logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

बालिका माथि यौन दुव्र्यवहार गर्ने पक्राउ

प्रभातफेरी अनलाइन२०३० पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार(१३ साल अघि)
Post Thumbnail

मंगलटार ÷ ९ बर्र्षीया बालिका माथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारले पिडितको उजुरीका आधारमा आइतवार भिमखोरी २ का २५ बर्षे देवसिंह तामाङलाई पक्राउ गरेको हो । बुढाखानी घर भई भिमखोरी २ स्थित काकाको घरमा पढ्न बसेकी ती बालिका माथि तामाङले फागुण २० गते यौन दुव्र्यवहार गरेका थिए ।
घटनाको बारेमा पिडित बालिकाले बिद्यालयको साथीहरुलाई भनेपछि मात्रै उनको परिवारले थाहा पाएका थिए । बालिकाले प्रहरी सामू पक्राउ परेका तामाङले  आफुलाई यौन दुव्र्यवहार गरेको बताएकी इलाका प्रहरी कार्यलय मंगलटारका प्रमुख प्रहरी निरीक्षक सुवास खड्काले बताए ।
असिनाले बाली नष्ट
नाला ÷बर्षासँगै परेको असिनाले  आइतवार सा“झ टुकुचा सहित उग्रचण्डी गाविसका किसानले खेतबारीमा लगाएको  बाली नष्ट गरेको छ । असिनाले आलुका अलावा गहु“, तोरी, मूला र काउली खेतीमा समेत असर पारेको टुकुचा ९ का राजकुमार दाहालले गुनासो गरे । ती  दुई गाविस तरकारी खेतीको पकेट क्षेत्र मानिन्छन् ।
चोरी गर्ने भारतीय गिरोह पक्राउ
बनेपा ÷ चोारीमा संलग्न भारतीय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बनेपाको तरकारी बजारमा रहेको वेलकम गेष्ट हाउसमा रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपा र अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो  । १० जना पक्राउ परेका छन्  । पक्राउ पर्ने सबै भारतीय नागरिक हुन् ।  पक्राउ पर्नेमा मोतिहारी कुरगाउ“ ७ का २२ बर्षे जितेन्द्र शाह, १७ बर्षे संञ्जय कुमार, पश्चिम चम्पारण बेपिया १४ का २८ बर्षे नहिम मिया“, मोतिहारी बिसुनपुर कास्वाटोल २ का २४ बर्षे पवन शाह, ४२ बर्षे मदन शाह, २४ बर्षे समन कुमार यादव, मोतिहारी अठमुहा १३ का २६ बर्षे संसाधन अन्सारी, बिसुनपुर २ का १८ बषेृ अमन कुमार, अठमुहा १२ का अंगेस शाह , अठमुहा १३ का २४ बर्षे मनोज कुमार रहेका छन । उनीहरुले देशका विभिन्न स्थानमा महंगा सामानको चोरीमा संलग्न थिए ।