति सुव्यवस्था स्थापना गरि लाखौं होइन वर्षमा करोडौं पर्यटक भित्र्याई प्रचुरमात्रामा रोजगारी प्रदान गर्न सकिनेछ । त्यसकारण, लेण्डुप दोर्जेहरुको षड्यन्त्रलाई चकनाचुर पारौं र समुन्नत नेपालको, विकसित नेपालको परिकल्पना गर्दै एकपल्ट साँचो प्रगतीशील राष्ट्रवादको पक्षमा उठौं, सम्पूर्ण नेपाली जनतालाई आशावादी बनाएर र देशभक्त नेताहरुलाई प्रचण्ड बाबुरामरुपी लेण्डुपदोर्जेहरुको छलकपटमा नभुलिई देशलाई सक्षम नेतृत्व प्रदान गर्ने सद्बुद्धि पलाओस् भन्ने कामना गरौं । हामी सबै आशावादी बनौं, अहिले पनि हामी खत्तम भइसकेका छैनौं, लेण्डुप दोर्जेहरुको छलछाममा अल्मलिएका मात्र हौं ।
(लेखक, महानन्द सापकोटा वाङमय प्रतिष्ठान, काभ्रेका अध्यक्ष हुन् ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0