Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिविस परिषद् नेपाली कांग्रेसद्धारा बहिष्कार,,,,,,, काभ्रेको बजेट २ अर्व ४० करोड

प्रभातफेरी अनलाइन १६४२ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार (१३ साल अघि)
Post Thumbnail

जिविसले हामीलाई वासपास गर्यो ः कांग्रेस
ढिला गरी योजना आएको सकिएन ः जिविस

धुलिखेल ÷ जिल्ला विकास समिति काभ्रेले आफुलाई वाइपास गरेको आरोप लगाउदैँ नेपाली कांग्रेसले आर्थिक बर्ष २०७०÷७१ को परिषद्मा सहभागी भएन । योजना छनोट प्रकृयामा आफ्नो पार्टीलाई बेवास्था गरेको र जिविस एकलौटी ढंगले अघि बढेको भन्दै कांग्रेसले कार्यक्रममा सहभागिता नजनाएको हो ।

“हामीलाई योजना छनोटमा वेवास्था गरी एकलौटी रुपमा योजना छनोट गरी रकम विनियोजन गरेकोले सहभागी भएनौँ । ” नेपाली कांग्रेस काभ्रेका सभापति शिवप्रसाद हुँमागाईले भने । उनले दलहरुको मिलेमतोमा जिविसले कांग्रेसलाई वाइपास गरेकाले चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए ।

कांग्रेसले फागुण २७ गते जिविसमा योजनाहरु पठाएको थियो । तर फागुण २५ गते नै कांग्रेस बाहेकका अरु दलहरु सहभागी बैठकले योजना छनोट र बजेट बिनियोजन गरिसकेका थिए । स्थानीय विकास अधिकारी गोविन्दकुमार कार्कीले भने ढिला गरी योजना आएकाले समावेश गर्न नसकिएको बताए । “पहिला एमाओवादी सहभागी बैठकमा सहभागी हुन सक्दैन भन्नुभएको थियो, पछि योजनाहरु लिएर आउनुभयो, उनले भने, “योजना छनोट र बजेट विनियोजन भैसकेको कारणले समावेश गर्न सकिएन । उनले पछि दलहरुसँग छलफल गर्दा योजना समावेश गर्न नमानेको बताए । २८ गते पुन बसेको कांग्रेस बाहेकका १३ दलको बैठकले पुनर्विचार गर्न नसकिने अडान लिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता टुल्कु लामाले भने कांग्रेस सहभागी नभएको कार्यक्रम नुन नभएको तरकारी जस्तै अपुरो भएको तर्क गरे ।

माघ १६ गते आफ्नो शान्तीपुर्ण आन्दोलनमा प्रहरीको आडमा एनेकपा माओवादीले दमन गरेको र पत्रकारहरु कुटिएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले लगायतका विपक्षी दलले एकिकृत नेकपा माओवादीले माफी नमागे सम्म उ सहभागी कार्यक्रममा सहभागी नहुने बताउँदै आएका थिए । तर परिषद्मा भने कांग्रेस बाहेक अन्य दल समेत सहभागी भएका थिए । मोहन वैद्य नेतृत्वको नेकपा  — माओवादीले पनि जिविस एकलौटी ढंगले अघि बढेको भन्दै फाल्गुन २१ गते जिल्ला विकास समिति काभ्रेमा तालावन्दी गरेका थिए । उसले एमाओवादी अध्यक्ष रहेको समितिमा भएका आर्थिक हिनामिना छानविन हुनुपर्ने लगायतका माग राख्दै तालावन्दी गरेको थियो ।स्थानीय विकास अधिकारीसँग भएको वार्तामा सहमति भएको भन्दै नेकपा माओवादी भने परिषद्मा सहभागी भएको थियो ।

काभ्रेको बजेट २ अर्व ४० करोड

आ.ब २०७०÷७१ को लागि २ अर्ब ४० करोड ५९ लाख २४ हजार रुपैयाको बजेट परिषद्ले पारित गरेको छ । चालुतर्फ १ अर्ब ६२ करोड ८१ लाख ५६ हजार र पूजीँगत तर्फ ७७  करोड ७७ लाख ६८ हजार बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी शिक्षामा विनियोजन गरिएको छ । कुल रकमको ४५.९७ प्रतिशत रकम शिक्षामा (कुल १ अर्व १० करोड ६० लाख ) र ३५.२४ प्रतिशत रकम पुर्वाधार विकास (कुल ८४ करोड ७९ लाख ४० हजार) मा विनियोजन गरिएको छ । बजेटले सडक, खानेपानी, विद्युतीकरण लगायतका विकासका काममा बजेट बाँडफाँड गर्दा विकट डाँडापारी, कोशिपारी र तिमाल जस्ता दुगर्म र सुख्खाग्रस्त क्षेत्रलाई प्राथमिकतामा जिविसले जनाएको छ । जिल्लाले आगामी ५ बर्षभित्र जिल्लाका सबै घरधुरीमा सुधारिएको चुल्हो, बायोग्याँस र अन्य प्रविधी विस्तार गरी जिल्लालाई घरभित्रको धुँवामुक्त जिल्ला बनाउन आवश्यक नीति बनाउने जनाएको छ । जिविसलाई काभ्रे  संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्धारा गरिने न्यूनतम शर्त मापन तथा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नियमित प्राप्त हुने अनुदानमा २० प्रतिशत अर्थात १ करोड २७ लाख थप रकम प्राप्त भएको स्थानीय विकास अधिकारी कार्कीले जानकारी दिए ।

कार्यक्रममा खुल्ला दिशामुक्त गाविस घोषणा भएका जिल्लाका १३ गाविसहरु ठूलोपर्सेल, पुरानागाउँ, मादन कुँडारी, सल्लेभुम्लु, कोलाँती, ढुङ्खर्क र सारदाबतासे मेच्छे, चापाखोरी, नारायणस्थान, सस्र्युृँखर्क, सरमथली, र बोल्देफेदिचे लाई १ लाख प्रोत्साहन स्वरुप वितरण समेत गरिएको थियो । ती गाविसका सचिवहरुलाई पनि नगद २ हजार सहित सम्मान समेत गरिएको थियो । कार्यक्रममा २०६८ सालको प्रवेशिका परिक्षामा उत्कृष्ट हुने विद्यार्थी, कर्मचारीको छोराछोरीलाई समेत सम्मान गरिएको थियो । प्रमुख अतिथी विना नै सञ्चालित कार्यक्रम पञ्कन्याहरुले दिप प्रज्वलन गरी उद्धघाटन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0