Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ४, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फलोअप कार्यकारी अधिकृत कानमा तेल हालेर बसे ः धुलिखेलवासी

प्रभातफेरी अनलाइन २३८२ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार (१२ साल अघि)
Post Thumbnail

फलोअप
कार्यकारी अधिकृत कानमा तेल हालेर बसे ः धुलिखेलवासी
धुलिखेल÷ सार्वजनिक जग्गा अतिक्रमण भएको निवेदन दिएको लामो समय सम्म कार्यान्वयन नहुँदा धुलिखेलवासी आक्रोशित बनेका छन् । धुलिखेल नपा ३ स्थित महिला विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय र धुलिखेल नगरपालिका कार्यालय जानेबाटोमा भएको अतिक्रमण हटाउन माग गर्दै डेढ महिना अगाडी जिल्ला प्रशासनमा निवेदन दिएका थिए । साविक कि.नं. ४१८ बाट नेपाल सरकारको नाममा कि.नं. ११३६ भएको ०–३–३–० क्षेत्रफलको जग्गा २५ औं वर्ष अघिदेखि भोगचलन गरिरहेको र अष्टकाजी विजु श्रेष्ठको मृत्यु भैसकेकोले उक्त जग्गा नेपाल सरकारको नाममा बाटो भएकोमा निजका छोराहरुको भोगचलन गरिरहेको छन् ।
सरोकारवालाहरुले  नगरपालिकामा पटक पटक पहल गरेपनि कार्यकारी अधिकृत गणेश नेपाली कानमा तेल हालेर बसेको स्थानीयले आरोप लगाए । “जसले पहल गर्नुपर्ने हो, उसैले वास्ता गरेका छैनन् ” नाम नबताउने शर्तमा एक स्थानीयले आरोप लगाए ।
प्रशासनले भने नगरपालिकामा ताकेता गरिरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले जानकारी दिए ।

खेलाडीलाई सम्मान
जनागाल÷ नेपाल सितेरियो सोबुकान कराँते डो संघ काभ्रेले खेलाडीहरुलाई सम्मान गरेको छ । दशरथ रंगशालामा भएको बेल्ट प्रमोशनमा सफल भएका खेलाडीहरुलाई शाखाले सम्मान गरेको हो । शाखाबाट २ जनाले चर्द डान, ८ जनाले सेकेन्ड डान र १३ जना खेलाडीहरुले फस्ट डनको उपाधि पाएका थिए ।
सम्मान कार्यक्रममा केन्द्रीय प्रमुख प्रशिक्षक शंखरत्न महर्जन, केन्द्रीय सचिव राजु अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष महेश पौडेल, सहायक प्रशिक्षक साधन श्रेष्ठ, जिल्ला अध्यक्ष शौरवराज कायष्ठ लगायतले खेलकुदले मानिसलाई स्वस्थ र अनुशासित बनाउने धारणा राखे । उनीहरुले खेलकुदको विकासमा राज्य लाग्नुपर्ने तर्क गरे ।

बिन्धवासिनीको सेवा केन्द्र विस्तार 
पनौती÷ बिन्धवासिनी वचत सहकारी संस्था लि. पनौती अन्तर समिति अन्तर्गत कुशादेवीमा सेवा केन्द्र बिस्तार हुने भएको छ । कुशादेवीका स्थानीय शेयर सदस्यहरुको मागका आधारमा त्यहाँ सेवा केन्द्र स्थापना गर्न लागिएको हो । कुशादेवीमा भएको भेलाले यस्तो निर्णय गरेको हो ।
कार्यक्रममा सचिव रामशरण भण्डारी, पनौती अन्तर समितिका संयोजक रमेशप्रसाद जंगम लगायतले सेवा केन्द्रबाट यहाँका सदस्यहरुले सुविधा लिने अपेक्षा गरे ।  संस्थाका ब्यवस्थापक के. वि. लामाले सहकारीको गतिविधि प्रस्तुत गरेका थिए भने समितिका सदस्य समिता बञ्जारा, शेयर सदस्यहरु उद्धब बोलखे, गोविन्दप्रसाद सापकोटा, सिता बि. क. र अन्तर समितिका सचिब रघुनाथ हुमागाई लगायतले सेवा केन्द्रको आवश्यकता औंल्याएका थिए ।

विभिन्न माग राखि ज्ञापन पत्र
धुलिखेल÷ बिभिन्न माग राखी अस्थायी शिक्षक संघर्ष समिति काभ्रेले जिल्ला शिक्षा कार्यलयमा सोमबार ज्ञापन पत्र बुझाएको छ ।
देश राजनैतिक संकटमा गुज्रिरहेको  र ’शिक्षक ब्यवस्थापन’ अन्यौलपूर्ण रहेको अवस्थामा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तीका लागि विभेदपूर्ण विज्ञापन गरेको भन्दै समितिले संघर्षमा उत्रने जनाएको छ ।
विभेदपूर्ण शिक्षा सेवा आयोग खारेज हुनुपर्ने, अस्थायी शिक्षकलाई अन्तराष्ट्रिय श्रम  महासन्धि अनुसार स्थायी गनुपर्ने, पिसिएफ कोटालाई दरवन्दीमा परिणत गर्नुपर्ने लगायतका माग छन् ।
उनीहरुले शिक्षक कर्मचारीलाई पोशाकको ब्यवस्था गर्नुपर्ने, अस्थायी भई स्वेच्छिक अवकाश रोज्ने शिक्षकलाई राहत प्याकेजको ब्यवस्था गर्न र  पेशागत सुरक्षाको ग्यारेन्टी गरी संबैधानिक शिक्षक सेवा आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

    काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

  • विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

    विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

    नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0